सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित विहिवार, २०७२ मंसिर २४ गते २१:०८

मंसिर २४ / काठ्माण्डौं - सगरमाथा आरोही वाङ्छु शेर्पा 'सगरमाथा संरक्षण अभियन्ता-२०७२' बाट सम्मानित भएका छन् । सगरमाथा क्षेत्रको बृहत्तर विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो ।
 
सानो आन्द्राको क्यान्सर रोगबाट पीडित शेर्पाको ४० दिनदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचार भैरहेको छ । शेर्पालाई बिहीबार पर्यटन मन्त्रालयद्वारा अस्पतालमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मान गरे । 
 
सगरमाथा क्षेत्र विकास समिति, सगरमाथा आरोही संघको संस्थापक अध्यक्ष, सगरमाथा जोगाऔँका अभियान्त, सगरमाथा सरसफाई अभियान समितिको अध्यक्षलगायत दर्जनौँ संघसंस्थामा आवद्ध शेर्पाले तेन्जिङ हिलारी माउन्टेनियरिङ, नेपाल माउन्टेनियरिङ एसोसियसन, इन्डिया माउन्टेनियरिङ एसोसियसन, सगरमाथा समाज सेवा अवार्ड -२०१५ जस्ता तीन दर्जनभन्दा बढी सम्मानहरु पाईसकेका छन् ।
 
बिबिसी एभरेष्ट एक्स्पीडिसन, नेसनल जोग्राफिकल च्यानल, एभरेष्टजस्ता चर्चित हलिउड चलचित्र लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुमा काम गरेर लामो अनुभव उनीसँग छ । 
 
शेर्पा सन् २००९ मा सगरमाथा आधारशिविरमा बसेको मन्त्री परिषद् वैठकको व्यवस्थापक, पर्यटन वर्ष २०११ को आयोजक समितिको सदस्य समेत थिए ।
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics