किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख? बुधवार, २०७३ मंसिर २९ गते ११:५४

काठमाडौं, मंसिर २९ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ। करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन लागेका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माका अनुसार आगामी १७ जनवरीमा उनीहरू नेपाल आइपुग्नेछन्। सोही दिनबाट काठमाडौंमा सम्मेलन सुरु हुने एआईजी शर्माले जानकारी दिए। तीन दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, मानव बेचबिखन, लागूऔषध तथा संगठित अपराध नियन्त्रणजस्ता गम्भीर विषयमा छलफल हुने कार्यसूची रहेको छ। यस्तो सम्मेलन सन् १९८९ मा सम्पन्न भएको थियो।
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागलाई सम्मेलन तयारीको जिम्मा दिएको छ। हरेक दुई÷दुई वर्षमा सदस्य इन्टरपोलमा आबद्ध राष्ट्रहरूमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५० देशका तीन उपक्षेत्रीय कार्यालय प्रतिनिधि सम्मेलनमा भाग लिन आउँनेछन्।
अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ। त्यसैगरी, पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ। जसमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडांै आउने भएका छन्। विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रावासी संगठनका प्रतिनिधि, आसियान सचिवालय प्रतिनिधि र सार्क सचिवालयका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।
यसैगरी, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरबियन मन्त्रिपरिषद्का सदस्य, गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, ईक्याप्ट इन्टरनेशनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि पनि सहभागी हुनेछन्। सम्मेलनमा एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिहरूले समेत भाग लिनेछन्। सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डा इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउँनेछन्। आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ। सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फान्सका प्रहरी प्रमुख पनि नेपाल आउने भएका छन्। १ सय ९० देशका प्रहरी संगठन सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: देश
1.   भ्रष्टाचार घट्यो, ‘मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’
2.   साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो
3.   ८ वर्षभित्र नेपाल विकासशील देश
4.   किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?
5.   लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे
6.   हिमाल बचाउन काठमाडौंमा र्‍याली
7.   हातखुट्टा बाँधेर ५५ लाख डकैती
8.   सेनाले विमानस्थल बनाउने
9.   सरकार र डा. केसीका प्रतिनिधिको वार्ता निष्कर्षविहीन
10.   तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा
11.   गंगामाया आजदेखि स्लाइन र पानी छाडेर आमरण अनशनमा
12.   बाटोमै खोसियो मन्त्रीको गाडी
13.   सत्य निरूपण आयोगमा उजुरीको चाङ ५३ हजार उजुरी दर्ता, अझै आउँदै
14.   प्रधानमन्त्री ओलीद्वारा राजिनामा
15.   सरकारबाटै राष्ट्रिय गोपनीयता भंग
16.   सहमतिको प्रयासमा शीर्ष तहको बैठक बस्दै
17.   दम्पतीको यौन भिडियो बाहिरियो
18.   स्थानीय तह ५ सय ६५ बनाउन प्रस्ताव
19.   नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक
20.   भारतले माग्यो उपहारको पैसा
21.   मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
22.   नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी
23.   गाउँपालिकाको सिमांकन भदौ मसान्तभित्र
24.   तेञ्जिङ हिलारी विमानस्थलमा अग्नि नियन्त्रक यन्त्र
25.   प्रहरीको निर्माणाधिन छाना हावाले उडायो
Results 662: You are at page 1 of 27

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics