मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय आइतवार, २०७३ मंसिर ०५ गते २१:५०

मंसिर ५ / काठ्माण्डौं - नेपाली डाँडा पाखामा पानी पाँधरो गरेकी मीरालाई ुट्रेल रनरु हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जितेकी यि नेपाली चेली अहिले चर्चित म्यागजिन नेशनल ज्योग्रफिकको बर्षका सर्वाधिक साहसीहरुको सूचिमा छिन् । अन्य ९ जनास‌ँगै मीराका तस्विरहरु र अन्तर्वार्ता उसको अनलाइन स‌ंस्करणमा राखेको छ र भोटबाट सर्वाधिक साहसी एक जना छान्ने जिम्मा पाठकलाई दिएको छ । विगत १२ बर्षदेखि हरेक बर्ष हुँदै आएको यो छनौटको सूचिमा परेका मीरा पहिलो नेपाली हुन् । अगामी डिसेम्वर १६ सम्म भोट हाल्ने समय दिएको छ । जनवरीमा नतिजा प्रकाशित गरिने म्यागजिनले जनाएको छ । भोटिङमा हालसम्म मीर अगाडी छिन् । 
 
यही सन्दर्भमा राजु घिसिङले गत भदौमा लेखेको 'मीराको वेग' शीर्षकको आलेख प्रकाशित गरिएको छ ।
 
 पूर्वमाओवादी छापामार मीरा राई अहिले हिमाली दौडबाट विश्वमै चर्चित भएकी छन् । नेपाली सेनामा ‘अयोग्य’ ठानिएकी उनको जीवन कथा स् ९ चैत, २०७० यो मीरा राईले अल्ट्रा रेसमा इन्ट्री मारेको दिन हो यो । उनी हिमालयन आउटडोर फेस्टिबलमा दौडिएकी थिइन् । फूलबारी गेटदेखि हात्तीवन ९मकवानपुर० सम्मको ५० किमि दौडमा प्रथम भएकी थिइन् । त्यसमा सहभागी अरूले पानी, खानेकुरासहितका झोला बोकेका थिए । मीरासँग भने लगाएको एकसरो टिसर्ट र ट्राउजरबाहेक केही थिएन । 
 
‘चार घन्टामै दौड सकाएर फर्कन्छु भन्ने सोचेको थिएँ,’ उनी सम्झन्छिन्, ‘तर असिना–पानी पर्‍यो । दौड जिते पनि टिस्टुङमै रोकिएँ । भोक लागेर रिंगटा चल्यो । मसँग एक पैसा पनि थिएन । राज प्रधान ९अर्का धावक० दाइले दिनुभएको ५० रुपैयाँले चाउचाउ र जुस लिए । त्यो खाएपछि बल्ल इनर्जी आयो र उभिन सक्ने भएँ ।’ 
 
खाली पेटमा उकाली–ओराली दौड्दा रिंगटा लागे पनि स्वर्णपदक र प्रमाणपत्र लिएर बेलुका साढे आठ बजे बालाजुको कोठामा आइपुग्दा माहोल बेग्लै भइसकेको थियो । मीरासँगै बस्ने कराते खेलाडी अनुपमा मगर र मीराको काठमाडौं बसाइ तथा खेलको व्यवस्थापन गर्दै आएका बालाजु कराते एकेडेमीका सञ्चालक ध्रुवविक्रम मल्ल आत्तिएका थिए । उनीहरूलाई मीरा कहाँ गइन् भन्ने थाहा थिएन । मल्ल सुनाउँछन्, सधैं गोर्खा भर्ती (बेलायती सेना) को तयारी गर्नेसँग दौड्ने गर्थिन् । त्यस दिन पनि सधैंझैं बिहान पीटीआई गुरुजीसँगै निस्केकी थिइन् । उनले कहाँ जाँदैछु भन्ने कसैलाई बताएकी थिइनन् । दिउँसोसम्म नआउँदा त हामी आत्तियौं । बालाजु प्रहरी चौकीमा मीरा हराएको निवेदन दियौं ।’ 
 
 
साँझ साढे ८ बजे मीरा गोल्ड मेडल र प्रमाणपत्र बोकेर फर्किएपछि बल्ल उनी दौडमा सहभागी भएको थाहा भयो । खासमा मीरा आफैंलाई पनि त्यस दिन दौड्नुपर्छ भन्ने थाहा थिएन । त्यसैले उनी कसैलाई नभनी हिमालयन आउटडोरमा पुगेकी थिइन् । पूर्वमाओवादी छापामार मीरा वैदेशिक रोजगारीमा मलेसिया जानका लागि मंसिर २०७० मा काठमाडौं आएकी थिइन् । उनको भिसा पनि लागिसकेको थियो । कम्तीमा एक वर्ष त खेल भन्दै मल्लले सम्झाएपछि उनी यहीं बस्न राजी भएकी थिइन् । म्यानपावरलाई १२ हजार रुपैयाँ बुझाएर पासपोर्ट फिर्ता लिएपछि उनी दौडको अभ्यासमा लागेकी थिइन् । माओवादीको सिन्धुली शिविरमा तीन वर्ष कराते खेलेर मीरा ब्राउन बेल्टसम्म पुगेकी थिइन् । शिविरमा मल्लका चेलाले कराते सिकाउँथे । त्यही मीरा र अनुपमाको खेल उनले देखेका थिए । 
 
हिमालयन आउटडोरको सफलतापछि भने उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेस सुरु गर्ने सुरुमा मीरा पुगिन् । हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा मात्र होइन, इटाली र हङकङसहित लगातार ६ रेस जितिन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जितेकी छन् । माघ, २०७१ मा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वर्ल्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क ९फ्रान्स० रेसमा स्वर्ण जितिन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता हो । उनी अहिले सोच्छिन्, मलेसिया गएको भए– केही न केही । न पैसा कमाउँथें न नाम । उनको खान्की सामान्य मानिसको भन्दा प्रायस् दोब्बर हुन्छ । 
 
‘जत्रो भए पनि एउटा कुखुरा त म सिलिक्कै पार्छु,’ उनले भनिन्, ‘भोजपुर घर जाँदा कुखुरा र बाख्रो टन्नै सिध्याएर आउँछु ।’ मासु उनको प्रिय खान्की हो । सन्तुलित खानाको रुटिन छैन तर उनी अण्डा, चना, स्याउ, केरा, काजु मिलाएर खान्छिन् । अल्ड्रा रेसको आयोजना र प्रवर्धनमा लागेको संस्था ‘ड्रेल रन नेपाल’ ले दिने मासिक ८ हजार उनको डाइट र पकेट खर्च हो । युरोपमा उनलाई स्पोर्टस वेयर कम्पनी ‘सलोमन’ ले प्रायोजन गर्छ । दैनिक २ देखि ६ घन्टासम्मको ट्रेनिङमा महिनामा उनको एउटा स्पोर्टस सुज फाट्छ । 
 
‘गरिब नेपाली हुँ भनेपछि मलाई मौका दिएको छ । त्यसैले देशको नाम राख्ने अवसर पाएको छु,’ उनी भन्छिन् । उकाली ओरालीमा घन्टौ दौड्दा पनि उनी कहिल्यै थकान मान्दिनन् । भन्छिन्, ‘जति दौडियो झन् दौडिइरहन मन लाग्छ ।’ भोजपुरको सानेदुम्माकी उनी पँधेरी निमाविमा पढ्थिन् । ओरालो ४५ मिनेट हिँडेर स्कुल पुग्थिन् र फर्किंदा त्यही उकालो चढ्थिन् । खानेपानी लिन घरबाट ३० मिनेट ओरालो धाउनुपर्थ्यो । 
 
फिस्टे छापामार 
 
मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन् । सेना र प्रहरीसँग माओवादीको बारम्बार बम र बन्दुकको साक्षात्कार भइरहेको बेला गाउँबाट एक्लै छापामार बनेकी उनले भनिन्, ‘भाइबहिनी धेरै पढ्थे तर उनीहरूको फी तिर्ने पैसा थिएन । घरको स्थिति नाजुक थियो । घर बसेर केही हुनेवाला थिएन । त्यसैले बरु पछि पढौंला भनेर माओवादीमा गएँ ।’ समाजमा महिलालाई घाँस–दाउरामै सीमित राख्ने भएकाले केही गर्ने सपना बुन्दै उनी अवसरको खोजीमा माओवादीमा पुगेकी थिइन् । त्यसबेला आफ्नै घरमा पनि फायर भएको उनी सम्झन्छिन् । नजिकै भेडेटार, भोजपुर रिपिटर टावरमा सुरक्षाकर्मी र माओवादीको भिडन्त भयो । उनी बच्चै भए पनि भोजपुर आक्रमणमा सहयोगी छापामार थिइन् । ‘म फिस्टे नै थिएँ । त्यसैले युद्धमा अगाडि थिइनँ,’ उनी भन्छिन्, ‘घाइतेलाई बोकेर सहयोग गरें ।’ युद्धबाट जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सकिन्छ भन्ने सिकेको उनले बताइन् । ‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो । 
 
समाजमा पनि त्यस्तै समानता ल्याउन माओवादीमा गएकी थिएँ,’ उनी भन्छिन्, ‘युद्धमा थुप्रै महिलाले योगदान दिए । तर, अहिले समान अधिकार नदिएकोमा चाहिँ दुस्ख लाग्छ ।’ बाआमाकी पाँच सन्तानमध्येकी दोस्रो मीरा २०६३–६३ को जनआन्दोलनको सफलतापछि माओवादीको सिन्धुली शिविरमा पुगिन् । माओवादी छापामार नेपाली सेनामा समायोजननजिक पुगेको थियो । सेनाको जागिरे भएर भाइबहिनीको पढाइ र घर खर्चमा सहयोग गर्ने उनले सपना बुनिन् । तर, संयुक्त राष्ट्रसंघीय मिसनले ‘अयोग्य’ को सूचीमा राखेपछि उनको सपना शिविरमै टुट्यो । शिविर उठेपछि उनी घर गइनन् । सिन्धुलीमै बसेर एसएलसी पास गरिन् । १८ महिने कृषि पनि पढिन् । अहिले १२ कक्षामा पुगेकी उनी पढाइलाई निरन्तरता दिने बताउँछिन् । पीएलए स्पोर्टस क्लबले माओवादी शिविरमा खेल प्रशिक्षण थालेको थियो । त्यसमा उनी जुन खेलको प्रशिक्षण हुन्थ्यो, त्यतै लाग्थिन् । कराते, फुटबल, भलिबल, कपर्दी सबै खेलिन् । एथलेटिक्समा दौडिइन्, उफ्रिइन्, थ्रो गरिन् । ‘फेरि मौका पाउँदैन भनेर केही पनि छोड्न मन लाग्दैनथ्यो,’ उनले भनिन् । 
 
पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा पीएलएबाट ५ हजार र १० हजार मिटरमा दौडिइन् । तर, पदक जितिनन् । उनका दाइ झापामा बिजुलीको काम गर्छन् । बहिनी धनकुटामा कृषि पढ्दैछिन् । उनी आफ्नो करिअर सुरक्षित गर्न चाहन्छिन् । ‘न ढुक्कसँग खेल्ने अवस्था छ न त खेल छाडेर घर फर्कने नै,’ २५ वर्षीया उनी गम्भीर हुन्छिन्, ‘अहिलेसम्म गुरुको तर्फबाट बाँचेको छु ।’ उनले नाम कमाएकोमा परिवार खुसी छन् । थप ६–७ वर्ष अल्ट्रा रेसमा दौडेपछि भाइबहिनीहरूलाई स्वदेशमै रेस पनि आयोजना गर्दै अवसर दिएर आफूजस्तै बनाउनतिर लाग्ने उनले सोच छ । ‘अल्ट्रा रेसका लागि नेपालको भूगोल र यहीं हुर्केका नेपालीको सम्भावना एकदमै राम्रो छ । यसको आयोजनामा उत्कृष्ट खेलाडी र धेरै पर्यटक ल्याउन सक्छौं । सहभागितासँगै जितेर देशको नाम राख्न सक्छौं,’ उनले भनिन् । 
 
विश्व च्याम्पियन बन्ने लक्ष्य 
 
कोर्स रेकर्डसहित मोन्ट ब्लन्क ८० किमि जितेपछि उनी सकाइरनर वर्ल्ड सिरिजको दोस्रो स्थानमा पुगेकी छन् । उनीभन्दा अगाडि छिन्, स्विडेनकी एमिली फोर्सबर्ग । एमिली ९३ सय० र मीरा ९२ सय ८८० दोस्रो वरीयतामा छन् । लगातार तीन वर्षयता विश्व च्याम्पियन भएकी एमिली १७ साउनमा नर्वेमा भएको वर्ल्ड सिरिजकै ट्रोम्सो स्काइरेसमा पहिलो र मीरा दोस्रो भएका थिए । महादेशीय ५ र वर्ल्ड सिरिजका ५ गरी १० रेसको नतिजाको आधारमा सर्वाधिक अंक जोड्ने विश्व च्याम्पियन हुने गर्छन् । वर्ल्ड सिरिजको अन्तिम रेस ‘अल्ट्र पिरिनेट ११० किमि’ स्पेनमा २ असोजमा हुनेछ । त्यसैमा २० प्रतिशत बोनस अंक पनि पाउने भएकाले पहिलो हुन सके मीरा विश्व च्याम्पियन बन्नेछिन् । तर, उनलाई कोर्स र प्रतिद्वन्द्वी सजिला भने छैनन् । 
 
ुगाह्रो छ तर विश्व च्याम्पियन बन्ने लक्ष्य छ र त्यसका लागि मिहिनेत गरिरहेकी छु,’ उनले भनिन् । काठमाडौंमा रहँदा जामरचोक, मुर्कु, छत्रेदेउराली, धादिङ र नुवाकोटमाथिका डाँडाहरूमा दौड्ने उनी स्पेनबाट फर्केपछि एभरेस्ट म्याराथन जित्ने योजनामा छिन् । प्रायस् ४७–४८ केजीमा रहने ५ फिट ३ इन्चकी यी खिरिली युवतीमाथि वृत्तचित्र पनि बनेको छ । ओलम्पिक स्पर्धाको म्याराथन ९४२।१९५ किमि० मा सडकमा दौड्ने सोच नभएको उनी बताउँछिन् । ‘उकालो ओरालोमा सानैदेखि जम्प गर्दै दौड्ने भएकाले अल्ट्रामै पर्फेक्ट छु । सडकमा दौड्दा शरीरलाई सन्तुलनमा राख्न सक्दिनँ । त्यसैले मेरो बाटो रोड होइन ।’ 
 
हिमालयन आउटडोरमा सहभागी हुँदा उनलाई अल्ट्रा रेस के हो भन्ने पनि थाहा थिएन । मुस्ताङमा दौडेपछि अल्ट्रा भनेको यही हो भन्ने थाहा भयो,’ १७ महिने अल्ट्रा यात्राबारे उनले भनिन् । उनी कमब्याटमा करिअर बनाउन असफल भइन् । उनी होमिएको युद्धको मोर्चा राजनीतिक सफलताबाट पनि टाढै छ । यसर्थ उनी उनको सफलता दौडमै हो ।
 
अल्ट्रा रेसमा मीरा राई
२३ मार्च, २०१४–हिमालयन आउटडोर ५० किमि        –प्रथम
२१ अप्रिल, २०१४           – मुस्ताङ ट्रेल रेस            –प्रथम
१३ सेप्टेम्बर, २०१४ इटाली          –  सेलारोन्डा ट्रेल रेस ५७ किमि    –प्रथम
२८ सेप्टेम्बर, २०१४ इटाली           – ट्रेल डेगली इरोई ८३ किमि            –प्रथम
२६ अक्टोबर, २०१४ हङकङ       –     एमएसआईजी एचके ५० किमि   –     प्रथम
८ अक्टोबर, २०१४        –    मनास्लु ट्रेल रेस        –    प्रथम
२८ नोभेम्बर, २०१४ हङकङ        –    केओटिएच           –      दोस्रो
५ डिसेम्बर, २०१४ हङकङ         –   एचके एमएसआईजी भर्टिकल किलोमिटर   –     प्रथम
७ डिसेम्बर, २०१४ हङकङ         –   एमएसआईजी लान्ताउ एचके सिरिज ५० किमि   – दोस्रो
३ जनवरी, २०१५        –    दि नर्थ फेस काठमान्डु अल्ट्रा ५० किमि   –     प्रथम
१ फेब्रुअरी २०१५ हङकङ        –    किङ अफ दि हिल्स    –        प्रथम
७ फेब्रुअरी २०१५ हङकङ      –      एसिया स्काइरनिङ च्याम्पियनसिप ५० किमि –  प्रथम
२१ मार्च, २०१५            हिमालयन आउटडोर ५० किमि        प्रथम
१२ अप्रिल २०१५ अस्ट्रेलिया           – बफेलो स्ट्याम्पेड स्काइरनिङ ४२ किमि     –   तेस्रो
२६ अप्रिल २०१५ फ्रान्स       –     मोन्ट ब्लान्क ८० किमि       –     प्रथम
४ जुलाई २०१५ इटाली          –  बर्रो स्काई नाइट १८ किमि         –    प्रथम
१९ जुलाई २०१५ इटाली         –   डोलोमिटेस स्काइरेस २२ किमि   –     १३ औं
२ अगस्त २०१५ नर्वे       –     ट्रोम्सो स्काइरेस ४५ किमि       –     दोस्रो
 
 
भोट हाल्नको लागि यहाँ जानुस् 
 http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/2017/mira-rai-nepal-trail-runner/



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics