पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी आइतवार, २०७३ पुस ०३ गते १२:१६

काठमाडौं, पुस ३  सरकारले चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा खर्चभन्दा राजस्व असुली बढी गरेको छ । कुल खर्चको करिब ५४ प्रतिशत राजस्व असुली लक्ष्य राखेको सरकारले चालू आर्थिक वर्षको ५ महिनासम्म कुल खर्चभन्दा एक अर्ब ६६ करोड रुपैयाँ बढी राजस्व परिचालन गरेको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।
महालेखा नियन्त्रकको कार्यालयकाअनुसार मंसिरसम्म २ खर्ब ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको छ । यसअवधिमा प्राप्त राजस्व वार्षिक लक्ष्य पाँच खर्ब ६५ अर्ब ८९ करोड ६५ लाखको तुलनामा ३६.८८ प्रतिशत हो । राजस्व परिचालन मंसिरसम्मको लक्ष्य १ खर्ब ९४ अर्ब ८२ करोड ९७ लाखको तुलनामा ७.१२ प्रतिशत बढी भएको छ ।
असोजपछिका महिनामा राजस्व असुलीमा कमी हुँदै गएको छ । मंसिरसम्म प्राप्त राजस्वमध्ये राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मार्फत २ खर्ब ७ अर्ब ९७ करोड १२ लाख र एकल खाता कोष (टीएसए)मार्फत ७४ करोड ३६ लाख रुपैयाँ संकलन भएको हो ।
आयातीत सामानको वृद्धिले राजस्व असुलीमा प्रभाव पार्ने गरेको छ । गत वर्षको मंसिरसम्म १ खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ राजस्व परिचालन भएको थियो । त्यसअवधिमा भारतीय सिमा नाका अवरोधले आयात रोकिँदा सम्पूर्ण कारोबार नै ठप्पजस्तै भएको असर राजस्व पनि परेको थियो ।
तर, चालू वर्ष भने मुलुकभर खासै अवरोध नभएको र जनजीवन सामान्य भएकाले राजस्वमा सकारात्मक प्रभाव परेको हो । चालू वर्षको राजस्व असुली भने गत वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी छ ।
नियन्त्रकको कार्यालयले पछिल्लो पाँच महिनामा २ खर्ब ७ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । यस्तो खर्च वार्षिक १० खर्ब ४८ अर्ब ९२ करोडको तुलनामा १९.७४ प्रतिशत हो । सरकारले पहिलो चौमासिकसम्म ३२ प्रतिशत खर्च गर्ने लक्ष्य निर्धारण गरेपछि पाँच महिना सकिँदासम्म पनि २० प्रतिशत कुल खर्च हुन सकेको छैन ।
त्यसमा पनि पुँजीगत खर्चको अवस्था अत्यन्तै दयनीय छ । चालू वर्ष तीन खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने अनुमान गरिए पनि विनियोजित बजेटको ७.३३ प्रतिसत अर्थात् २२ अर्ब ८८ करोड मात्रै खर्च भएको छ ।
विवरणअनुसार मंसिरको राजस्व असुली भने लक्ष्यभन्दा सामान्य मात्रै बढी हो । मंसिरमा ३८ अर्ब २२ करोड राजस्व परिचलानको लक्ष्य लिइएकोमा ३९ अर्ब ६५ करोड रुपैयाँ राजस्व असुली भएको छ । मंसिरमा लक्ष्यभन्दा ३.७ प्रतिशतले मात्रै राजस्व असुली बढेको छ । कात्तिकसम्म १ खर्ब ६९ अर्ब ६ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics