किरातीलाई नफुटाउन सामाको सुझाव शुक्रवार, २०७३ श्रावण १४ गते १८:२१

विवश कुलुङ/जेपी थुलुङ
सोलुखुम्बु, साउन १४ गते । किरातीकोहरुको बस्ती भएको क्षेत्रको सिमाङ्कनको खाका बनाउदा जातिय पराम्परा, संस्कृति आदिलाई संरक्षण हुने हिसावले गाउपालिकाको सिमाङकन गर्न थुलुङ राई सामाले सुझाव पेश गरेको छ । 
थुलुङ राई सामाले किरातीहरुको बसोबास भएको २० गाविसलाई मिलाएर सिमाङकन सहितको सुझाव गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका जिल्ला स्तरीय स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समिति सोलुखुम्बुलाई पेश गरेको हो ।
किरातीहरु विभिन्न भाषा बोल्ने तथा भाषा अनुसार संस्कृति रहनसशन फरक रहेकोले एक भाषा बोल्ने किरातीलाई नफुटाउन भन्दै सिमाङकनको क्रममा ध्यान दिनका लागि ध्यानाकर्षण सहितको सुझाव पेश गरिएको थुलुङ राई सामा सोलुखम्बुका सचिव उत्र कुमार राईले बताउनु भयो ।
थुलुङ राई सामाले २० गाविसलाई समेटि बनाएको सिमाङकन अनुसार थुलुङहरुको बस्ती भएको लोखिम, जुवु, देउसा, मुक्ली काँगेल र पञ्चन गाविसलाई फुल्युकु गाउपालिका बनाउन सुझाव दिएको छ । थुलुङहरुको उद्घम स्थल भएकोले फुल्युकु  नामाङकरण गरिएको सचिव राईले बताउनु भयो ।
त्यस्तै कुलुङहरुको बसोबास भएको छेस्काम, गुदेल, बुङ, सोताङ र पावै गाविसलाई समेटी महाकुलुङ गाउपालिका नामाङकरण गर्न सुझाव दिएको र उक्त गाउपालिकाको पावै  र सोताङमा खालिङ र नाछिरिङको पनि बसोबास रहेको भएपनि कुलुङहरुको बढि जनसंख्या रहेकोले महाकुलुङ नै नामाङकरण गरिएको थुलुङ राई सामाले जनाएको छ । 
यता थुलुङ र बाहिङको बसोबास रहेको नेचा बेतघारी, नेचा बतासे, तिङला र सल्यानलाई समेटी माङहिम नामाङकरण गर्ने र सिमाङकन त्यही रहेपनि नामाङकरणमा माङहिमको विकल्पमा सुमदेल राख्न सकिने थुलुङ राई सामाले जनाएको छ ।
त्यस्तै खालिङहरुको बाहुल्यता रहेको जुभिङ, वाकु, काँकु, बासा र टाक्सिन्धुलाई समेटेर ख्यालदेल गाउपालिका नामाङकरण गरिएको थुलुङ राई सामाले जनाएको छ । उक्त सुझाव पत्रको बोधार्थ जिल्लामा सबै राजिनितिक दलहरु र विभिन्न जातिय संघ संस्थाई पनि समेटिएको थुलुङ राई सामाले जनाएको छ ।  
 



Share |
प्रतिक्रियाहरु
Ang Dawa Sherpa, Taksindu-3 Solu khumbu
Sthaniya nikayako puna samrachana garda jantako raya sujhab naliekana hundaina. Solu jillama raheka praya jaso gavisaharu Rai jatiko Jatisangamatra Rakhiyo bhane Anya jatiharulai k garne. Saddiyou barsadekhi kayayam raheko hamro sadvab ra mel milapma dakhal naparos. Tadhi delek. Sewa ro.

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics