२५ प्रतिशतले पर्यटक बढ्यो शनिवार, २०७३ पुस १६ गते १५:४३

विवश कुलुङ
सोलुखुम्बु, पुस १६ गते । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको गत वर्षको तुलनामा यस वर्ष उल्लेख्या रुपमा बृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २५.१५ प्रतिशतले बृद्धि भएको छ ।
अंग्रेजी पात्रो अनुसार सन् २०१५ मा २७ हजार ४९ सय ६५ जनाले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६ सय ९४ जनाले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । यो सँख्या गत वर्षको तुलनामा ९ हजार २ सय २९ जनाले बृद्धि भएको  पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरिक्षक सरयुग महतोले जानकारी दिनु भयो ।
  दुई वर्षको तथ्याङ्क अनुसार जनवरी, फेब्रुवरी, मार्च र अप्रिल महिनामा गत वर्ष यस वर्षको तुलना बढि रहेको भएपनि मे महिनादेखि यता यस वर्षको पर्यटकको संख्या उल्लेख्या रहेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज चेक पोष्ट मन्जोको तथ्याङ्क अुनसार २०१५ जनवरीमा ९ सय २० जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ भने सन् २०१६ मा ५ सय ८९ जनाले भ्रमण गरेको छ । 
फेब्रुवरीमा क्रमशः १ हजार २ सय ६०(२०१५) र १ हजार ७८ जना(२०१६), मार्चमा ४ हजार ५६ र ३ हजार ८ सय ४ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । साथै अप्रिलमा क्रमशः ६ हजार २ सय ८३ जना (२०१५) र २०१६ को अप्रिलमा ५ हजार ५ सय २० जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ । 
त्यस्तै २०१५ को मे महिनामा १ सय ८२ जनाले मात्र सगरमाथा क्षेत्रको भ्रमण गर्दा २०१६ को मे महिनामा ३ हजार १ सय २४ जनाले गसरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको चेक पोष्ट मन्जोले जनाएको छ । जुन महिनाको तथ्याङ्क अनुसार २०१५ मा १६ जनाले मात्र भ्रमण गर्दा २०१६ को जुन महिनामा ३ सय ९३ जना पर्यटक भित्रिएको छ ।  २०१५ को जुलाईमा ५८ जना आउदा र २०१६ मा भने ३ सय ५४ जना पर्यटक खुम्बु क्षेत्र आएको कार्यालयले जनाएको छ ।
गत वर्ष भुकम्प र नाकाबन्दीको कारण मे महिना पछि पर्यटकको संख्या लागातार ओरालो लागेका थियो भने यस वर्ष पर्यटकको संख्यामा राम्रो सुधार भएको कार्यालयले जनाएको छ । 
सन् २०१५ अगस्टमा १ सय ६२ जनाले भ्रमण गरेकोमा सन् २०१६ को अगस्टमा बढेर ३ ुय ५१ जनाले  भ्रमण गरेका छन् । त्यस्तै सेप्टेम्बरमा पनि १ हजार ५ सय ७४ जनाले भ्रमण गरेकोमा यस वर्षको सेप्तेम्बरमा बढेर ३ हजार १ सय ३१ जनाले खुम्बु क्षेत्र प्रवेश गरेको पर्यटक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सन् २०१५ अक्टोबरमा ५ हजार २ सय १२ जनाले भ्रमण गरेकोमा २०१६ अक्टोबरमा पर्यटकको संख्य बृद्धि भई १० हजार १३ जनाले भ्रमण गरेका छन् । २०१५ नोभेम्बरमा ३ हजार ७ सय ७९ जनाले भ्रमण गरेकामा २०१६ को नोभेम्बरमा ६ हजार २ सय ७४ जनाले सयरमाथा क्षेत्रको अवलोकन गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । त्यस्तै २०१५ को डिसेम्बर महिनामा ३ हजार ९ सय ६३ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा २०१६ डिसेम्बरमा २ हजार  ६४ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको ।  
 यस वर्ष पर्यटकको संख्यामा सुधार आएपछि पर्यटन व्यवशायीहरुलाई पनि सहज भएको छ भने धेरै बेरोजगार युवाहरुले पनि रोजगारीको अवशर मिलेको पर्यटन व्यवशायीहरु बताउछन् । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: Tourism / पर्यटन
1.   २५ प्रतिशतले पर्यटक बढ्यो
2.   सगरमाथाको अवलोकन अब राजधानीबाटै
3.   खुम्बु सुनसान बन्दै
4.   बाटो मर्मतको काम सम्पन्न
5.   सगरमाथा क्षेत्रको पर्यटक बढे
6.   ८ हजार मिटर अग्ला हिमाल १४ पुगे
7.   तीनदिन पछि ९२ पर्यटक गन्तव्य
8.   नाम्चेमा फुटसल प्रतियोगिता हुने
9.   सगरमाथाको फोहोर ताराले ढुवानी गर्ने
10.   विपद पर्यटन पत्रकारिता तालिम सम्पन्न
11.   सोमबारदेखि खुम्बु सफाई अभियान
12.   ४ टन दिसा पिसाव
13.   आरोहीले आफैले फोहोर ल्याए
14.   फोहोरलाई पुर्नःप्रयोगमा ल्याईने
15.   सुनसान आधार शिविर
16.   सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा
17.   माने रङ्गरोगन
18.   यस वर्षको सगरमाथा आरोहण
19.   सगरमाथामा वेपत्ता भएका भारतीय पर्वतारोहीको खोजीका लागि भारतीय टोली आउने
20.   खुम्बुमा पर्यटक घट्दा पर्यटन व्यशायी मारमा
21.   पर्यटन सिजन सुरु: मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ
22.   सगरमाथा आरोहणको सम्भावना बढ्यो
23.   विमान अवरुद्ध हुदा पर्यटक मारमा
24.   भारतीय सेनाले सगरमाथा र लोत्सेको आरोहण गर्ने
25.   पर्यटनको प्रर्वदनका लागि प्रतियोगितात्मक घोडा दौड
Results 298: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics