यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक आइतवार, २०७३ पुस १७ गते १६:११

 
सोलु अनलाइन  - गायिका यशोदा खालिङ राईको ‘मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जुन गीत  यशोदाको चाडै  सार्वजनिक हुन लागेको  दोस्रो एल्बम 'यशोदा २' मा समावेश गरिएको  छ । उनलाई गायक विश्व तेन्जिङले गायनमा साथ दिएका छन् ।
 
नेपाली कलाकारसँग सम्बन्धित संस्था 'आर्टिस्ट नेपाल नेटवर्क' अन्तर्गतको 'आर्टिस्ट नेपाल प्रोडक्सन' को ब्यानरमा निर्माण भएको म्युजिक  भिडियोमा सम्पदा बानियाँ र योगेन्द्र रार्इले मोडलिङगरेका छन् । अमृत सुनुवार टिमको छायंकन, नन्दा अधिकारीको मेकअप, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन् ।
 
नेपाली सुगम संगीतमा एक दशकदेखि सक्रिय गायिका यशोदाको  पहिलो एल्बम 'यशोदा' सन् २००६ मा नै सार्वजनिक भैसकेको छ । उक्त  एल्बमले नेपाली संगीत  बजारमा यशोदालाई राम्रोसँग चिनाएको छ ।‘यशोदा’ बजारमा ल्याएकी उनले बरिष्ठ संगीतकार स्व.अम्बर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाँको आशीर्वादले थप उर्जा मिलेको उनी बताउँछिन् ।
 
सोलुखुम्बुको जुभिङमा जन्मिएकी गायिका यशोदा  स्कूल पढ्दादेखि नै गायनमा सक्रिय थिइन । स्थानीय स्तरमा हुने विभिन्न सांगीतिक कार्यक्रममा नछुटाई सहभागी हुने यशोदाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछि संगीतको अनौपचनरिक शिक्षा पनि लिइन्। 
 
२००६ साल देखि अमेरिका बसोबास गर्दै आएकी गायिकायशोदा अमेरिका रहँदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धी ज्ञान लिएकी छन्  । दोश्रो एल्बम 'यशोदा २' को अन्तिम तयारीमा जुटेकी उनी यसै एल्बममा संग्रहित हुने गीत ‘मेरो मन’को भिडियोबाट धेरै आशावादी छिन् । लामो समयदेखि अमेरिकामा बसोवास गर्दै आएका गायक, संगितकार, तथा गीतकारको पनि छवि बनाएका एन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र रार्इले संगीत संयोजन गरेका छन् ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको एल्बम सार्वजनिक
2.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
3.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
5.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
6.   राजेश हमालसँग काम गर्न निश्चल तयार
7.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
8.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
9.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
10.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
11.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
12.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
13.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
14.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
15.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
16.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
17.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
20.   रुखले पनि परिचयपत्र बोक्ने
21.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
22.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
23.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
24.   इभेन्टद्वारा दसैं तिहार स्वागत डान्स पार्टीको आयोजना हुने
25.   चलचित्र 'धुन' भाद्र २५ बाट देशभर प्रदर्शन हुने
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics