अनलाइन सपिंगमा सावधान, क्रेडिट कार्डको डाटा चोरि हुनसक्छ शुक्रवार, २०७३ कार्तिक १९ गते १८:१०

यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । किनकी वेबको दुनियामा तपाइँले गरिरहेको किनमेलमाथि ह्याकरहरुको आँखा लागेको हुनसक्छ ।
 
र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ ।
एक शोधबाट यो पत्ता लागेको छ की अनलाइन शपिंग गराउने झण्डै ६ हजार वेबसाइटले ग्राहकको क्रेडिट कार्डको जानकारीहरु चोरी गरी त्यसको गलत प्रयोग गर्ने गरेका छन् ।
 
डच डेभलपर विलियम डी ग्रूटका अनुसार प्रयोगकर्ताको क्रेडिट कार्डको कोड नम्बर साइबर अपराधीद्धारा विभिन्न वेबसाइटहरुमा प्रकाशित समेत गर्ने गरिएको छ ।
 
उनका अनुसार झण्डै ५ हजार ९२५ वटा यस्ता वेबसाइट पत्ता लागेका छन् जसले प्रयोगकर्ताका डाटा चोरी गर्दछन् ।
डी ग्रूट डच इ कमर्श साइट बाइट डट एनएलका सहसस्थापक समेत हुन् । उनले ब्लगस्पटमा भनेका छन् की ह्याकरहरुले सबैभन्दा बढि प्रयोग गरिने अनलाइन सपिंग साइटलाई आफ्नो निशाना बनाउने गर्दछन् ।
 
ज्ब ह्याकरहरुले ती वेबसाइटहरुमा आफ्ना मार्ग बनाउँदछन् तब उनीहरुले ती साइटबाट प्रयोगकर्ताको क्रेडिट कार्ड तथा कारोबार सम्बन्धी विभिन्न जानकारी चोरी गर्दछन् ।
 
त्यसरी चोरी गरिएका क्रेडिट कार्डका डाटा प्रतिकार्ड ३० डलरको हिसाबले वेब मार्केटमा बेचिदिन्छन् ।
 
शोका क्रममा उनले चोरी गरिएका फरक फरक ९ प्रकारका कोड पत्ता लगाएका छन् । जसमा फरक फरक ह्याकर समूह संलग्न रहेका छन् ।
 
ग्रूटका अनुसार डाटा चोरीको चंगूलमा कार निर्माता कम्पनी, फेसन कम्पनी तथा सरकारी वेबसाइटहरु समेत पर्ने गरेका छन् ।
 
अनलाइन सपिंगका कारण सिर्जना हुने ह्याकिंग तथा डाटा चोरी जस्ता समस्या आउन नदिनका लागि आधिकारिक तथा विश्वसनीय साइटबाट मात्र सपिंग तथा भुक्तानी गर्नुपर्ने सुझाव उनको छ । साथै त्यस्ता साइटहरुलाई आफ्ना संवेदनशील सूचनाहरु दिनुअघि त्यसको प्रयोजन तथा परिणामको बारेमा सोँचविचार गर्नु अत्यावश्यक हुन्छ ।अनलाइृनखबर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सूचना/प्रविधि
1.   अनलाइन सपिंगमा सावधान, क्रेडिट कार्डको डाटा चोरि हुनसक्छ
2.   विदेशबाटै नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने नयाँ एप
3.   क्यानडामा नेपालको बागमती सफाइदेखि ग्रामीण पर्यटनसम्मको चर्चा
4.   बिद्यालयमा इन्टरनेट जोड्ने हो ? त्यसो भए पठाउनुहोस् ‘आशय पत्र’
5.   आफ्नै फोटोमा आफुलाई ट्याग गर्दा जेल जानुपर्यो
6.   एनसेल एपको प्रयोग गरी लाखौं रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ
7.   फेसबुके प्रेम: दुई युवक पक्राउ
8.   शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवा सुधार गर्न निर्देशन
9.   ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको क्यामेराम्यान पक्राउ
10.   मोरङका विद्यार्थीले निर्माण गरे आलु रोप्ने यन्त्र
11.   टाक्सिन्दु र जुभिङ गा.वि.स. मा वाईफाई सेवा सञ्चालन हुने
12.   ट्विटरले मेसेज सेवामा १४० क्यारेक्टरको सीमा हटायो
13.   गुगल विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै
14.   एप्पलका संस्थापक दुनियाकै अभागी मान्छे
15.   युट्युवमा अब पैसा तिरेर भिडियो हेर्नुपर्ने रणनीति
16.   एप्पलका मालिकले सारा सम्पत्ति परोपकारमा खर्चिने
17.   नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार
18.   होसियार ! हराउँदै त छैनन् तपाइँका डाटा ? इन्टरनेटका पिताको चिन्ता र सुझाव
19.   दिनमा सात घण्टासम्म मोबाइल चलाउँछन् जापानी युवती
20.   माइक्रोम्याक्सका नयाँ मोबाइल
21.   म्याग्दी वाइफाई जिल्ला बन्दै
22.   ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव
23.   साझा बसमा वाईफाई
24.   ३६० डिग्री तस्विर खिच्ने क्यामेरा
25.   क्यान इन्फोटेकको तयारी
Results 161: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics