सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो शनिवार, २०७३ मंसिर १७ गते ०७:३४

काठमाडौं,मंसिर १८ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् ।
हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो । इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएका थिए । सुन भएको पहाड खन्न पाइँदैन भन्दै अम्बाथानवासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानीको हेडवक्र्स साइटको काम रोकिएको छ । त्यस्तो पहेँलो पदार्थ अम्बाथानवरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताए । सुनजस्तै पहेँलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम शुक्रबारदेखि बन्द भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
स्थानीयको एक समूहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानमा काम बन्द गरेको मेलम्ची खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए । ‘स्थानीयले दबाब दिन थालेपछि हेडवक्र्सको पहाड खन्ने काम रोकेका छौँ,’ उनले भने । पहेँलो पदार्थ मिश्रित ढुंगा परीक्षणका लागि काठमाडौं ल्याइसकेको उनले बताए । परीक्षणको लागि ढुंगाको स्याम्पल खानी तथा भूगर्भ विभागमा पठाउन लागेको उनले जनाए । आजको नयाँपत्रिकामा खबर छापिएको छ ।
सुन हो वा अन्य धातु हो भन्ने पत्ता लाग्न आइतबारसम्म कुर्नुपर्ने उनले प्रस्ट्याए । ‘हेडवक्र्समा कुनै उपकरण नभएकोले हामीले केही भन्न सकेनौँ,’ उनले भने, ‘तर, हाम्रो विचारमा त्यो पदार्थ सुन नहुन सक्छ ।’ ढुंगामा बालुवाको लेयर फेला परेको हेडवक्र्समा कार्यरत इन्जिनियरको बुझाइ छ । हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा पारिएको मेलम्ची खानेपानी आयोजनाको सुरक्षा विभाग हेरिरहेका भूपू डिएसपी होमजंग चौहानले जनाए ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाज
1.   बैकल्पिक नाका खोल्न चीनको सर्त
2.   नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो, चीनबाट आउँदै
3.   मेलम्चीमा भेटिएको पहेँलाे धातु के होला ?
4.   सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो
5.   लुम्बिनीमा विश्वकै ठूलो थाङका प्रर्दशन
6.   सोलुखुम्बुमा १ नगरपालिका ७ गाउपालिका
7.   आजदेखि छठपर्व सुरु
8.   अलैची खेति प्रविधि तालिम सम्पन्न
9.   अलैचीको मसल्य घटेपछि कृषकहरु मारमा
10.   क्षमता अभिबृद्धि कार्यक्रम हुने
11.   निजामति दिवशमा नगर सरसफाई गरिने
12.   पहिरोको जोखिममा पुल
13.   शिक्षक उदाहरणीय कृषक
14.   खानेपानिको मुल नफुटे पछि स्थानिय बासिन्दालाई सास्ती
15.   झोलुङ्गे पुलमै घण्टौ जाम
16.   जिल्लाको ६ गाविसका कमदारको ज्याला एकैसाथ करिब ७१ प्रतिशतले बढ्यो
17.   मेसिन विग्रेपछि समस्या
18.   ६ लाख माग ३ लाख ६८ हजार वितरण
19.   कुनैपनि सरकारी कार्यालय अपाङ्गतामैत्री छैन
20.   सडक खुल्यो
21.   आठ महिने बालिकाको हत्या
22.   अपाङ्गता भएकाहरुलाई राहत
23.   ३१ जनालाई तालिम
24.   १ सय ४९ जनालाई परिचय पत्र
25.   पुल निर्माण सम्पन्न
Results 616: You are at page 1 of 25

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics