नेपाली किशोरीमाथि दुई वर्षदेखि भारतमा यौन शोषण, ११३ जनाविरुद्ध मुद्दा दायर बुधवार, २०७३ बैशाख ०८ गते २१:३०

वैशाख ८ / काठमाडौं - एक नेपाली किशोरीमाथि यौन शोषण गरेको आरोपमा भारतीय प्रहरीले ११३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
 
पीडित किशोरी सोनम (परिवर्तित नाम) १६ वर्षकी हुन् । र, उनलाई नेपालबाट भारतको पुनेमा पुर्‍याइएको थियो ।
 
आफूमाथि पछिल्ला दुई वर्षदेखि लगातार यौनशोषण भइरहेको उनले बताएकी छिन् । यसमा १०० भन्दा बढि व्यक्तिहरु संलग्न रहेको उनको भनाइ छ ।
 
पुनेको प्रहरीले यस मामिलामा अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र साही, हरीश साह रोहित भण्डारी रहेका छन् ।
 
बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार पीडित किशोरीको घर झापाको काँकडभिट्टामा पर्छ । उनका बाबुले चिया पसल चलाउँछन्, जहाँ रोहित भण्डारी नियमित रुपमा आउने गर्थे । विस्तारै उनी किशोरीका बाबुका साथी बने ।
 
रोहितले एक दिन किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा राम्रो तलब आउने गरी काममा लगाइदिने प्रस्ताव राखे । बुबाले राहितमाथि पूरा विश्वास गरेर छोरीलाई उनको साथ लगाएर पठाइदिए ।
 
बचन पुरा गर्दै रोहितले किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा काम पनि लगाइदिए । शुरुवातमा केही दिनहरु राम्रैसँग बिते र किशोरी पनि खुशी भइन् ।
 
तर, रोहितले स्वीकृतिसँग मिलेर किशोरीलाई जबरजस्ती देहव्यापारमा लगाए । किशोरीले नमान्दा उनलाई नशालु औषधि खुवाएर शारीरिक शोषण पनि गरे । यसरी दुई वर्षसम्म किशोरीमाथि लगातार यौनशोषण भयो । यस दौरान सयभन्दा बढिले उनको शरीरमा आफ्नो जवानी पोखेको बताइएको छ ।
 
प्रहरीबाट बच्न अभियुक्तहरुले किशोरीलाई फरक फरक ठाउँमा राख्ने गर्थे । स्वीकृति र उनका साथीले आफूलाई देहव्यापारका लागि हैदरावाद, भोपाल र अहमदावादमा पनि लैजाने गरेको किशोरीले बताएकी छिन् । पछिल्लो महिना स्वीकृति तथा उनका साथीले किशोरीलाई पुनेको एउटा फ्ल्याटमा ल्याए । उनीमाथि हातपात गर्नुका साथै र गर्भपतन पनि गराए ।
 
त्यही फ्ल्याटमा दिल्लीमा बस्ने एक मोडललाई पनि राखे । स्वीकृतिको समूहले मोडल बन्न आएकी २६ वषिर्या युवतीलाई पनि जबरजस्ती देहव्यापारमा लगाए ।
 
अघिल्लो महिना तीनै मोडलसँग मिलेर किशोरी भागिन् र दिल्ली आइन् । उनीहरुले प्रहरीमा उजुरी गरे । र, पुनेको प्रहरी अन्य अभियुक्तहरुको खोजीमा छ । अनलाईनखबर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   साउदी अरबमा चार नेपालीलाई कुटपिट
2.   बेलायतमा उभौली पूजा सम्पन्न
3.   महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति वेलायतमा शोक धारण
4.   नेपाली किशोरीमाथि दुई वर्षदेखि भारतमा यौन शोषण, ११३ जनाविरुद्ध मुद्दा दायर
5.   ‘वीर विक्रम’ को छैटौ प्रिमियर सो सम्पन्न
6.   मलेसियामा रेलको ठक्करबाट एक नेपालीको मृत्यु
7.   जापानमा नेपालीहरुको संख्या ह्वात्तै बढ्यो
8.   एनआरएन बेलायतले नेपालीहरुको लागि आर्थिक सहयोग संकलन गर्ने
9.   सोलिडारिटी अमेरिकाद्धारा नयाँ प्रोजेक्ट घोषणा, सहयोगका लागि सबैलाई अपिल
10.   सोलिडारिटी इन्टरनेशनल युएईको बैठक सम्पन्न
11.   बेलायतमा कालरात्रि भव्य रुपमा सम्पन्न
12.   सोलिडारिटी इन्टरनेशनल युएईको च्याप्टर गठन
13.   मलेसियामा अवैध गर्भपतनको अभियोगको मुद्दा खेपेकी निर्मला थापा निर्दोष सावित
14.   प्रवासि अमेरीका जुभिङका अगुवाहरुले ज्युव्युस एलायन्सलाई कम्प्युटर र प्रिन्टर्स सहयोग
15.   साउदी अरब गएका २४ जना नेपाली जिद्दामा अलपत्र
16.   ‘लौ न सर, एकजना नेपालीको ज्यान जान लाग्यो, केहि गर्नु पर्‍यो’........
17.   एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित
18.   कुबेतमा पक्राउ परेका सञ्जबहादुर तामाङ निर्दोष साबित
19.   इराकमा नेपाली युवतीको जलेर मृत्यु
20.   नेपाली विद्यार्थी एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट
21.   नेपाली युवतीको बयान, कुवेत अदालत र उपस्थित ब्यक्तिहरु स्तब्ध
22.   कुबेतमा जनजाती दिवस, हक अधिकार सुनिश्चित गर्न खबरदारी
23.   शेर्पा संघ जापानको आयोजनामा नेपालीवीच परियच कार्यक्रम
24.   इटलीमा पर्यटन मन्त्री शेर्पा नेपालीहरुसँग भेटघाट, भूकम्पपछिको नेपालको पर्यटनबारे छलफल
25.   यूएईमा बसोबास गर्दै आएका नेपालीहरुको संविधानसभालाई सुझाव
Results 313: You are at page 1 of 13
1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics