विदेशबाटै नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने नयाँ एप सोमवार, २०७३ आश्विन ०३ गते २३:४२

वाशिडटन डिसी । विदेशबाट पनि नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको नयाँ एप सार्वजनिक भएको छ ।

अब बिदेशमा बस्ने तपाईका आफ्ना मान्छेहरुले एक नयाँ एपको प्रयोग गरेर तपाइको मोबाइलमा उतैबाट सोझै रिचार्ज पैसा हालिदिन सक्ने छन् ।

यस्तो  एप बनाउने काम अमेरिकाको भर्जिनियामा बस्ने दुई नेपाली विद्यार्थीहरुले गरेका हुन । राजीव श्रेष्ठ र गोपाल सापकोटा हाल डिसी क्षेत्रमा रहेको अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययन गरिरहेका विद्यार्थी हुन ।

उनीहरुले हालै रिलिज गरेको एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिन्छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोटबाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यो एपको प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने कुरामा आफूहरु विश्वस्त रहेको कुरा राजीव बताउछन् ।

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयासपछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जीनियर्स (स्नेयी)का संयोजक गोपी उप्रेतीले हाल अमेरिकामा सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या धेरै नै रहेकोले उनीहरुलाई आफ्नो पेशागत सफलतामा लाग्न र यस पेशाको माध्यमबाट नेपाललाई प्रत्यक्ष सहयोग पुर्याउने उद्धेश्यले संस्था गठन गर्नुको साथै यस्तो अन्तक्र्रिया गरिएको बताए ।

अमेरिकाको राजधानी क्षेत्रमा रहेका करीब दुई सय जना नेपाली अमेरिकनहरुको सहभागिता रहेको यस नयां संस्थाको विधान लगायत थप जानकारी आनन्द पौडेलले गराएका थिए  भने अन्तरक्रियामा मेदिनी अधिकारी, कमल भुसाल, दधी ढुंगाना, नारायण पौडेल, गुणराज लुइटेल लगायतले आफना अनुभव सुनाएका थिए ।

संघले चांडै नै समाजको औपचारिक निर्वाचन गर्ने, संस्थाको पुनर्गठन गर्ने, सूचना प्रविधिको क्षेत्रमा नेपालीहरुलाई प्रवेश गराउन सहयोग गर्ने, आवधिक तालीमहरु संचालन गर्ने र नेपालको सूचना प्रविधिको क्षेत्रमा साझेदारी गरेर काम गर्ने प्रतिबद्धा पनि जनाएको ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सूचना/प्रविधि
1.   अनलाइन सपिंगमा सावधान, क्रेडिट कार्डको डाटा चोरि हुनसक्छ
2.   विदेशबाटै नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने नयाँ एप
3.   क्यानडामा नेपालको बागमती सफाइदेखि ग्रामीण पर्यटनसम्मको चर्चा
4.   बिद्यालयमा इन्टरनेट जोड्ने हो ? त्यसो भए पठाउनुहोस् ‘आशय पत्र’
5.   आफ्नै फोटोमा आफुलाई ट्याग गर्दा जेल जानुपर्यो
6.   एनसेल एपको प्रयोग गरी लाखौं रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ
7.   फेसबुके प्रेम: दुई युवक पक्राउ
8.   शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवा सुधार गर्न निर्देशन
9.   ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको क्यामेराम्यान पक्राउ
10.   मोरङका विद्यार्थीले निर्माण गरे आलु रोप्ने यन्त्र
11.   टाक्सिन्दु र जुभिङ गा.वि.स. मा वाईफाई सेवा सञ्चालन हुने
12.   ट्विटरले मेसेज सेवामा १४० क्यारेक्टरको सीमा हटायो
13.   गुगल विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै
14.   एप्पलका संस्थापक दुनियाकै अभागी मान्छे
15.   युट्युवमा अब पैसा तिरेर भिडियो हेर्नुपर्ने रणनीति
16.   एप्पलका मालिकले सारा सम्पत्ति परोपकारमा खर्चिने
17.   नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार
18.   होसियार ! हराउँदै त छैनन् तपाइँका डाटा ? इन्टरनेटका पिताको चिन्ता र सुझाव
19.   दिनमा सात घण्टासम्म मोबाइल चलाउँछन् जापानी युवती
20.   माइक्रोम्याक्सका नयाँ मोबाइल
21.   म्याग्दी वाइफाई जिल्ला बन्दै
22.   ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव
23.   साझा बसमा वाईफाई
24.   ३६० डिग्री तस्विर खिच्ने क्यामेरा
25.   क्यान इन्फोटेकको तयारी
Results 161: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics