अलैची पकेट क्षेत्र विस्तार शुक्रवार, २०७३ पुस २९ गते १५:३०

सोलुखुम्बु, पुस २९ गते । सोलुखुम्बुको गुदेल गाविसलाई अलैची पकेट क्षेत्रको रुपमा विस्तार गरिने भएको छ । सोलखुम्बुको गुदेलमा वार्षिक करिव ४ करोड बराबरको खलैची उत्पाद हुन थालेको हुदा उक्त गाविसका कृषकहरुलाई अलैची उत्पादन तथा प्रर्दद्धनमा थप टेवा दिनको लागि कृषि विकास कार्यालय सोलुखुम्बुले विस्तार गर्न लागेको हो । 
अलैचीको मुल्यमा उताढचढाव चलिरहेको भएपनि आलु, कोदो, मकै, धान जस्ता बालीको तुलनामा राम्रो आम्दानी दिने भन्दै गुदेलका कृषकहरुले आलु, कोदो, मकै फल्ने जग्गामा अलैची उत्पादन गर्न थालेका छन् । अलैचीको मुल्य गत वर्षको तुलनामा यस वर्ष करिव ५० प्रतिशतले गिरावट आएको भएपनि गुदेलका कृषकहरु निरुत्शाहित नभएको कृषि सेवा केन्द्र सोताङका प्रमुख उपेन्द्र ठाकुरले बताउनु भयो । 
कृषी सेवा केन्द्र सोताङका प्रमुख उपेन्द्र ठाकुर संयोजनमा गाविसको विभिन्न स्थानमा अभिमुखीकरणको कार्यक्रम सञ्चलन गरिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
गुदेल गाबिसलाई अलैची पकेट क्षेत्र बनाउदा राम्रो उपलब्धी हुनुका साथै कृषकहरुको आर्थिक आय उपार्जनमा बृद्धि हुने भन्दै सोताङका अगुवा कृषकहरुलाई समेटी ७ सदस्यीय अलैची पकेट क्षेत्र संचालन समिति समेत गठन गरिएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका प्रमुख नेत्र भण्डारीले जनाएको छ ।
सोलुखुम्बुको गुदेल गाविसलाई अलैची पकेट क्षेत्रको रुपमा विस्तार गरिसकेपछि कृषकहरुले अनुदानमा विरुवा पाउने तथा ५० प्रतिशत अनुदानमा औजार पाउने कार्यालयले जनाएको छ ।  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics