आज विवाह पञ्चमी आइतवार, २०७३ मंसिर १८ गते ०८:२९

१९ मङंसिर, काठमाडौँ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।
 
त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
 
जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।
 
रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
 
सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
 
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
 
रङ्गभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
 
तिरहुतियागाछीमा मनाइने सो महोत्सव एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।
 
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । उक्त महोत्सव पहिले जनकपुरमा एक महिनासम्म मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।
 
यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आज विवाह पञ्चमी
2.   अल्लोखेति तर्फ आकर्षित
3.   सुनचाँदीको भाउ बढ्यो
4.   सोलुखुम्बुमा चिया महोत्शव
5.   ३ दिन देखि यातायात सेवा अवरुद्ध
6.   शून्य सुविधा, करको बोझ
7.   पर्यटक घट्यो
8.   बागवानीको राजश्व बढ्यो
9.   दुई करोड १८ लाख राजश्व घट्यो
10.   लघुबित्त बैँकको शाखा बिस्तार
11.   वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
12.   ७ करोड ७७ लाखको अलैची बिकेन
13.   ७ करोड ७७ लाखको अलैची बिकेन
14.   तीन मिटर पानी घटाउन तीस करोड
15.   विद्युत अवरुद्ध
16.   गर्भनर नेपालद्धारा हस्ताक्षर सय रुपैयाँको नयाँ नोट बजारमा
17.   पूर्व अर्थमन्त्रीहरु भन्छन् ‘महँगी बढाउने बजेट’
18.   सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत
19.   तरकारी खेतीबाट वार्षिक ८ लाख बचत
20.   नाम्चे गाविसको २५औं गाउ परिषद , पर्यटनलाई प्राथमिकता
21.   नेपालमा पहिलोपटक निजी कम्पनीले ल्यायो पेट्रोलियम पदार्थ
22.   उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास
23.   आपूर्ति नै नभएपछि लाइनमा बसेकालाई के दिनु - गोपालबहादुर खड्का
24.   यसवर्ष दसैंलाई हिमाली च्याङ्ग्रा
25.   मंगलबार १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिए
Results 276: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics