सोलुखुम्बुमा चार गा.वि.सको महाकुलुङ गाँउपालिका उचित आइतवार, २०७३ श्रावण १६ गते १५:२६

राम कुमार कुलुङ/वागमान कुलुङ

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा राज्यको पुर्नसंरचना गरिने संबैधानिक प्रावधान कार्यान्वयनको क्रममा सोलुखुम्बु जिल्लामा ७ वटा गाउँपालिका राखिने निश्चितप्रायः भएपछि अहिले जताततै कुन कुन गा.वि.स.हरुलाई समेटेर नयाँ गाँउपालिका बनाउने भन्ने विषयमा छलफल र अन्र्तक्रिया बाक्लिएको छ । यसको लागी सरकारले ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण आयोग’ गठन गरिसकेको छ । आयोगलाई दिइएको कार्यनिर्देश शर्त अनुसार यसले ४ वटा कार्यहरु गर्नेछन् । नयाँ गठित स्थानीय निकायहरुको सिमाना निर्धारण गर्ने, निर्धारित सिमाभित्रको सम्भावित केन्द्र र नामाकरण उल्लेख गरी सिफारिस गर्ने । सोलुखुम्बुमा दुधकुण्ड नगरपालिका सहित अधिकतम ७ वटा स्थानीय निकाय राखिने भएपछि अब आयोगले सिमाना र केन्द्र निर्धारण तथा नामांकरण गरी पठाउने ३ वटा कार्यहरु मात्र गर्न बाँकी छन् । यसै सन्दर्भमा सोलुखुम्बुको भौगोलिक अवस्था, जनसंख्या, साधन श्रोत, प्रशासनिक सुगमता तथा आयोगलाई दिइएको कार्यदेश शर्तहरुको आधारमा बुङ, छेस्काम, गुदेल र सोताङलाई एउटा गाँउपालिका बनाउनुपर्ने हाम्रो धारणा बहसको लागि सार्वजानिक गरेका छौं । यद्यपी स्थानीय निकायको संख्या बढाउनुपर्ने माग समेत उठिरहेको अवस्थामा सोलुखुम्बुमा ८ वा सोभन्दा माथी १० वटासम्म स्थानीय निकाय बनाउने अवस्था आएमा भने बुङ, छेस्काम र गुदेल ३ गा.वि.स.को एउटा गाँउपालिका राखिनु उपयुक्त हुन्छ ।  
सोलुखुम्बुको सन्दर्भमा  
‘स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधी’ बमोजिम हिमाली भुभागमा नगरपालिका गठन गर्न कम्तिमा २० हजार जनसंख्या आवश्यक हुन्छ । त्यसैले दुधकुण्ड नगरपालिकाभित्र बेनी, तामाखानी, सल्लेरी, काकु, गार्मा, केरुङ र गोराखानी गा.वि.स राख्नु उपयुक्त हुन्छ । यसो गर्दा १९,९८६ जनसंख्या हुनेछ । तर काँकु केरुङ र गोराखानीको सट्टा तिङला, टाक्सिन्दु र नेलेलाई पनि राख्न सकिन्छ । त्यसो गर्दा १९,५४५ जनसंख्याको नगरपालिका बन्छ । यस्तो अवस्थामा केरुङ वा काकुका केही क्षेत्र लिएर नगरपालिका बन्न सक्छ । सोलुखुम्बुको जम्मा जनसंख्या १०५,८८६ मध्ये दुधकुण्ड नगरपालिकामा २० हजारपछि बाँकी करिब ८५,८८६ जनसंख्याको ६ वटा गाँउपालिका बनाउनु पर्दा हरेक गाँउपालिकाको औषत जनसंख्या करिब १४,३१४ जनाको हुन्छ । सोलुखुम्बुको जम्मा क्षेत्रफल ३,३१२ वर्ग किलोमिटर हो । दुधकुण्ड नगरपालिका समेतलाई गाँउपालिका सरह राख्दा पनि सात स्थानीय निकायको औषत क्षेत्रफल प्रति गाउँपालिका करिब ४७३ बर्ग किलोमिटरको हुन्छ । यस सन्दर्भमा बुङ, छेस्काम, गुदेल र सोताङलाई एउटा गाँउपालिका हुने आधारहरु यसप्रकार छन् ।
१. जनसंख्या
यी ४ वटा गा.वि.समा जम्मा जनसंख्या १८,३६५ छन् । ‘स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधी’ को अनुसुची २ मा सोलुखुम्बुमा अधिकतम ७ वटा स्थानीय निकाय रहन सक्ने उल्लेख गरिएको छ । यस अर्थमा संख्या घटाएर दुधकुण्ड नगरपालिका सहित ६ वटा मात्र स्थानीय निकायहरु राख्दा पनि औषतमा प्रति गाँउपालिकामा पर्न जाने १७,१७७ भन्दा यो जनसंख्या करिब १२०० ले बढी नै छन् । यस अर्थमा यो सम्भतः जिल्लाकै ठुलो जनसंख्याको गाँउपालिका हुने सम्भावना छ । त्यसैले यहाँ अरु गा.वि.स जोडिनु आवश्यक छैन बरु घटाउनु पर्ने हुन्छ । 
२. क्षेत्रफलः
यी ४ गा.वि.सको जम्मा क्षेत्रफल ६९७.३५ बर्गकिलोमिटर रहेको छ जुन जिल्लाको ७ स्थानीय निकायलाई औषतमा पर्न जाने ४७३ वर्ग किलोमिटरभन्दा यो २२४.३५ बर्गकिलोमिटरले बढी छ । यस सन्दर्भमा माथिल्लो खुम्जुङ क्षेत्रपछि तल्लो सोलुखुम्बुमा यो गाँउपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो गाँउपालिका हुन सक्छ । त्यसैले यस गाँउपालिकामा अरु गा.वि.स जोडिए थप बढी क्षेत्रफलको हुने र त्यसले जनतामा प्रशासनिक सुगमता घटाउदै लान सक्छ । 
३. प्रशासनिक सुगमताः
यी ४ गा.वि.समध्ये सोताङको अन्तिम सिमाना रहेको बस्ती हुलुडाँडा गाँउबाट छेस्कामको बोक्सुवार गाउँ पुग्न हिडेर ८ घण्टा लाग्छ । त्यस्तै त्यही ठाउँबाट बुङको चेरेम पुग्न करिब ७ घण्टा लाग्छ भने गुदेलको वाक्खा गाउँ पुग्न करिब ८ घण्टा लाग्छ । त्यस्तै सोताङको दक्षिणी सिमाना पर्ने चित्रे गाँउबाट बुङको चेरेम र छेस्कामको बोक्सीवार पुग्न करिब ९ घण्टाजति लाग्छ । यस सन्दर्भमा यी ४ गा.वि.समा अन्य क्षेत्र जोडेर गाँउपालिका बनाउदा जनताको प्रशासनिक सुगमता घट्दै जाने भएकोले यसको क्षेत्रफल घटाउन सकिन्छ बढाउनु हुदैन । 
४. साधन श्रोतमा आत्मनिर्भरताः
यस प्रस्तावित गाउँपालिकाभित्र बरुञ्जे, चाम्लाङ, मेरा, हुंगुचुली लगायतका हिमालहरु छन् । उक्त हिमालहरुको आरोहण दस्तुर यस गाउँपालिकाको आयश्रोतको एउटा पक्ष हुनेछ । खोटाङको लामिडाँडाबाट लोखिम सोताङ हुदै फाप्लुसम्म र संखुवासभाको टुम्लिङटारबाट साल्पा, गुदेल, बुङ हुदै लुक्लासम्मको अर्को गरी दुई ग्रामिण पर्यटन पदमार्गहरुलाई थप प्रर्वद्वन गर्न सकिन्छ । त्यस्तै फाप्लुबाट सोताङ, बुङ, छेस्कामको मुद्वि हुदै एउटा र खोटाङको लामिडाँडाबाट गुदेल, मार्मेकु, केन्पा हुदै अर्को गरी दुई पदमार्गहरु सेतीपोखरीमा जोडिएर आम्फुलाप्चा पास गरी सगरमाथासम्म पुग्ने नयाँ हिमाली पर्यटन पदमार्गहरुको विकास गर्न सकिन्छ । यी पदमार्गहरु हुँदै मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने पर्यटकहरुको शुल्क यस गाँउपालिकाको अर्को आयश्रोत हुनेछ । यसबाहेक सडक यातायातको सञ्जाल विकाससंगै हुँगा खोलाबाट ठुला जलविद्युत, रोकखोला,बुदुमखोला, भुवाखोला, कोङखो, फुलवात्ती, बेजो र मुद्धिबाट साना हाइड्रो पावर उत्पादन गर्न सकिन्छ । गुदेलमा अलैची, छेस्काम र बुङका उच्चभेगमा चिराइतो, सतुवा, लोक्ता र सोताङमा सुन्तलालाई प्राथमिकता दिन सकिन्छ । शिक्षा तर्फ सोताङमा स्नातक तहसम्मको कलेज, गुदेलमा दश जोड २ सञ्चालन भइरहेको छ भने बुङ र छेस्काममा दश जोड २ कक्षाहरु सञ्चालनको तयारीमा छन् ।
५.जातीय सघन बसोबासः
आयोगको स्थानीय निकाय बनाउने मापदण्डमा ‘स्थानीय तहको पुनर्संरचनाको लागि सुझाव तयार गर्दा राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा रहेका सबै भाषाभाषी र जातजातिका जनतालाई सकेसम्म एकीकृत गर्ने र तिनको पहिचान, संरक्षण, सम्र्वद्धन र विकास हुनसक्ने गरी सम्भव भएसम्म निरन्तरता नटुट्ने गरी गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ । प्रस्तावित गाउँपालिकाको सोताङमा राताप्खु, पेल्माङमा खप्दुलु, छेम्सिङमा छेम्सी र छेस्काममा ताम्सी नाम गरेका चार किराती पुर्खाहरु पहिलोपल्ट शिकारी युगमा प्रवेश गरी त्यो क्षेत्रमा आवाद गरेको र उनीहरुका सन्तानका रुपमा कुलुङ र नाछिरिङ जातिको बाहुल्य रहेको हुनाले उनीहरुको ऐतिहासिक निरन्तरता कायम गर्न यो गाउँपालिकाले सघाउ पु¥याउँछ । 
प्रस्तावित सेवाकेन्द्र बुङ  
‘स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधी’ को दफा ३.२.३ को (ख) मा सेवाकेन्द्र तोक्ने मापडण्डको बारेमा उल्लेख गरिएको छ । उक्त मापडण्ड अनुसार हिमाली भुभागमा सेवाकेन्द्र तोकिदा सबैभन्दा दर्गम गाउँको जनता पनि बढीमा ४ घण्टामा सेवाकेन्द्र आईपुग्नुपर्ने उल्लेख गरिएको छ । यस मापदण्डलाई ध्यान दिएर हेर्दा यो गाउँपालिकाको लागी मध्यविन्दु बुङ देखिन्छ । उक्त सेवाकेन्द्र आईपुग्न छेस्कामको बोक्सुवार र मार्मेकुबाट ४ घण्टामा अलि कठिन नै भए पनि सोताङको चित्रे, गुदेलको वाक्खा,सानाम र बुङको चेरेमबाट ४ घण्टामा आईपुग्न सकिन्छ । बुङ बाहेकका किकल्पहरु हेर्दा छेस्काममा सोताङ चित्रे र हुलु क्षेत्रकालाई ५ घण्टाभन्दा बढी, गुदेलमा चेरेम र हुलुक्षेत्रकालाई ४ घण्टाबढी लाग्छ भने सोताङमा राख्दा बोक्सुवार, मार्मेकु, वाक्खा, सानाम, चेरेम, गाईखर्क, नाजिङ र छेस्कामका सबैलाई ६ घण्टाभन्दा बढी समय लाग्न सक्छ । यसबाहेक बुङमा बस्ती योग्य र भविष्यमा आवश्यक अन्य शहरीकरणका लागी खुल्ला क्षेत्र समेत रहेको छ ।  
प्रस्तावित नाम महाकुलुङ 
बि.सं.१८३१ भन्दा आगाडी त्यबेलाका शासक सेनबंशीहरुले बुङ, छेस्काम, गुदेल, सोताङ र पावै क्षेत्रका स्थानीय प्रशासकहरुलाई नियुक्ती पत्र दिँदा सर्वप्रथम ‘महाकुलुङ’ शब्द प्रयोगमा ल्याएका थिए । गौरुङ, माथा, कारोबारी, राई लगायतका तत्कालिन प्रशासनिक पदहरुमा नियुक्ती दिँदा ‘महाकुलुङ क्षेत्र’ भनेर उनीहरुले उक्त ५ गा.वि.स.लाई भनेका थिए । उक्त कुरा चाल्र्स मेक्डोल लगायतका किताबहरुमा र राई पदवी पाएका तत्कालिन प्रशासक बदसिंह कुलुङको नियुक्ती पत्रमा समेत हेर्न सकिन्छ । तर त्यसबेला सबै स्थानीय प्रशासकहरु कुलुङ रहेकाले वा कुलुङ क्षेत्र भएकैले प्रशासकहरुले पनि महाकुलुङ भनेकाले कुलुङ जातिले यस ऐतिहासिक नामप्रति गौरबको अनुभुती गर्दछन् । कुलुङ बाहुल्य भएको त्यस क्षेत्रलाई उक्त प्रशासनिक इतिहास झल्किने गरी ‘महाकुलुङ’ राख्दा राम्रो हुन्छ ।  
  



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार
1.   वैदेशिक रोजगारीबाट घट्दो आत्मनिर्भरता
2.   सोलुखुम्बुमा चार गा.वि.सको महाकुलुङ गाँउपालिका उचित
3.   नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र
4.   'मतान' आदिवासी जननाति सर्वोकृष्ट राष्टिय चलचित्र नै हो ।
5.   मस्यौदा संविधानमा नसच्याई नहुने दोषहरू
6.   थप आदिवासी जनजातिहरु सुचिकरण नहुने कारणहरु
7.   बुद्धचित्त माला अब डकुमेन्ट्रीमा समेटिंदै
8.   नेपालमा बौद्ध धर्मको इतिहास गौतम बुद्धभन्दा धेरै अगाडिदेखि प्रचलनमा
9.   महाभूकम्प आएको दिन सगरमाथा बेस क्याम्पमा.......
10.   बुद्धको विचार र लुम्बिनीको विकास
11.   सूचनाको हक कार्यान्वयनमा सरकारी ईच्छाशक्तिको खाँचो
12.   लापरबाहीमा त्रिवि र विद्यार्थी उत्तिकै जिम्मेवार
13.   अभाव र अप्ठेरो परिस्थितिका बीच संघर्ष गर्दै अगाडि बढ्यौं
14.   प्रचण्डका परिवारको दवावले ल्ह्यारक्याल सभासद्
15.   बन्दूक साटेर क्रान्तिकारी बिहे
16.   जनता प्रति नेता कति जिम्मेवार
17.   त्रिभुवन विश्वविद्यालयका अधिकांश आंगिक क्याम्पस सुनसान
18.   चिनियाँका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य
19.   सेभेन समिट्स वुमेन्स टिम
20.   'हुस्' ! विमला : समय सन्दर्भ
21.   शोकाकुल सगरमाथा
22.   सगरमाथा आरोहणको क्रममा ज्यान घुमेका शेर्पाहरुको परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनु पर्दछ
23.   चालिश हजार रकम भरसक नलिनु होला सम्बन्धित शोकाकुलपरिवारहरुले,
24.   भौतिक संरचनामा लगानी र स्थानीय अवरोधको लहर
25.   मूलबासी आदिबासी जनजाति होईन, को हुन आदिबासी जनजाति ?
Results 86: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics