KCC_Notice

 

Khumbu Climbing Center Program - founded in 2003
Mission Statement

To increase the safety margin of Nepali climbers and high
altitude workers by encouraging responsible climbing practices
in a supportive and community-based program.

ALCF, USA को सहयोगमा KCC द्वारा सञ्चालित पर्वतारोहण तालिम यस वर्ष जनवरी 17, 2017 देखि जनवरी 29, 2017 सम्म KCC फोर्चेमा संचालन गरिने भएकोले इच्छुक महानुभावहरुले निम्न मिति र स्थानमा सम्पर्क गर्नसक्नु हुनेछ । 

KCC को प्रशिकहरु जनवरी १३ मा फोर्चेमा आइपुग्नुपर्ने । 
जनवरी १४ र १५ मा प्रशिकहरुलाई प्रशिक्षण दिने हुँदा अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ । 
जनवरी १६ मा प्रशिक्षर्थीहरुलाई हाजिर लिई लजको व्यावस्थापन गरिने छ । 
जनवारी १७ मा कक्षा सञ्चालन र उद्घाटन हुनेछ । 
जनवरी २९ मा तालिम समाप्त भई प्रमाण पत्र वितरण हुनेछ ।


आवेदकहरुका सम्पर्क मिति तथा स्थानहरु :

फोर्चे गेष्ट हाउस, फोर्चे

नाम्चेबजार, नाम्चे

पासाङल्हामु फाउन्डेसन, धुम्बाराहि, काठमाडौं

सन् २०१६ डिसेम्बर १ देखि ५ सम्म (शनिबार विदा)


आवेदकले पेश गर्नुपर्ने कागजातहरु :

१. नेपाली नगरिकताको प्रतिलिपि–१

२. ट्रेकिङ एजेन्सीको सिफारिस–१

३. यसभन्दा अघि पर्वतारोणको तलिम लिएको भए सो को प्रमाण पत्रको प्रतिलिपि–१

४. आवेदक दस्तुर रु २५००/– (चिया नास्ता र ५ लाखको जीवन बिमा गरिने छ ।)

५. आवेदन अंग्रजी ठूलो वार्गमा लेख्नु पर्ने छ ।

६. तालिमको लागि आवश्यक समाग्री भाडामा रु २५००/– लाग्ने छ ।

 


सर्तहरु

१. प्रकृया नपुगेको अवेदन स्वत रद्द हुनेछ । 

२. पर्वतारोणमा लाग्नेलाई विशेष प्राथमिकता दिइनेछ । 

३. आवेदन फारम पेश गर्न आफू स्वयम उपस्थििति हुनु पर्ने छ । 

४. छनोटमा परेका आवेदकको नामावली २०१७ डिसेम्वरमा प्रकाशन गरिनेछ । 

५. छनोटमा नपरेका आवेदकको दस्तुर वापत् लिएको रकम २ दिन भित्र आफ्नो रकम फिर्ता लिइसक्न पर्नेछ । नलिएमा संस्था जिम्मेवार हुने छैन । 

६. छनोट प्रकिृयामा अन्तिम निर्णय संस्थाको हुनेछ । 


सूचना :

तालिम अवधि भर तालिम हुने स्थान वरपर छ्याङ, रक्सी तथा अन्य मादक पदार्थ निषेध गरिएको छ । तालिममा भएकाहरु २०१७ जनवरी १६ तारिख फोर्जेमा उपस्थित हुनुपर्ने छ साथै फोर्जेमा बस्नका लागि समितिले लज तोक्नेछ । छनोटमा परेकाको नामावली सोलु अनलाइनमा प्रकाशित गरिने छ । तालिम सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने हुँदा कुनै वन्यजन्तु, चरा चुरुङ्गीलाई बाधा पुग्ने काम गर्न मनाही छ ।

 



कुनै पनि अनैतिक कार्य गर्न निषेध गरिएको छ ।

 

थप जानकारी लागि सम्पर्क :

छोङबा शेर्पा, टाक्सीन्दुः ९८४२८०००७४ । पानुरु शेर्पा, फोर्चे : ९८०३५४५४९९ । ल्हाक्पा नुरु शेर्पा नाम्चे : ८४१२७५४१६

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics