‘बीस वर्षको उमेरमा बीस हजारबाट व्यवसाय सुरु गरेँ’ बुधवार, २०७३ भाद्र ०१ गते १३:३२

युवा व्यवसायी मुनिन्द्र बस्नेत व्यावसायिक क्षेत्रमा उदयीमान नाम हो सोलुखुम्बु स्थायी घर भएका बस्नेत हाल काठमाडौँ कलंकीमा बसोबास गर्छन् किशोरावस्थादेखि नै केही गर्नुपर्छ भन्ने उद्देश्य साथ व्यावसाय क्षेत्रमा लागि परेका उनी हाल आधा दर्जन व्यावसायिक प्रतिष्ठानका सञ्चालकका रुपमा रहेका छन् वर्तमान व्यवसायको अवस्था उनको संघर्षका बारेमा गरिएको कुराकानीको सम्पादित अंश

व्यावसायिक क्षेत्रमा आउने उत्प्रेरणाको स्रोत केलाई मान्नु हुन्छ ?
मुलुकमा बढ्दो बेरोजगारी र हाम्रो वरपर जागिरमात्र खानुपर्छ भन्ने मनसायको समाजमा केही भिन्न काम गरेर देखाउँ भन्ने लागि रहन्थ्यो । आफूले सानै व्यवसाय गरेपनि केहीले भएपनि काम पाउँथे भन्ने लाग्थ्यो । हाम्रो समाजमा अहिले पनि जागिर नै खानुपर्छ । लाहुर नै लाग्नु पर्छ भन्ने सोच हटेर गएको छैन । यही सोचभन्दा माथि उठ्नु पर्छ भन्ने मलाई लागिरहन्थ्यो । यही सोच र विचार पनि मेरो उत्प्रेरक बन्यो कि भन्ने लाग्छ । फेरि, म बिजनेसको स्टुडेन्ट भएकाले पनि यो विचार प्रबल बनेर आयो ।

व्यवसायका सुरुका दिन कस्तो थिए ?
व्यवसायका सुरुका दिन एकदमै चुनौतीपूर्ण थिए । मैले व्यापार सुरु गर्दा २० हजारबाट सुरु गरेको थिएँ । यो ०५८ सालतिरको कुरा हो । उमेर २० वर्षको थिएँ । भर्खरै प्लसटु सकेको थिएँ । उमेर पनि आलोकाँचो, थप पढ्नुपर्छ भन्ने पारिवारिक दबाव थियो ।

व्यापारिक पारिवारिक पृष्ठभूमिको नभएकाले पनि झनै संघर्ष गर्नुपर्यो । बुबा समाजसेवी भएको हुँदा सामाजिक कार्यमा लाग्नु पर्ने कि चाहिँ जागिर खानुपर्ने विचारको हुनुहुन्थ्यो । सुरुका दिनमा केही व्यापार गर्छु भन्दा परिवारबाट प्रोत्साह थिएन । तर, सानै कामबाट सुरु गरियो । काम विस्तारै सुरु भयो, पछिल्ला दिनहरुमा पारिवारि सपोर्ट राम्रो छ ।

आफ्नो व्यवसायिक संघर्षका बारेमा यसो भन्छन्, मुनिन्द्रः

प्लस टु पढेर सकियो । अनि रिजल्ट आउन बाँकी । त्यसबीचमा केही गर्न पर्छ भन्ने लागिराथ्यो । घरबाट चाहिँ सेकेन्ड लेफ्टिनेन्टमा भिड्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो । दाइ पनि आर्मी मै हुनु भएकाले मलाई पनि एक किसिमको दबाव नै थियो । प्लस टु पास गरेपछि अफिसर हुन पाउने एउटा बाटो थियो । तर मलाई आर्मीमा त्यस्तो इन्ट्रेस्ट थिएन । पढाइ पनि कमर्सतिर भएको हुँदा व्यवसाय नै गर्न पाए हुन्थ्यो भन्ने जस्तो लाग्याथ्यो ।

त्यही सिलसिलामा एकजना गाउँको दाइसँग भेट भयो । उहाँले साधारण एउटा चिया पसल चलाउनु हुन्थ्यो । त्यही पसलमा एकजना इण्डियन चकलेट व्यापारी आउँदा रहेछन् । उनले कारखाना खोलेर ललिपप चकलेट उत्पादन गर्ने गरेका रहेछन् । ती चिया पसले दाईले केही पैसा भए ती व्यापारीको उत्पादन किनेर बिक्री गर्दा फाइदा हुने कुरा गरे । उनले कुराकानी कै क्रममा भने, ‘यदि मसँग २० हजार रुपैयाँ पैसा हुन्थ्यो भने म यो सामान गाडीमा लिएर जान्थेँ, बाह्रबिसेसम्म लगेर बेचेर आउँथेँ ।’

उनको कुरो सुनेर मैले पैसाको व्यवस्था मिलाउँछु भनेर आस्वासन दिएँ । बुवासँग कुरो गरेँ । त्यो मेरो व्यवसायको प्रस्थान विन्दू थियो । २० हजारबाटै व्यवसाय गर्छ भने त ठूलो कुरो भएन भनेर बुवाले मलाई दिनु भयो । मैले त्यो पैसा लगेर ती चिया पसले दाइलाई दिएँ । तिनले सामान बेचेर आए । मलाई ३–४ हजार रुपैयाँ फाइदा पनि दिए । २० हजार लगानी गरेर ३–४ हजार रुपैयाँ फाइदा हुनु ठूलै कुरा थियो त्यतिबेला । पछि सोही व्यवसायलाई दैनिक आठ–दश ओटा साइकलमा सेल्समेन राखी काठमाडौँका विभिन्न स्थानमा बिक्री गर्न पठाउन थालियो । पछि अन्य विभिन्न कम्पनीका कन्फेक्सनरी सामानहरु समेत त्यसैगरी गाडीमा काठमाडौँ बाहिरी जिल्लामा सेल्स गर्न थालियो ।

फाइदा हुने रैछ भन्ने भएपछि अब चलकलेट बिक्रीमा लगानी मात्र गर्ने होइन उत्पादन नै गरौँ भन्ने भयो । बाफलमा एउटा चकलेट कारखाना आर्थिक अभावले बन्द भएको रहेछ । मैले साझेदारीमा उत्पादन गर्ने कुरा गरेँ । त्यहाँ एकजना खडका जी थिए । उनले पार्टनरसीपमा होइन, तपाईँले लगानी गर्नुभयो भने तपाईँको एउटा ब्राण्ड निकालिदिन्छु भने ।

ब्राण्ड निकाल्ने भन्ने भएपछि सहमती भयो । बस्नेत ट्रेडिङ कम्पनीको नामबाट कम्पनी दर्ता गरियो । चकलेट उत्पादन पनि भयो र बस्नेत ट्रेडिङ कम्पनीका नामबाट डिस्ट्रिव्युसन गर्ने भइयो । त्यो बेला इण्डियाको सोलो नाम गरेको चकलेट चल्थ्यो । हामीले त्यस्तै फ्लेवरको एउटा उत्पादन गर्यौँ जसको नाम सन्चो राख्यौँ । मेन्थल फ्लेवरमा बजारमा सन्चो भन्ने चकलेट आयो । सोलोको तुलनामा व्यापार नभएपनि व्यापार सन्तोषजनक नै थियो । त्यसले पनि व्यवसायमा अघि बढ्न प्रोत्साहन मिल्यो । पछि थानकोटमा उत्पादन हुने एउटा चकलेट कम्पनीको सबै उत्पादन बस्नेत ट्रेडिङले नै मार्केटिङ गर्ने गरी जिम्मा लियौँ ।

मान्छेले हेर्दा सम्पन्न परिवारबाट आएको जस्तो देखिइन्छ । तर मैले जिरोबाट नै सुरु गरेको हो । मेरो घर व्यापारिक कन्सेप्टको थिएन । बस्नेत ट्रेडिङ पछि जग्गाको काम तिर हात हालियो । माओवादी शान्ति प्रक्रियामा आएपछि जग्गाको भाउ रातारात उस्किने भयो । एउटा टिमसँग मिलेर जग्गा प्लटिङ गरिने भइयो । त्यसले व्यवसाय र आर्थिक हैसियत उकास्यो । जग्गामा पनि क्राइसिस आउन थालेपछि त्यो त्यही छाडियो । अब ‘डेली क्याँस’ हुने व्यवसाय गर्नुपर्छ भन्ने भएपछि कलंकीस्थित आफ्नै जग्गामा क्लब ग्यालेक्सी नामक एउटा कम्पनी बनायौँ । त्यो हेल्थ फिटनेश सेन्टर होे । त्यहाँ स्विमिङ पुल, जिम, साउनालगायत रहेको छ । त्यसैमा जोडेर शुभकार्य गर्न गोष्ठी, बिहेभोज गर्न पार्टी प्यालेस पनि निर्माण गरिएको छ ।

सुन्धारामा समेत ग्यालेक्सी पार्टी प्यालेस सुरु गरियो । मेरो दाइ आर्मीमा पाइलट हुनुहुन्छ र हेलिकोप्टर सम्बन्धी विज्ञ पनि भएको हुँदा उहाँले हवाई टेन्डरहरु विट गर्ने हवाइ ढुवानी सम्बन्धी काम गर्ने, रेस्क्यु फ्लाइट, कार्गो फ्लाइट, साइट सिनलगायतका सुविधाहरु दिने गरी कुनै कम्पनी खोलेर प्राइभेट कम्पनीहरुसँग समन्वयमा काम गर्यौँ भने राम्रो हुन्छ भन्ने सल्लाह दिनु भयो । त्यसै अनुसार हामीले एभेरेष्ट हेलिकोप्टर सर्भिसेस भनेर दर्ता गर्यौँ । त्यसले माथि भनिएका सबै सेवा प्रदान गर्न थाल्यो ।

व्यवसायकै सिलसिलामा रामेछापका व्यवसायिक साथीहरुको समूहसँग मिलेर व्यवसायिक खेती गर्ने भइयो । ‘अल्पाइन बायो प्रोडक्सन’ भनेर कम्पनी दर्ता भएको छ । त्यसको सञ्चालक समितिमा बसेर पनि काम गरिँदैछ । रामेछापस्थित ४–५ सय रोपनी जग्गामा चिराइतोको ‘टेष्ट’ भइराछ । त्यहाँ ‘एलमोण्ड’ र चिया खेतीको सम्भावना पनि राम्रो छ भन्ने भएपछि त्यसको पनि तयारी भइरहेको छ । त्यसै गरी सोलुखुम्बुमा सोलुखुम्बु जडिबुटी नामक कम्पनी दर्ता गरेर केही सय रोपनी जग्गा किनेका छौँ र त्यसमध्ये सीम भएको जग्गामा अलैँची र उचाइमा भएको जग्गामा चिराइतो, टिम्मुर र ओखरको व्यावसायिक खेती गरिरहेका छौँ ।

हामीसँगै ए क्लासको ठेकेदारहरु भएको टिम छ । त्यो समूहले हाइड्रो सम्बन्धी काम गरिरहेको छ । ‘प्यासिफिक पावर प्राइभेट लिमिटेड’ भन्ने कम्पनी मार्फत । सोलुखुम्बु र रामेछापको बीचमा लिखु खोलाको टार्गेट बनाएर एक सय किलोवाटको विजुली उत्पादन भइसकेको छ । त्यहाँका छ–सात ओटा गाविसमा प्रत्यक्ष सेवा पुगिरहेको छ । त्यसको सञ्चालक समिति भित्र छु । बत्ती पचास प्रतिशत पनि खपत भएको छैन । हामी लगानी गर्ने काठमाडौँमा अन्धकारमा छौँ । गाउँमा विद्युत खपत हुन सकेको छैन । हाइड्रोमा ३ मेगावाट र १० मेगावाटका अन्य प्रोजेक्टहरु पनि छन् ।

जल, जमिन, जडिबुटीलगायतका क्षेत्रमा सानो स्केलमा भएपनि हात हालिएको छ । मैले गरेका व्यवसायहरुलाई हेर्ने हो भने धेरै फरक किसिमका देखिन्छन् । मैले काठमाडौँमा गरिरहेका व्यवसाय भनेको मनोरञ्जन र सेवामूलक व्यवसाय हो । नेपालको राम्रो सम्भावना चाहिँ व्यवसायिक खेती र पर्यटनसँग जोडिएको क्षेत्र नै हो । हाइड्रोपावरको क्षेत्रमा सामुहिक रुपमा जान सकिन्छ ।

साथीहरुसँग मिलेर एकीकृत जग्गा अधिग्रहण गर्ने र पशुपालनको व्यवसाय गर्ने त्यसमा बाख्रापालन, गाईपालन गर्ने सोच छ । ‘टिम म्यानेजमेन्ट’ हुँदैछ । पढेलेखेका मानिसले बाख्रापालन गर्नै हुँदैन, गोलभेँडा खेती गर्नै हुँदैन भन्ने सोचलाई जरैबाट उखेलेर फ्याँक्न जरुरी छ ।

बुबा आमाले दुईचार बोट खोर्सानी रोप्नु भयो, आफैँ खानलाई मात्र गर्नु भयो । दुई बोट अदुवा रोप्नु भयो, आफैँ उपभोग गर्नु भयो । तर, मैले अकबरे खोर्सानी रोपेँ भने त २०–३० रोपनीमा नै रोप्छु । सकिन्छ हरियोमा बेच्छु, सुकेछ भने सुकाएर बेच्छु । धुलो बनाएर बेचे पनि भयो । यो अवधारणाले अघि बढ्नु पर्छ भन्ने मेरो सोचाइ छ । त्यसका लागि ‘कन्सेप्ट’ चाहियो । ‘टिम वर्क’ चाहियो । घाटा कहाँनेर छ ? भन्नुस् ।

गाउँगाउँमा सडक पुगिसक्यो । जग्गा बाँझै बसेका छन् । हामी जस्ता युवा साथीहरु गाउँ जान पर्यो र त्यहाँका मान्छेलाई सिकाएर थोरै पैसा आफूले लगानी गर्ने, उनीहरुलाई पनि लगानी गर्ने वातावरण तयार गरिदिने भयो भने व्यक्ति स्वरोजगार बन्छ । १५–२० हजार कमाउनका लागि विदेश जानुपर्ने नेपालीको अवस्था होइन । यो ट्रेन र फेसन जस्तो मात्र बनेको छ ।

बीस वर्षको उमेरमा बीस हजारबाट व्यवसाय सुरु गरेँ । ‘स्टार्टिङ फेज’देखि नै व्यावसायिकता मेरो मस्तिष्कमा थियो । प्रगति भनेको मानिसको उमेरसँगै जोडिएको हुन्छ । अरुले ४० वर्षमा गरेको प्रगति मैले ३० वर्षमा गर्न सकेँ भने तुलनात्मक हिसाबले सफल भएको हो कि भन्ने ठान्दछु ।

अन्त्यमा केही ?

नेपालीहरु खासै गरिब छैनन् । गाउँमा भएपनि, पहाड, हिमाल, तराई, बगर जहाँ भएपनि खेतबारी छ । नभए पनि गर्छु भन्दा लिजमा वा साझामा भए पनि पाउने ठाउँ छ । तर, काम गर्नु पर्यो । नेपालीहरु साक्षरता भन्दा माथि उठिसकेका छन् । हातहातमा मोबाइल छ, इन्टरनेट छ । युवाहरु विदेश जान्छन् । फर्के पछि छिमेकीका ठूला घर देख्छन् । त्यस्तै बनाउन पाए हुन्थ्यो भन्छन् । विदेशमा गरेको दुःख बिर्सिन्छन् अनि जहाँ उत्पादन छैन त्यहाँ लगानी गर्दिन्छन् । फुर्ती देखाउन कै लागि पनि महङ्गो मोबाइल किन्ने, आउने बित्तिकै मोटर साइकल चढ्ने, घर बनाउने गर्छन् । उसले जग्गा पनि किन्दैन । जो चाहिँ उसलाई आवश्यक नै छैन, त्यसैमा लगानी गरिदिन्छ ।

घर गाउँका बाँझो जग्गा जमिनलाई भाडामा लिएर भएपनि व्यवस्थित र वैज्ञानिक तरिकाले कृषि व्यवसाय सुरु गर्दा हुन्थ्यो । आफू व्यावसायी हुने, जीवनस्तर उस्कने काममा युवाहरु लाग्नु पर्छ । रातारात पैसा फलेर आउँदैन काम निरन्तर गर्नु पर्छ ।

 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता
1.   ‘बीस वर्षको उमेरमा बीस हजारबाट व्यवसाय सुरु गरेँ’
2.   चित्रकार तथा समाजसेवी बि.बि.खालिङ
3.   एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको........
4.   जहाँ समय दिन सकिन्न त्यहाँ प्रेम फ़स्टाउँदैन (डोल्मा शेर्पा)
5.   ५ कक्षा देखि नै गीत गाउन थालेकी थिए : शेर्पा गायिका पेम्बा छोटी शेर्पा
6.   एकल एल्वम लिएर आएको छु, स्रोताहरुले मायागरिदिनुस भन्न चाहन्छु
7.   कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो !
8.   बाकी रहेको समय समाजसेवामा बिताउछु् : आङ कामी शेर्पा
9.   नेपाली संगीतलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ - गायिका एन्जेला सिं श्रेष्ठ
10.   सोलुबासीको सेवा गर्न स्वतन्त्र उम्मेद्वारमा उठेको छु, : सोनाम छिरीङ शेर्पा
11.   त्यतिबेला म प्रधानसेनापति भएको भए राजतन्त्र जाँदैनथ्यो: रुक्मांगद कटवाल
12.   नेपालको भविष्य पर्यटन पेसामा छ: निमा नुरु शेर्पा
13.   शेर्पा जाति प्रति गर्व लाग्छ: युनाइटेड शेर्पा किदुकका अध्यक्ष आङ ग्याल्जेन शेर्पा ।
14.   व्यवसाय होइन संगीत, एउटा सिर्जना हो; टुपेन मगर
15.   हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ः फुपु छेम्पे शेर्पा
16.   दुःखबाट नै सुखलाई अंगाल्न सकिन्छ : गायक गोम्बु शेर्पा
17.   आरोहीहरुको गाउँ थामे, आप्पा शेर्पा
18.   सकारात्मक सोच लिएर हिडे अवश्य सफलताको शिखरमा पुग्न सकिन्छ, चर्चित गायक मिङमा शेर्पा
19.   यसकारण पद त्याग गरें : बाबुराम भट्टराई
20.   संबिधान सभाको चुनाव एउटा नाटक मात्र हो, चुनाव सम्भब छैन: पासङ् शेर्पा
21.   मेहेनत र परिश्रम गरे अवश्य फल प्राप्त गर्न सकिन्छ । सिए पासाङ दोर्जी शेर्पा
22.   बिदेशी कम्पनिलाई नेपालमा ट्रेकिङ चलाउनु दिनुहुदैन:जिम्बा जाङ्बु शेर्पा
23.   पहिलो शेर्पा गायक भएकोमा मलाइ गर्व लाग्छ ।
24.   सोलुखुम्बुमा २१ करोड रकम जान बाँकी छ: महेन्द्र, टान अध्यक्ष
25.   सोलुखुम्बुको एसएलसी मर्यादित हुन्छ: जिशिअ
Results 59: You are at page 1 of 3

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics