बार्सिलोनालाई रोक्यो रियल मड्रिडले आइतवार, २०७३ मंसिर १८ गते ०७:३३

मंसिर १९ – स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५३ औं मिनेमा नेइमारको फ्रि किकलाई लुइस स्वारेजले हेड मार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मड्रिडलाई गोल गर्नबाट रोकेको थियो । तर ९० औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । रामोसले लुका मोड्रिकको फ्रि किकलाई हेडमार्फत गोल गरेका हुन् । रामोसको गोल अघि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि सफल भने हुन सकेनन् । बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ । रामोसले अन्तिम समयको गोलबाट रियलको अपराजित यात्रा ३३ खेलमा पुर्‍याएका छन् । बार्सिलोना लिगका पछिल्ला तीन खेलमा जित बिहीन छ । तनावग्रस्त देखिएको खेलमा बार्सिलोनाका नेइमारसहित ६ खेलाडीले पहेँलो कार्ड पाएका थिए । नेइमार आउँदो शनिबार हुने ओसासुनासँगको खेलमा खेल्न पाउने छैनन् । खेलको पहिलो हाफमा लियोनल मेस्सीले प्रहार गरेको फ्रि किक रियल मड्रिडका गोलरक्षक केलर नावासले रोके । ला लिगा अन्तर्गत राति भएका अर खेलमा एथ्लेटिको मड्रिड स्पानियोलसँग तथा भिल्लारियल लेगानेससँग गोलरहित बराबरीमा रोकियो । यस्तै ग्रानाडाले सेभिल्लालाई २–१ ले हरायो ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics