पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने मंगलवार, २०७३ पुस १२ गते १४:००

काठमाडौं, पुस १२  नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ ।
पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएका छन्। यो खबर हामीले आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौ।
‘सर्वोत्कृष्ट फिल्म हुन जुन जुन महत्वपूर्ण विधा आवश्यक पर्छ त्यो नभएपछि नैतिकरुपले अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड लिइनँ । ३–४ पटक नाम अनाउन्स भयो । तर, म अवार्ड लिन गइनँ । म नगएपछि दीपकराज गिरीले त्यो अवार्ड दिइदिनुभयो’ खनालले भने, ‘अवार्ड होटलमै छाडेर आउन लागेको थिएँ तर आफ्नो देशको चिजको माया लागेर विदेशमा छोड्न मन लागेन । हिजो एरपोर्टमा आउनेवित्तकै नेफ्टाका महासचिवलाई म यो अवार्ड स्वीकार गर्न सक्दिनँ, अफिस बुझाउन पठाइदिन्छु भनेको थिएँ । राजीनामा दिइसक्नुभएछ ।’
यता, नेफ्टाका महासचिव सुरज आचार्यले पनि अवार्डको परिणाममा असन्तुष्टि जनाउँदै निर्वाचित भएको १ वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएको खबर छ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics