शून्य सुविधा, करको बोझ आइतवार, २०७३ श्रावण २२ गते ०९:४८

साउन २३ । भरतपुर उपमहानगरपालिका १९ फूलबारीका सूर्यनाथ खनाल एकीकृत सम्पत्ति कर तिर्न दस किलोमिटर दूरी पार गरेर उपमहानगरपालिका कार्यालय पुगे । पहिले गाविस हुँदा निर्माण गरिएको घरको नक्सापास गरी नयाँ दर्ता गराए । घर र एक बिघा जग्गाको सम्पत्ति कर पनि बुझाए ।
ुएक बिघा जग्गाको मालपोत पहिला गाविसमा चार सय रुपैयाँ तिरेको थिएँु, उपमहानगरपालिकामा कर तिरेको पहेंलो रसिद देखाउँदै खनालले भने, ुअहिले पुरानो घर र जग्गाको गरी एक हजार एक सय साठी रुपैयाँ कर तिर्नुपर्‌यो । घरको नक्सा बनाएर नक्सा पास र घर दर्ता गरेकोसमेत खर्च जोड्दा १५ हजार रुपैयाँ पुग्यो ।ु
फूलबारीमा बिजुली पुगे पनि टेलिफोनको तार र खानेपानीको धारा अझसम्म पुगेको छैन । साबिकका फूलबारी, मंगलपुर, शिवनगर, गीतानगर र पटिहानी गाविसलाई भरतपुर नगरपालिकामा गाभेर २०७१ मंसिरमा उपमहानगरपालिका बनाइएको हो ।
नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार नभएको खबर आजको अन्नपूर्णमा सूर्यप्रकाश कँडेलले लेखेका छन्।
टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर तिर्न भरतपुर आएका सेवाग्राहीले घन्टौं कुर्नुपर्ने अवस्था छ । ुउपमहानगरपालिका भएपछि हामीलाई केही फाइदा, सेवासुविधा वृद्धि भएको छैनु, फूलबारीका खनालले थपे, ुपहिलेभन्दा तेब्बर कर तिर्नुपरेको छ । भरतपुर आउनजान खर्च बढेको छ । पहिले घरनजिकैको गाविस कार्यालयबाट सेवा पाएका थियौं । अहिले कर तिर्न र अन्य काम लिन भरतपुरसम्म आउनुपरेको छ ।ु
भरतपुर उपमहानगरपालिकामा गाभिएको साबिकको मंगलपुर गाविसका भीमप्रसाद गौतम पनि काम लिएर भरतपुर आउँदा झन्झटिलो र खर्चिलो भएको बताउँछन् ।
ुहामीले राज्यलाई कर तिरेपछि राज्यले पनि हामीलाई सहज हुने किसिमले काम गर्नुपर्छु, उनले भने, ुकर तिर्ने, सिफारिस बनाउनेजस्ता काम पुरानै ठाउँबाट भए हामीलाई सजिलो हुने थियो । खानेपानी, बाटो, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत सेवा विस्तार नगर्ने हो भने गाविसको ठाउँमा उपमहानगरपालिकामा बस्छौं भनेर कर मात्रै धेरै तिर्नुको कुनै अर्थ छैन ।ु



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आज विवाह पञ्चमी
2.   अल्लोखेति तर्फ आकर्षित
3.   सुनचाँदीको भाउ बढ्यो
4.   सोलुखुम्बुमा चिया महोत्शव
5.   ३ दिन देखि यातायात सेवा अवरुद्ध
6.   शून्य सुविधा, करको बोझ
7.   पर्यटक घट्यो
8.   बागवानीको राजश्व बढ्यो
9.   दुई करोड १८ लाख राजश्व घट्यो
10.   लघुबित्त बैँकको शाखा बिस्तार
11.   वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
12.   ७ करोड ७७ लाखको अलैची बिकेन
13.   ७ करोड ७७ लाखको अलैची बिकेन
14.   तीन मिटर पानी घटाउन तीस करोड
15.   विद्युत अवरुद्ध
16.   गर्भनर नेपालद्धारा हस्ताक्षर सय रुपैयाँको नयाँ नोट बजारमा
17.   पूर्व अर्थमन्त्रीहरु भन्छन् ‘महँगी बढाउने बजेट’
18.   सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत
19.   तरकारी खेतीबाट वार्षिक ८ लाख बचत
20.   नाम्चे गाविसको २५औं गाउ परिषद , पर्यटनलाई प्राथमिकता
21.   नेपालमा पहिलोपटक निजी कम्पनीले ल्यायो पेट्रोलियम पदार्थ
22.   उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास
23.   आपूर्ति नै नभएपछि लाइनमा बसेकालाई के दिनु - गोपालबहादुर खड्का
24.   यसवर्ष दसैंलाई हिमाली च्याङ्ग्रा
25.   मंगलबार १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिए
Results 276: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics