नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो, चीनबाट आउँदै सोमवार, २०७३ मंसिर २६ गते १०:३५

काठमाडौं, मंसिर २७ चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटाएको छ। गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
चिनियाँ सामान भारतको कोलकता बन्दरगाह-वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो।
नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रिकल सामान बोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट चिव्बतको ग्याइरोङतर्फ छुटेको चिनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाका अनुसार २८ लाख अमेरिकी डलर बराबरको सामान बोकेर  रेल ग्वान्जाओवाट ५ हजार २ सय ७० किलोमिटर  दूरीमा पर्ने ग्याइरोङतर्फ लागेको हो।
ती सामान ट्रकबाट ग्याइरोङदेखि ८७० किलोमिटरमा रहेको काठमाडौं ल्याइनेछ।
उता रक्सोलस्थित भारतीय कस्टम कार्यालयनजिकै स्थानीयले आइतबार बिहानैदेखि धर्ना दिएपछि रेल्वेमार्फत नेपाल आउने सामान रोकिएका छन् ।
धर्नाले नेपालका लागि लदैनिक डेढ सयभन्दा बढी गाडीमा आउने औद्योगिक कच्चा पदार्थ रोकिएपछि आयातकर्ता चिन्तित बनोका छन् ।
वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच जारी प्रदूषणसम्बन्धी विवादको चपेटामा नेपाली आयात परेको हो ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाज
1.   बैकल्पिक नाका खोल्न चीनको सर्त
2.   नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो, चीनबाट आउँदै
3.   मेलम्चीमा भेटिएको पहेँलाे धातु के होला ?
4.   सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो
5.   लुम्बिनीमा विश्वकै ठूलो थाङका प्रर्दशन
6.   सोलुखुम्बुमा १ नगरपालिका ७ गाउपालिका
7.   आजदेखि छठपर्व सुरु
8.   अलैची खेति प्रविधि तालिम सम्पन्न
9.   अलैचीको मसल्य घटेपछि कृषकहरु मारमा
10.   क्षमता अभिबृद्धि कार्यक्रम हुने
11.   निजामति दिवशमा नगर सरसफाई गरिने
12.   पहिरोको जोखिममा पुल
13.   शिक्षक उदाहरणीय कृषक
14.   खानेपानिको मुल नफुटे पछि स्थानिय बासिन्दालाई सास्ती
15.   झोलुङ्गे पुलमै घण्टौ जाम
16.   जिल्लाको ६ गाविसका कमदारको ज्याला एकैसाथ करिब ७१ प्रतिशतले बढ्यो
17.   मेसिन विग्रेपछि समस्या
18.   ६ लाख माग ३ लाख ६८ हजार वितरण
19.   कुनैपनि सरकारी कार्यालय अपाङ्गतामैत्री छैन
20.   सडक खुल्यो
21.   आठ महिने बालिकाको हत्या
22.   अपाङ्गता भएकाहरुलाई राहत
23.   ३१ जनालाई तालिम
24.   १ सय ४९ जनालाई परिचय पत्र
25.   पुल निर्माण सम्पन्न
Results 616: You are at page 1 of 25

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics