मेस्सीले सन्यासको घोषणा फिर्ता गरे शनिवार, २०७३ श्रावण २८ गते ०८:३५

साउन २९ – स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झण्डै दुई महिना अघि अमेरिकामा भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग हारेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित हुदा मेस्सी गोल गर्नबाट चुकेका थिए। मेस्सीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णयमा पुनर्विचार गर्न चौतर्फि दबाब परेको थियो ।
 अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेश छ । आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । उनले एक बयान जारी गरेर आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने बताएको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन् ।  २९ वर्षका मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics