निःशुल्क विरुवा वितरण सोमवार, २०७३ माघ ०३ गते १२:२९

गुदेल, माघ ३ गते । सोलुखुम्बुको गुदेलका कृषकहरुले हिउदे फलफुलका विरुवा शतप्रतिशत अनुदानमा पाएका छन्  । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थानीय सामाजिक संस्था नव ज्योति युवा मञ्चले शतप्रतिशत अनुदानमा विभिन्न फलफुलका विरुवा पाएको गुदेल १ की कृषक आस्था कुलुङले बताउनु भयो । कुलुङका अनुसार प्रत्येक टोलमा रहेको कृषि समुहमार्फत उक्त विरुवा कृषकहरुले प्राप्त गरेका हुन् । 
जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले ५० प्रतिशत अनुदानमा विरुवाको माग संकलन गर्दा गुदेल भौगोलिक रुपमा सदरमुकामदेखि धेरै टाढा भएकोले गुदेलका कृषकहरुले उक्त लाभ लिन नसकिरहेको अवस्थामा नव ज्योतिले यस वर्ष गुदेलका कृषकहरुलाई लक्षित गरि जि फाउण्डेशन नामक गैह्रसरकारी संस्थाका आर्थिक तथा प्राविधिक सहयोगमा कृषकहरुलाई विरुवा वितरण गरिएको नव ज्योति युवा मञ्चकी सामाजिक परिचालक पवित्रा नाछिरिङले बताउनु भयो । 
कृषकहरुको माग संकलन गरि मागको आधारमा कृषकहरुलाई विरुवा तथा विउ उपलब्ध गराएको सामाजिक परिचालक पवित्रा नाछिरिङले बताउनु भयो । सामाजिक परिचालक नाछिरिङका अनुसार जि फाउण्डेशनको आर्थिक सहयोगमा गाविसभरका ३ सय ६० जना कृषकहरुलाई टामाटर, मुला, गाजर,प्याज,अदुवा वेसार सिमी लगायत गाविसभर २ लाख ९० हजार ५५० रुपैयाको विउ वितरण गरिएको छ । त्यस्तै ६९ हजार एक सय रुपैयाकाृ आरु, किवी, नास्पाती, चुच्चे ओखर लगायतका विरुवा वितरण गरिएको नव ज्योति युवा मञ्च, गुदेलले जनाएको छ ।
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics