कलेजो प्रत्यारोपण अब नेपालमै शनिवार, २०७३ मंसिर १७ गते ०७:३७

काठमाडौँ, मङ्सिर १८ मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । 
मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो ।
स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ । 
नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए । अाजकाे गाेरखापत्रमा खबर छापिएकाे छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा‍‍ पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘मानव अङ्ग प्रत्यारोपण नियमावली आएसँगै कलेजो प्रत्यारोपणमा कानुनी रूपमा सहज भएको छ,’ कार्यकारी निर्देशक डा.श्रेष्ठले भने, ‘कलेजो प्रत्यारोपणका लागि यसअघि नै केन्द्रले चिकित्सक तथा नर्सिङ्ग टोलीलाई तालिमका लागि विदेश पठाइसकेको छ । ’ 
डा.श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए ।
केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिए। कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: शिक्षा/स्वास्थ्य
1.   सोलुखुम्बुको दुर्गममा रहेको स्वास्थ्य संस्थामा पहिलोपटक ईसिजी सेवा
2.   जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह
3.   गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना
4.   कलेजो प्रत्यारोपण अब नेपालमै
5.   अब कक्षा १२ मा मात्र एसएलसी
6.   औषधी ढुवानी गर्न समस्या
7.   गाउ मै भिडियो एक्सरे सेवा पाएपछि सहज
8.   गाउमा नै डिजिटल भिडियो एक्सरे सेवा
9.   स्क्रप टाईफस रोगबाट बच्न के गर्नु पर्छ ?
10.   रगत खोज्न रेडियो धाउनु पर्ने बाध्यता
11.   विद्यालयलाई जग्गा दान
12.   गर्भवती र शिशुको स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
13.   गोलीलाई पुर्ण खोप सुनिश्चित घोषणा
14.   फ्रेस हुने १० उपाय
15.   एसएलसी परीक्षाको नतिजा सार्वजनिक
16.   आमसञ्चार माध्यम, शिक्षा र प्रेस स्वतन्त्रता
17.   उमालेर मात्र पानी खान सुझाव
18.   विद्यालयलाई दुई करोड सहयोग
19.   दिनमा कति पिउने पानी रु
20.   उत्कृष्ट विद्यार्थीलाई सम्मान
21.   नीजि शिक्षकको तलवका लागि सहयोग
22.   अव्यवस्थित मासु पसल बन्द
23.   अव्यवस्थित मासु पसल बन्द
24.   १ हजार १ सय १७ जना स्थायी शिक्षक माग
25.   पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
Results 364: You are at page 1 of 15

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics