वैदेशिक रोजगारीबाट घट्दो आत्मनिर्भरता शुक्रवार, २०७३ कार्तिक १९ गते १९:४२

युवराज अधिकारी - वैदेशिक रोजगारीमा निर्भर देशहरूको आत्मनिर्भरता घट्दै गएको एक सर्वेक्षणले देखाएको छ ।  आफ्ना देशका नागरिक विश्वका विभिन्न देशमा रोजगारीका लागि जाने र उनीहरूले पठाएको विप्रेषणबाट धानिएको अर्थतन्त्र धरापमा पर्दै गएको छ भने परनिर्भरता बढ्दै गएको छ । नेपालमा पनि नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गर्नुको साटो वैदेशिक रोजगारीलाई नै रोजगारीको वैकल्पिक बाटोका रूपमा अपनाइएको अवस्था छ ।  विकसित देशहरूले आफ्नै देशका नागरिकलाई रोजगारी उपलब्ध गराउन नसकिरहेको अवस्थामा विदेशी कामदारलाई रोजगारी उपलब्ध गराउन कठिन हुनु स्वाभाविक छ ।  
 
सन् १९४४ फिलाडेल्फियामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले ‘श्रम कुनै वस्तु होइन’ भन्ने घोषणा गरेको थियो ।  वास्तवमा श्रम कुनै साधन होइन, यो त मानव जीवनको साध्य मात्र हो ।  श्रमको कुनै निश्चित मूल्य छैन भने श्रमको साधनाविना साधनको उपयोग गर्न पनि गाह्रो पर्छ ।  जीवनलाई आर्थिक लाभका लागि मर्यादित र सिर्जनशील भएर दैनिक जीविकोपार्जनका लागि मानिसले श्रमलाई आधार बनाउने मात्र हो तर आधुनिक युगमा श्रमको ठूलो महŒव रहेको छ ।  श्रमले नै हामीले आरामदायी जीवनयापन गरिरहेका छौँ भने देशको आर्थिक उन्नतिमा योगदान गरिरहेका छौँ ।  आन्तरिक श्रम र बाह्य श्रमबाट आफ्नो अनि आफन्तका लागि पनि विलासिता बढाउँदै गएका छौँ ।  हाम्रो श्रम आफ्नै मुलुकमा सरकारले उपयोग गर्न नसकेपछि बाह्य देशमा गएर श्रम लिलाम गरिरहेका छौँ ।  विप्रेषणको अनुपातको स्तर हेरेर गर्व गरिरहेका छौँ र रोजगारी सिर्जनाको कल्पना नगरी स्वप्नवाटिकामा परनिर्भरताको अमृतपान गरिरहेका छौँ ।  
 
समय सधैँ एकै हुँदैन र आफूसँग भएको साधन पुरानो भएपछि त्याग्नुपर्छ भन्ने चलन भएर पनि आयातीत चमकदार वस्तुमा जीवन व्यतित गरिरहेका छौँ ।  जनसङ्ख्याको वृद्धिसँगै संसारमा सधैँ एकै प्रकारको रोजगारी प्राप्त हुँदैन भन्ने थाहा पाउँदा पनि श्रमिक मात्र उत्पादन गर्ने गरिब राष्ट्रले आफ्ना नागरिकविना काम स्वदेश फर्कँदा के गर्ने भन्ने दीर्घकालीन योजना बनाउन नसकिरहेको अवस्था छ ।  कतारले अधिकतम विकास २०२० लक्ष्यका साथ काम गरिरहेको छ, मलेसियाले नेपाली श्रमिक कटौती गर्दै अन्य देशमा कोटा बढाउँदै गएको छ भने साउदी अरेबियाले तेलको मूल्यमा आएको गिरावट र अर्थतन्त्रमा परेको असरले गर्दा कामदार कटौती सुरु गरिसकेको छ ।  अमेरिका, जापानलगायतका विकसित देशले आफ्ना नागरिकलाई रोजगारीको पहिलो प्राथमिकतामा राखिसकेको छ ।  अधिकतम विकास लक्ष्य निर्धारणसहित काम हुने देशमा त्यो निर्धारण बिन्दुपछि कामदार कटौती हुनु कुनै नौलो कुरो होइन तर अन्तिम बिन्दुसम्म पुग्नुभन्दा अगावै हामीले ध्यान पु¥याउनुपर्ने थियो ।  
 
विश्व बैङ्क, अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षण अनुसार नेपालजस्ता गरिब देशमा मात्र नभई विकसित मुलुकमा समेत बेरोजगारको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।  पपुलेसन रिफ्रेन्स ब्युरोले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०१६ सम्ममा विश्वमा २० करोडभन्दा बढी जनसङ्ख्या कामविहीन भइसकेको अवस्था छ ।  नेपालमा अवसरको कमी, रोजगारीको अनिश्चितता, भविष्यको अन्योल र विलाशिताप्रतिको आकर्षणले गर्दा अन्तर्राष्ट्रिय श्रमका लागि उत्प्रेरित भएको अवस्थामा नेपाली युवाले आफूलाई अन्तर्राष्ट्रिय श्रमिकको रूपमा परिचित गराइसकेका छन् ।  यसैले गर्दा नेपाल एक श्रमिक उत्पादन गर्ने राष्ट्रका रूपमा परिचित भएको छ ।  
 
२०५१÷०५२ सालपछि सरकारले व्यवस्थित रूपमा कामदार वैदेशिक रोजगारीमा पठाउन दीर्घकालीन नीति अवलम्बन गरेको भए आज यो अवस्था आउने थिएन ।  पौने तीन करोड जनसङ्ख्या भएको देशमा लगभग एक हजार वटा म्यानपावर संस्था दर्ता गराउनुभन्दा सरकारी तवरबाट नै व्यवसाय चलाएको भए आज यो अवस्था आउने थिएन ।  अवैध रूपमा कामदार विदेश पठाई मोटो रकम असुल्न पाउनुपर्ने माग हामी नै राख्छौँ ।  समय समयमा परिवर्तन हुने सरकारसँग बार्गेनिङ गरी निःशुल्क प्राप्त कामदार कोटा रकम बढाबढमा बिक्री गर्छौं ।  आलुको बोराभित्र रहेको बिग्रेको आलुले सम्पूर्ण आलु बिगारेजस्तै केही व्यक्तिको अनुचित धन्दाले सिङ्गो व्यवसायलाई हामी नै बदनाम गराइरहेका छौँ ।  आजसम्म भारतबाहेक लगभग ५० लाख नेपालीले अन्तर्राष्ट्रिय श्रमबजारमा श्रम बेचिसकेका छन् ।  उनीहरूले काम गरेबापत प्राप्त पारिश्रमिक नेपाल पठाए बापत नेपाल धेरै विप्रेषण भिœयाउने पाँच मुलुकभित्र परेर विश्वमा चर्चित पनि भएको थियो तर नेपालले यो साख गुमाउँदै गएको अवस्था छ ।  नेपाली कामको खोजीमा विदेशिने क्रम गत वर्षको भन्दा यस वर्ष १८ प्रतिशतले कमी भएको छ भने विप्रेषणको सुधार बिन्दुलाई पनि खुम्चाएको छ ।  
 
अन्य देशबाट दक्ष कामदार पाउने र नेपाली कामदार अदक्ष, भाषाको ज्ञान नहुने हुँदा काममा लगाउन अप्ठ्यारो परेको बहानामा पनि विभिन्न देशबाट कामदारको मागमा कमी आएको हो र सोही अनुसार नेपालीको विदेशिने सङ्ख्या पनि ओह«ारो बिन्दुमा लागेको पक्का हो ।  वैदेशिक रोजगारी गुम्दै गरेको अवसरबाट समयमा नै पाठ सिक्न सकेनौँ भने भोलि कतार, साउदी अरेबिया लगायतका देशले पनि नेपाली अदक्ष कामदार लिँदैनौँ भन्ने अवस्थामा नेपालले के गर्ला हेर्न बाँकी नै छ ।  कामदारको विदेशिने क्रमभङ्गसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो धक्का पुग्नेछ ।  विप्रेषणबाट धानिएको यो मुलुकको अर्थतन्त्र तहसनहस नहोला भन्न सकिन्न ।  त्यसैले हामीले आजैबाट रोजगारी तथा आर्थिक उन्नतिको लागि परिनिर्भरता होइन आत्मनिर्भरतातर्फ अगाडि बढ्नु नै उचित हुनेछ ।  
 
विदेशमा बसेका ठूलो सङ्ख्यामा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट चलेको नेपालको अर्थतन्त्रमा उनीहरूको सुरक्षामा सरकारका साथै सम्बन्धित देशका सरकार प्रमुखसँग पहल नगर्ने हो भने यसबाट नेपालले दीर्घकालीन समस्या भोग्न सक्छ ।  उचित समयमा हामीले देशको अर्थतन्त्र चौपट हुनबाट रोक्न दीर्घकालीन रूपमा रोजगारीको विकल्प खोज्नैपर्छ ।  २०५१ सालदेखि सरकारले उठाउँदै आएको बेरोजगारी समस्याको उचित समाधान, नेपालीले अनाहकमा अरुको मुलुकमा ज्यान नगुमाउने वातावरण, पराधीन अर्थतन्त्रको अन्त्य र परनिर्भरतामा आश्रित राजनीतिको अन्त्य हुनैपर्छ । 
गोरखापत्र



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार
1.   वैदेशिक रोजगारीबाट घट्दो आत्मनिर्भरता
2.   सोलुखुम्बुमा चार गा.वि.सको महाकुलुङ गाँउपालिका उचित
3.   नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र
4.   'मतान' आदिवासी जननाति सर्वोकृष्ट राष्टिय चलचित्र नै हो ।
5.   मस्यौदा संविधानमा नसच्याई नहुने दोषहरू
6.   थप आदिवासी जनजातिहरु सुचिकरण नहुने कारणहरु
7.   बुद्धचित्त माला अब डकुमेन्ट्रीमा समेटिंदै
8.   नेपालमा बौद्ध धर्मको इतिहास गौतम बुद्धभन्दा धेरै अगाडिदेखि प्रचलनमा
9.   महाभूकम्प आएको दिन सगरमाथा बेस क्याम्पमा.......
10.   बुद्धको विचार र लुम्बिनीको विकास
11.   सूचनाको हक कार्यान्वयनमा सरकारी ईच्छाशक्तिको खाँचो
12.   लापरबाहीमा त्रिवि र विद्यार्थी उत्तिकै जिम्मेवार
13.   अभाव र अप्ठेरो परिस्थितिका बीच संघर्ष गर्दै अगाडि बढ्यौं
14.   प्रचण्डका परिवारको दवावले ल्ह्यारक्याल सभासद्
15.   बन्दूक साटेर क्रान्तिकारी बिहे
16.   जनता प्रति नेता कति जिम्मेवार
17.   त्रिभुवन विश्वविद्यालयका अधिकांश आंगिक क्याम्पस सुनसान
18.   चिनियाँका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य
19.   सेभेन समिट्स वुमेन्स टिम
20.   'हुस्' ! विमला : समय सन्दर्भ
21.   शोकाकुल सगरमाथा
22.   सगरमाथा आरोहणको क्रममा ज्यान घुमेका शेर्पाहरुको परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनु पर्दछ
23.   चालिश हजार रकम भरसक नलिनु होला सम्बन्धित शोकाकुलपरिवारहरुले,
24.   भौतिक संरचनामा लगानी र स्थानीय अवरोधको लहर
25.   मूलबासी आदिबासी जनजाति होईन, को हुन आदिबासी जनजाति ?
Results 86: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics