सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो आइतवार, २०७३ पुस १० गते १३:५५

पिडितहरु अन्योलमा  
सल्लेरी, पुस १० गते । भूकम्प गएको २० महिना पछि पुनर्निर्माण प्राधिकरण हिमाली जिल्ला सोलुखुम्बुमा बल्ल काम गर्ने भएको छ । भूकम्पले दर्जनको हाराहारीमा मानविय क्षति पुगेको सोलुुखम्बुमा भौतिक क्षति अत्यधिक भएको थियो । अधिक भौतिक क्षति भएर हजारौं घरबारविहिन भएपनि अहिले मात्र प्राधिकरणले काम सुरु गर्ने भएको हो । 
गत पुस ८ गते प्राधिकरणले पहिलो बैठक सम्पन्न गरेको छ । आगामी ४५ दिन भित्रमा लगत प्रमाणिकरणको काम सम्पन्न गर्ने सो बैठकमा जानकारी गराईको भएपनि जिल्ला विकास समितिले प्रारम्भिक सूचि उपलब्ध गराउन नसकेको कारण अध्ययन टोली कहिलेबाट गाउँमा परिचालन गर्ने भन्ने निधो अझै भएको छैन । 
जिल्लामा ८ हजार ६ सय १७ घर पूर्ण क्षती भएको गृह मन्त्रालयको अघिल्लो तथ्यांक भए पनि पछिल्लो समयमा १९ हजार ७ सय २५ घर क्षति भएको तथ्यांक सार्वजानिक भएको छ । तर यो तथ्याङकमा पनि नामावली सहितको बिबरण जिल्ला विकास समितिको कार्यालयले उपलब्ध गराउन सकेको छैन । 
भूकम्पले क्षति भएका घरलाई ५ तहमा वर्गिकरण गरिनेछ । वर्गिकरणका आधारमा ४ र ५ तहमा परेका घरलाई निर्माणका लागि प्रतिघर ३ लाख दिइनेछ । २ र ३ तहमा परेका घरलाई १ लाख मर्मत खर्च उपलब्ध गराउने सरकारले तयारी गरेको छ । राहत रकम तीन चरणमा वितरण गर्ने जनाइएको छ । पहिलो चरण जग निर्माणको क्रममा ५० हजार, दोस्रो चरण तला थापेपछि १ लाख र छाना छाउने बेलामा १ लाख ५० हजार उपलब्ध गराउने सरकारको तयारी अनुसार वितरण हुने जानकारी प्राप्त भएको प्राविधिक कार्यालयका प्राविधिक प्रमुख पुस्करलाल पोखरेलले बताउनुभयो ।
यता प्राधिकरणले यतिन्जेलसम्म नहेरेपछि घर बनाउन थालेकाहरु अन्योलमा परेका छन् । आफ्नै खर्च र ऋणपानमा घर बनाउन थालेकालाई प्राधिकरणको मापदण्डले असर पु¥याउने होकी भन्ने चिन्ता छ । सरकार र प्राधिकरणको राहत र सहयोग कुरेको डेढ बर्ष बित्दा पनि चालचुल नपाएपछि आफ्नै पहलमा घर बनाएर बस्न थालेको घरमा असर पार्न नहुने पीडितहरुको भनाइ छ । घर बनाउँदै गरेकाहरुले प्राधिकरणले पुनर्निर्माणका लागि दबाब दिन नहुने बताउँछन् । ‘आउने भएको भए समयमै आउनुपथ्र्यो, अहिले बीचमा आएर मापदण्डका कुरा छिराउन हामी पीडितका लागि सान्दर्भिक छैन,’ घर बनाएर बस्न थालिसकेका चौलाखर्कका रोहित बस्नेतले भन्नुभयो । गोलीका पासाङ शेर्पाले भन्नुभयो ‘दुख सुख घर बनाएका छौं, हाम्रो पसिनाको मोल हुनुपर्यो कि त अध्ययनको क्रममा हामीलाई सहि मानिदिन पर्यो ।’
घर निर्माणका लागि १५ देखि २५ लाख सहुलियतमा ऋण उपलब्ध गराउने सरकारको आशामा करोडौं ऋण झिकेर निर्माण गरिरहेका पीडित पनि अन्योलमा छन् । सरकारले २ प्रतिशत सहुलियत ऋणको घोषणा गरेको थियो । घोषणा गरेपनि ऋणको टुंगो नलागेपछि पीडित थप पीडामा परेका छन् ।
‘सहुलियत ऋण सरकारले देलान् र तिरौँला भनेर घर बनाउन थालेको छु । ऋण दिने कुरै सुनिएको छैन’ दुधकुण्ड नगरपालीकाका सोमप्रसाद तामाङले भन्नुभयो ।
सरकारले दिन लागेको ३ लाख अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने पीडितहरु बताउछन् । किस्ताकिस्तामा दिन लागेको ३ लाखले घर भत्काउन समेत नपुग्ने भूकम्पपिडित निशाकला राईले बताउनुभयो । ‘राहत सरक्कै पाइनेपनि होइन होला, कागजात मिलाउनुपर्ने झन्झट, कामदार लाउनुपर्यो, ३ लाखले घर भत्काउनै पुग्दैन’ उहाँले भन्नुभयो । 
पहिलो बैठकमा भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका उप निर्देशक नारायणप्रसाद श्रेष्ठ र पुनर्निर्माण प्राधिकरणका सदस्य धु्रबप्रसाद शर्मा आउनुभएको भियो । सोलुखुम्बु सहित भूकम्पप्रभावित १७ जिल्लामा तिव्र गतिमा एकसाथ काम अघि बढाइने जानकारी उहाँहरुले दिनुएको छ । देशभर १७ वटा मोडलमा घर निर्माण हुने उहाँहरुले बताउनुभयो । जिल्लामा आंशिक क्षती पुगेका र घरमा बस्न नहुने अधिकांश भूकम्पपिडित टहरा र पालमुनि बसेका छन् । केहीले घर बनाएर बसेका छन् । केहीले निर्माण सुरु गरेका छन् । 
भवनमा क्षति नपुगेको विद्यालय जिल्लामा छैन भन्दा पनि हुन्छ । विद्यार्थी जस्ताले छाएको टहरामुनि कठ्यांग्रीने जाडो सहेर पढिरहेका छन् । प्रहरीचौकीले साँघुरो कोठाबट सेवाप्रवाह गरिरहेका छन् । गाविस त सदरमुकामबाटै चल्छ भन्दा फरक पर्दैन सरकारी कायालयका आफ्नै भवन भूकम्पले छियाछिया भएका छन् । महंगो भाडाको भवनमा सिमित क्षेत्रफलमा असिमित काम सम्पादन गर्न बाध्य छन् । सदरमुकाममा कोठाभाडा महंगीएको छ । विद्यार्थी, सर्बसाधरण नागरिक मारमा छन् । भूकम्पले चिरा परेका घरमा समेत जोखिम मोलेर बसेका छन् । चर्कीएको घरमा एकजना अट्ने कोठाको भाडा मासिक २ हजार ५ सयदेखी ४ हजार रुपैयाँ सम्म पर्छन् ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics