यौनकर्मी रोबोट ! शनिवार, २०७३ असार ०४ गते १६:५०

यदि वेश्यालयहरुमा यौनकर्मी मानिसहरुको ठाउँ रोबोटले लियो भने के होला, तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ ? सायद यस्तो कल्पना गर्नुनै बेकार छ भन्ने सोँच्नुभयो होला ।
 
तर प्रविधिको द्रुततर विकाश भैरहेको अहिलेको युगमा केहीकुरा पनि असम्भव नहुँदो रहेछ । वैज्ञानिकहरुले यौनकर्मी रोबोट निर्माणको काम सुरु गरिसकेका छन् ।
 
वैज्ञानिकहरुका अनुसार यौनकर्मी रोबोट निर्माणको योजनामा काम भैरहेको छ र यो सफल भएमा यसका धेरै फाइदाहरु हुनेछन् ।
 
मिरर अनलाइनको रिपोर्ट अनुसार रोबोट यौनकर्मी हुने वेश्यालयहरु एकातर्फ एड्स जस्ता यौनरोगहरु रोक्नमा कामयाव हुनेछन् भने अर्कोतर्फ युवती तथा महिलाहरुको तस्करीका घटनामा पनि कमी आउनेछ । त्यसका लागि यौन उद्योगमा हुने अपराध सम्बन्धी मामिलाहरुमा पनि कमी आउनेछ । अनि वेश्यागमनको कुरालाई लिएर अहिले जस्तो प्रकारको अपराध बोधको स्थिति रहेको छ त्यस्तो चिन्तन पनि हट्नेछ ।
 
नेदरल्याण्डकोे एम्सटर्डमका यौनशालाहरुका बारेमा केही समयपहिले एउटा अध्ययन गरियो । रोबोट, मानिस र यौन पर्यटन शीर्षकको उक्त शोधमा ती यौनशालाहरुको भविष्यका बारेमा विशलेषण गरिएको थियो । शोधकर्ताहरुका अनुसार सन् २०५० सम्ममा रेडलाइट एरियाको पूर्णरुपमा कायाकल्प हुनेछ । महिला यौनकर्मीको ठाउँ रोबोटले लिनेछ । र रोबोटिक सेक्स व्यवसायिक यौनक्रिडाको महत्वपूर्ण हिस्सा बन्नेछ ।
 
न्यूजिल्याण्डको युनिभर्सिटी अफ वेलिंगटनका फ्युचरोलोजिस्ट इयान योमन तथा सेक्सोलोजिस्ट माइकल मार्सले एम्सटर्डमका वेश्यालयहरु सन् २०५० मा कस्ता होलान् भन्ने बारेमा एउटा प्रक्षेपण गरे । उनीहरुले सहरको कुनैबेलाको सबैभन्दा चर्चित यब यम नामक वेश्यालयलाई आधार बनाएर अध्ययन गरेका थिए । यो वेश्यालय सन् २००८ मा बन्द भैसकेको छ ।
 
शोधकर्ताका अनुसार यब यम त्यतिबेलासम्म विल्कुलै आधुनिक हुनेछ र त्यसमा १ सय वटासम्म कामूक रोबोट हुनेछन् । ती रोबोटको जिउमा नाउँमात्रैको कपडा हुनेछ । यिनीहरु कामूक पहिरनमा परेड खेलिरहेका हुनेछन् । अनि उक्त वेश्यालयमा रोबोट गमन लगायतका सबै सेवाको समग्र शुल्क एक पटकको १० हजार डलर हुनेछ ।-अनलाइनखबर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: रोचक कुरा
1.   गर्भवती भए/नभएको मन्जनबाटै थाहा पाउनुहोस्
2.   मरुभूमिमा भुतले गीत गाउछ
3.   स्विमिङ पुलमा नुहाउँदा १६ किशोरी गर्भवती
4.   यौनकर्मी रोबोट !
5.   मानव जातिको उद्गम थलो अफ्रिका
6.   रुखबाट अनौठो पानी झर्दै
7.   दुनियाको सबैभन्दा कालो बच्चा
8.   हातले खाना खानु फाइदाजनक
9.   कुकुरले अंग्रेजीमै बोल्न र भाका हाल्न थालेपछि.....(भिडियोसहित)
10.   जन्मिँदै ३२ दाँत र खुट्टामा १६ औँला भएको बच्चा
11.   ३ वर्षमै कार गुडाएका रहेछन् किम जोङले
12.   मान्छेको मासु खाने अपराधिहरुको बयान
13.   कुन देशका महिलाले बढी बच्चा जन्माउछन् ?
14.   ७१ हजार रुपैयाँमा बिक्यो कुखुराको एउटा अण्डा
15.   विश्वको सबैभन्दा ‘जेठी’ ले ११७ औँ जन्मदिन मनाइन् (फोटोफिचर)
16.   अनौठो टापुमा बिरालोको शासन (फोटोफिचर)
17.   राजदरबारको झ्यालबाट निर्वस्त्र मानिस....(भिडियो)
18.   तिनजना बाउआमा मिलेर बच्चा जन्माउने
19.   अब साउदीमा सुन्दर महिलाले जागिर नपाउने
20.   सांसदलाई संसद भवनमा पेन्टीले धोका दिँदा आपत्
21.   बालिकाको जन्म,गर्भमा दुई जम्ल्याहा बच्चाको भ्रुण
22.   क्याफेको भित्ताभरी डलर
23.   जेलभित्र मान्छेको मासु खाएको घटना
24.   पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ इतिहास
25.   चीनमा सुँगुरले मान्छेजस्तै बच्चा जन्मायो
Results 150: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics