साउदी अरबमा चार नेपालीलाई कुटपिट शुक्रवार, २०७३ भाद्र १७ गते २३:३१

भदौ १७ काठ्माण्डौं - तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।
 
साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।
 
मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
 
पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।
 
‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद,  जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।
 
तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्‍यो केही पत्ता लगाएन ।
 
मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।
 
मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।
 
त्यसपछि हाम्रो लाइसेन्स, अकामा ९परिचयपत्र०, मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।
 
हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।
 
ईकान्तिपुर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   साउदी अरबमा चार नेपालीलाई कुटपिट
2.   बेलायतमा उभौली पूजा सम्पन्न
3.   महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति वेलायतमा शोक धारण
4.   नेपाली किशोरीमाथि दुई वर्षदेखि भारतमा यौन शोषण, ११३ जनाविरुद्ध मुद्दा दायर
5.   ‘वीर विक्रम’ को छैटौ प्रिमियर सो सम्पन्न
6.   मलेसियामा रेलको ठक्करबाट एक नेपालीको मृत्यु
7.   जापानमा नेपालीहरुको संख्या ह्वात्तै बढ्यो
8.   एनआरएन बेलायतले नेपालीहरुको लागि आर्थिक सहयोग संकलन गर्ने
9.   सोलिडारिटी अमेरिकाद्धारा नयाँ प्रोजेक्ट घोषणा, सहयोगका लागि सबैलाई अपिल
10.   सोलिडारिटी इन्टरनेशनल युएईको बैठक सम्पन्न
11.   बेलायतमा कालरात्रि भव्य रुपमा सम्पन्न
12.   सोलिडारिटी इन्टरनेशनल युएईको च्याप्टर गठन
13.   मलेसियामा अवैध गर्भपतनको अभियोगको मुद्दा खेपेकी निर्मला थापा निर्दोष सावित
14.   प्रवासि अमेरीका जुभिङका अगुवाहरुले ज्युव्युस एलायन्सलाई कम्प्युटर र प्रिन्टर्स सहयोग
15.   साउदी अरब गएका २४ जना नेपाली जिद्दामा अलपत्र
16.   ‘लौ न सर, एकजना नेपालीको ज्यान जान लाग्यो, केहि गर्नु पर्‍यो’........
17.   एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित
18.   कुबेतमा पक्राउ परेका सञ्जबहादुर तामाङ निर्दोष साबित
19.   इराकमा नेपाली युवतीको जलेर मृत्यु
20.   नेपाली विद्यार्थी एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट
21.   नेपाली युवतीको बयान, कुवेत अदालत र उपस्थित ब्यक्तिहरु स्तब्ध
22.   कुबेतमा जनजाती दिवस, हक अधिकार सुनिश्चित गर्न खबरदारी
23.   शेर्पा संघ जापानको आयोजनामा नेपालीवीच परियच कार्यक्रम
24.   इटलीमा पर्यटन मन्त्री शेर्पा नेपालीहरुसँग भेटघाट, भूकम्पपछिको नेपालको पर्यटनबारे छलफल
25.   यूएईमा बसोबास गर्दै आएका नेपालीहरुको संविधानसभालाई सुझाव
Results 313: You are at page 1 of 13
1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics