आँसु (कविता) मंगलवार, २०७३ श्रावण ०४ गते १८:१९

आँसु (कविता)
अर्जुन राई
 
कुनै विना उपनाम र विना उपमाको
तरल हो आँसु ।
चाहे जे सुकै शव्दले सम्वोधन गर
आसु त एउटै हो
मैले खसाले पनि तिमीले झारे नि ।
 
 
चाहे बालकको आँखा होस्
या कलकलाउदो जवानीको
बृद्धको नै किन नहोस् 
उसको नयनबाट बग्ने त आँसु नै त हो ।
तिमीले बगाउने आँसु
अनि मेरो नयनबात वर्षिने आसुमा
भेद छ नै के ?!
 
अबोध बालक रुदा रुदा
निदाउछ ।
ब्युझिन्छ ।
बाहिरी संसार चियाउन खोज्छ 
तर 
जाबो कचेराले उसलाई  बन्धक बनाई दिन्छ ।
बैँसको मात चढेका वयस्क पनि
आँखा रातै बनिदिन्छ कतिखेर
थाहै नपाई।
चाउरिएर मुजो परेको बृद्धको त्वचामा
खेतका गह्राहरूमा पानी बगे जस्तै
बग्छ यो ।
जसले बगाए नि
जसले खसाले नि
आँसुको रूप एउटै हो ।
न्यु रोडमा बसेर आखाबाट रसाउने
न्यु योर्कमा 
अनि मंगल ग्रहमा बस्दा रसाउने आँसु
एउटै हुन्छ ।
 
खुसीका पलमा 
दुखका पलमा
सापना टुट्दा
गन्तव्य नपुगी 
बाटो अत्तो न पत्तो भै 
बरालिदा
अनि सत्ता च्युत हुदा रुने नयन
यहि साझा आसुले सिन्चित हुन्छ ।
आसुको बदला आसुले नै चुक्ता 
नभै धरै छैन मान्छेलाई 
नुनको नुन 
अनि सुनको सुन ।
यता एउटाले भन्छ-
"आँसु नै रित्तियो"
उता अर्कोले थप्छ-
" रुन बानी परेको म रुनुमै छ मज्जा"
 
अन्तर मनमा सुनामीसरि 
छ्चल्किने पनि त्यही तरल
जसले मनको मरुभूमिको प्यास मेटाइदिन्छ
त्यसैले मनका कैयन् टाइटनिक जहाजको निशाना सम्म पनि राख्दैन ।
नजर अन्दाज गर्न पो सकिन्न
मनकै दृष्टिले मात्र ठम्याउछ यसलाई 
र भन्छ यो पनि
आँसु नामको तरल हो भनेर ।
 यसको आफ्नै मोल छ
किन झर्छ यो?
कसरी बग्छ?
 
भेटिदा छुटिदा
दिनु र लिनु नै यहि आँसु सिवाय
अरु थोक छ नै के?
जिन्दगीलाई बिसाएर जानेले
धेरै चिज छोडेर जान्छ
तर जिवित हुनेले दिएर पठाउने
उपहार यहि आँसु न हो ।
यस्तो मूल्यवान पदार्थलाई 
नकार्न सकिन्न,
यो हरपलको साथी हो 
र यो 'इनइभाइटेबल' छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics