ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने आइतवार, २०७३ श्रावण २२ गते १०:२१

काठमाडौं, साउन २३ – रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् । कान्छी खेलाडी भएका कारण रियो ओलम्पिक पूर्वनै निकै चर्चामा रहेकी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी छन् । गौरिकाले सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य रहेको बताएकी छन् । गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।
त्यसअघि दक्षिण एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी हुन् ।
व्यक्तिगत नौ र टिम स्पर्धामा तीन गरी १२ स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी उनले ओलम्पिकमा आफ्नो प्रदर्शन थप सुधार गर्ने बताएकी छन् । उनले एक सय मिटरको दूरी एक मिनेट ६ सेकेण्ड भित्र पूरा गर्ने लक्ष्य रहेको बताएकी छन् । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics