सगरमाथा क्षेत्रको पर्यटक बढे मंगलवार, २०७३ कार्तिक २३ गते १२:०१

सोलुखुम्बु, कातिक २३ गते । सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो । अंग्रेजी महिना अक्टोबरको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ३ हजार ८९० जनाले बृद्धि भएको हो । यो संख्या गत वर्षको अक्टोभर महिनाभर आएको पर्यकटकको संख्याको दोब्बर भन्दा पनि बढि हो । 
सन् २०१५ को अक्टोबर महिनामा २ हजार २५२ जना पर्यटकले मात्र सगरमाथा क्षेत्र प्रवेश गरेकोमा यस वर्षको अक्टोबर महिनामा ६ हजार ४४२ जना पर्यटकले सगरमाथाको प्रवेशद्धार नाम्चे हुदै खुम्बु क्षेत्र प्रवेश गरेको ईलाका प्रहरी कार्यालय नाम्चे जनाएको छ । अहिले पर्यटकको लागि मुख्य सिजन भएकोले पर्यटकहरुको आगमन गत वर्षको तुलनामा धेरै राम्रो भएकोले पर्यटक प्रहरीलाई भ्याईनभ्याई भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । 
यस वर्षको पर्यटकको संख्यामा आएको सुधारले गत वर्षको नोक्सान असुल्ने भन्दै व्यवशायीहरु खुशी भएका हुन् । गत वर्ष पर्यटक न्यसन हुदा भाडा व्यवशाय गरेका व्यवशायीलाई भाडा तिर्न नसक्दा समस्या भएको थियो । दिङबोचेका व्यवशायी पृथु राई भन्नुहुन्छ‘गत वर्ष ऋण काढेर घरभाडा तिरियो, यसवर्ष राम्रो छ ।’
गत वर्ष भुकम्प, नाकाबन्दी जस्ता विभिन्न कारणले पर्यटकीय सिजनमा खुम्बुमा पर्यटकको आगमन नहुदा व्यवशायीलाई मार परेको भएपनि यसवर्षको पर्यटकको संख्याले व्यवशायीहरु खुशी भएका छन् । नाम्चेका होटल व्यवशायी लामाकाजी शेर्पाका अनुसार पर्यटकको संख्या थप बृद्धि गर्नको लागि सबै लाग्नु पर्न आवश्यक रहेको छ । पर्यटकको संख्या प्रत्येक वर्ष कहिले बढ्ने कहिले घट्ने जस्ता समस्याले व्यवशायीलाई मार परेको हुदा सम्बन्धित निकायले चासो दिन सकेमा पर्यटक बढ्ने उहाको भनाई छ ।‘लुक्ला विमान स्थल सानो भएकोले यसको विस्तार गर्न सकेमा तथा सुर्केसम्म सडक यातायात तत्काल विस्तार गर्न सकेमा अहिलेको संख्याको तेब्बर बनाउन सकिन्छ ।’
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: Tourism / पर्यटन
1.   २५ प्रतिशतले पर्यटक बढ्यो
2.   सगरमाथाको अवलोकन अब राजधानीबाटै
3.   खुम्बु सुनसान बन्दै
4.   बाटो मर्मतको काम सम्पन्न
5.   सगरमाथा क्षेत्रको पर्यटक बढे
6.   ८ हजार मिटर अग्ला हिमाल १४ पुगे
7.   तीनदिन पछि ९२ पर्यटक गन्तव्य
8.   नाम्चेमा फुटसल प्रतियोगिता हुने
9.   सगरमाथाको फोहोर ताराले ढुवानी गर्ने
10.   विपद पर्यटन पत्रकारिता तालिम सम्पन्न
11.   सोमबारदेखि खुम्बु सफाई अभियान
12.   ४ टन दिसा पिसाव
13.   आरोहीले आफैले फोहोर ल्याए
14.   फोहोरलाई पुर्नःप्रयोगमा ल्याईने
15.   सुनसान आधार शिविर
16.   सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा
17.   माने रङ्गरोगन
18.   यस वर्षको सगरमाथा आरोहण
19.   सगरमाथामा वेपत्ता भएका भारतीय पर्वतारोहीको खोजीका लागि भारतीय टोली आउने
20.   खुम्बुमा पर्यटक घट्दा पर्यटन व्यशायी मारमा
21.   पर्यटन सिजन सुरु: मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ
22.   सगरमाथा आरोहणको सम्भावना बढ्यो
23.   विमान अवरुद्ध हुदा पर्यटक मारमा
24.   भारतीय सेनाले सगरमाथा र लोत्सेको आरोहण गर्ने
25.   पर्यटनको प्रर्वदनका लागि प्रतियोगितात्मक घोडा दौड
Results 298: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics