साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो सोमवार, २०७३ पुस १० गते ०९:५५

काठमाडौं, पुस ११ टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन।
दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धी ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ ।
यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरे पनि मुख्य व्यक्ति समात्न सकेको छैन
यस्ता साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको छ।
साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्यूरो स्थापना हुने भएको छ ।
देशकै साइबर सुरक्षामा हुने सक्ने सम्भावित खतरा रोक्न र भविष्यमा हुन सक्ने साइबर आतंकवादविरुद्ध कारवाहीका लागि डिआइजीको नेतृत्वमा व्युरो गठन हुन लागेको छ । यसमा ७० प्रहरी अधिकारीको दरबन्दी रहनेछन्।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: देश
1.   भ्रष्टाचार घट्यो, ‘मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’
2.   साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो
3.   ८ वर्षभित्र नेपाल विकासशील देश
4.   किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?
5.   लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे
6.   हिमाल बचाउन काठमाडौंमा र्‍याली
7.   हातखुट्टा बाँधेर ५५ लाख डकैती
8.   सेनाले विमानस्थल बनाउने
9.   सरकार र डा. केसीका प्रतिनिधिको वार्ता निष्कर्षविहीन
10.   तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा
11.   गंगामाया आजदेखि स्लाइन र पानी छाडेर आमरण अनशनमा
12.   बाटोमै खोसियो मन्त्रीको गाडी
13.   सत्य निरूपण आयोगमा उजुरीको चाङ ५३ हजार उजुरी दर्ता, अझै आउँदै
14.   प्रधानमन्त्री ओलीद्वारा राजिनामा
15.   सरकारबाटै राष्ट्रिय गोपनीयता भंग
16.   सहमतिको प्रयासमा शीर्ष तहको बैठक बस्दै
17.   दम्पतीको यौन भिडियो बाहिरियो
18.   स्थानीय तह ५ सय ६५ बनाउन प्रस्ताव
19.   नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक
20.   भारतले माग्यो उपहारको पैसा
21.   मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
22.   नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी
23.   गाउँपालिकाको सिमांकन भदौ मसान्तभित्र
24.   तेञ्जिङ हिलारी विमानस्थलमा अग्नि नियन्त्रक यन्त्र
25.   प्रहरीको निर्माणाधिन छाना हावाले उडायो
Results 662: You are at page 1 of 27

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics