खुम्बु सुनसान बन्दै शुक्रवार, २०७३ पुस ०१ गते २१:३३

नाम्चे, पुस 1 गते । केही समय अघि सम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट, चौतारा, बाटोघाटो, पूलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुदै जान थालेको छ । 
पर्यटनको मध्ये सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ बनेका होटल व्यवसायीहरु हिजोआज फुर्सदिला बनेका छन् भने कतिपय होटल व्यवसायीहरुले होटल समेत बन्द गरेर काठमाडौ गएका छन् । 
अत्याधिक चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि  सोलुखूम्बुको मुख्य पर्यटकीय स्थलहरु सुनसान बन्दै जान थालेका हुन् । सगरमाथाको प्रवेशद्धार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल हुन छाडेको छ । 
केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा हिजो आज एक दुई जना पर्यटक भन्दा अन्य भेटिन छाडेका छन् । 
पर्यटकको मुख्य सिजन मानिने कार्तिकको मध्यतिर एकैदिन ५ सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०÷४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय मन्जो चेकपेष्टले जनाएको छ ।  
सोलुखुम्बुमा यसबर्ष अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक आएको खुम्बुबासीले आंकलन गरेका छन् । यस बर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको उनीहरुको अनुमान छ । अघिल्ला बर्षहरुमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको र भुकम्पको त्रास पनि अन्त्य भएको उनीहरु बताउँछन् ।   
सन् २००३ बाट उकालो लागेको सोलुखुम्बुको पर्यटकको संख्या सन् २००८ मा ३० हजार ५ सय ९९ पुगेको थियो । सन् २०१० मा ३२ हजार १ सय २४ जना पुगेको खुम्बुको पर्यटक संख्या बढेर २०११ मा ३४ हजार ५ सय ७१  जना पर्यटक खुम्बु प्रवेश गरेका थिए । क्रमशः उकालो लागेको सोलुखुम्बुको पर्यटक सन् २०१३ मा ३६ हजार दुई सय १२ जना पर्यटकहरु भित्रिएका थिए । त्यस्तै २०१४ मा ९ सय १२ जनाले बृद्धि भई ३७ हजार १ सय २४ जना पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । 
लगातार उकालो लागेको पर्यटक संख्या २०१५ मा घटेर २७ हजार ४ सय ६५ जनाले मात्र सगरमाथा क्षेत्र प्रवेश गरेका थिए । भुकम्पका कारण एक्कासी पर्यटकको संख्या घटेको पर्यकन व्यवशायीहरु बताउछन् ।
सन् २०१६ शुरु हुन अझै केही दिन बाँकी रहेकाले अघिल्लो बर्षको रेकर्ड तोडिन सक्ने प्रवेशद्धारका कर्मचारीहरु बताउँछन् भने विश्व सम्पदा भित्र पर्ने सोलुखूम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र, विश्वको आकर्षक दश पर्यटन गन्तव्यहरु भित्र पर्दछ । सगरमाथा लगायत विभिन्न हिमालहरु, कस्तुरी मृग, डाँफे जस्ता दुर्लभ बन्यजन्तुको प्रत्यक्ष अवलोकन र विभिन्न हिमतालहरुले यो क्षेत्र विश्वमै प्रसिद्ध छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: Tourism / पर्यटन
1.   २५ प्रतिशतले पर्यटक बढ्यो
2.   सगरमाथाको अवलोकन अब राजधानीबाटै
3.   खुम्बु सुनसान बन्दै
4.   बाटो मर्मतको काम सम्पन्न
5.   सगरमाथा क्षेत्रको पर्यटक बढे
6.   ८ हजार मिटर अग्ला हिमाल १४ पुगे
7.   तीनदिन पछि ९२ पर्यटक गन्तव्य
8.   नाम्चेमा फुटसल प्रतियोगिता हुने
9.   सगरमाथाको फोहोर ताराले ढुवानी गर्ने
10.   विपद पर्यटन पत्रकारिता तालिम सम्पन्न
11.   सोमबारदेखि खुम्बु सफाई अभियान
12.   ४ टन दिसा पिसाव
13.   आरोहीले आफैले फोहोर ल्याए
14.   फोहोरलाई पुर्नःप्रयोगमा ल्याईने
15.   सुनसान आधार शिविर
16.   सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा
17.   माने रङ्गरोगन
18.   यस वर्षको सगरमाथा आरोहण
19.   सगरमाथामा वेपत्ता भएका भारतीय पर्वतारोहीको खोजीका लागि भारतीय टोली आउने
20.   खुम्बुमा पर्यटक घट्दा पर्यटन व्यशायी मारमा
21.   पर्यटन सिजन सुरु: मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ
22.   सगरमाथा आरोहणको सम्भावना बढ्यो
23.   विमान अवरुद्ध हुदा पर्यटक मारमा
24.   भारतीय सेनाले सगरमाथा र लोत्सेको आरोहण गर्ने
25.   पर्यटनको प्रर्वदनका लागि प्रतियोगितात्मक घोडा दौड
Results 298: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics