जानुका राईको पहिलो गीति एलबम सार्वजनिक आइतवार, २०७२ मंसिर ०६ गते १५:०२

मंसिर ६- गायिका जानुका राईको पहिलो गीति एलबम तथा भिडियो ‘थिबिया’ सार्वजनिक भएको छ ।
 
 
सभामुख ओनसरी घर्ती मगरले शनिबार राजधानीमा  सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित समारोहमा सार्वजनिक गरेकी हुन् । एलबममा किराती मिथक तथा मुन्धुम कथामा आधारित चारवटा गीत रहेका छन् । ‘ए थिबिया,’ ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका गीत रहेका छन् । कपिल राईद्वारा निर्माण गरिएको उक्त एलबममा समेटिएका गीतको रचना क्रमशस् खुक्सङ खम्बु, टीका चाम्लिङ, भूपाल राई र बीरेन्द्र राईको रचना रहेका छन् । त्यसैगरी मनोज साङ्सोन, शान्तिराम राई, जितेन राई र सरेश अधिकारीले संगीत दिएका छन् भने भिडियो निर्देशन रोशन राई, जनक राई, भुपेन्द्र पुमा राईको रहेको छ । पूर्वको विभिन्न किराती थलोमा छायाङ्कन गरिएको भिडियो नायिका पशुपति राई, प्रविण पुमालगायतले अभिनय गरेका छन् ।
 
आदिम मानव उत्पत्ति, सभ्यता र विकासको क्रमलाई गीतमा उनिएको छ । मुन्धुममा सिकारी युगका किरातीहरु बँदेल र चराचुरुङ्गीको सिकार खेल्दै जीवन गुजारेको कथालाई अभिनयसहित प्रस्तुत गरिएको छ ।‘किराती जातिको लोपोन्मुख मुन्धुमी लोकलय र मिथकीय मान्यता, कला परम्परालाई जगेर्ना गर्ने प्रयास गरिएको छ,’ एकेडेमीका अध्यक्ष डीबी सरोज राईले भने, ‘पहिचानको जगेर्ना गर्न यो एलबमले सहयोग पुग्ने विश्वास गरेका छौं ।’ धामीझाक्री परम्परासमेत गीत संगीत तथा भिडियोमा समेटिएको छ । सभामुख मगरले विगतमा राज्यले विधितापूर्ण संस्कृति परम्परालाई आत्मसाथ गर्न नसकेको र अब नयाँ संघीय संविधानले सबै जातजाति, भाषाभाषीका संस्कृति परम्परालाई विभेदरहित ढंगले स्वामित्व ग्रहण गर्ने बताइन् । ‘नयाँ संविधान जारी भएसँगै नयाँ अध्याय सुरु भएको छ,’ उनले भनिन्, ‘हामी नेपाली बीचको एकता कायम गर्दै विकासको अभियानमा अघि बढ्नु छ । हाम्रा कला, संस्कृतिलाई राष्ट्रले पूँजीका रुपमा बचाइ राख्ने छ ।’
 
त्यसैगरी सूचना, तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले जाति, भाषा, संस्कृति, भुगोललाई एकताको जगमा समेटेको उल्लेख गरे । ‘नेपाल स्वतन्त्र राष्ट्र र राष्ट्रिय एकता कायम गर्दै नयाँ सविधान जारी गरेका छौं,’ नयाँ संविधान संशोधनीय भएको उल्लेख गर्दै उनले भने, ‘अब कार्यान्वयनको पक्षमा हामी सबै एकजुट हुनुपर्छ । त्यसनिम्ति कलाकर्मीहरुको सहभागिता महत्वपूर्ण हुनेछ ।’ आयोजक संस्थाका सचिव तथा निर्देशक जनक राई किरात राई जातिको सांगीतिक पक्षबारेमा चर्चा गरेका थिए ।
   
 ई कान्तिपुर 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको एल्बम सार्वजनिक
2.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
3.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
5.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
6.   राजेश हमालसँग काम गर्न निश्चल तयार
7.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
8.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
9.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
10.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
11.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
12.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
13.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
14.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
15.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
16.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
17.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
20.   रुखले पनि परिचयपत्र बोक्ने
21.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
22.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
23.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
24.   इभेन्टद्वारा दसैं तिहार स्वागत डान्स पार्टीको आयोजना हुने
25.   चलचित्र 'धुन' भाद्र २५ बाट देशभर प्रदर्शन हुने
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics