नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र मंगलवार, २०७२ कार्तिक २४ गते २०:२४

लक्ष्मण कुमार हमाल - नेपालको पर्यटन विकासबारे प्रसिद्ध परामर्शदाता डेभिड फ्रान्केलले भनेका छन्– नेपालको विकासको साँचो भनेकै पर्यटन विकास हो। वास्तवमा नेपालका अधिकांश उच्च हिमशृंखला, नदीनाला, झरना, तालतलैया, हरियाली पहाड, समथर तराई जस्ता प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको उपस्थितिले कुनै पनि पर्यटकलाई रोमाञ्चित गर्ने क्षमता राख्छ। 
 
विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो लुम्विनीलगायत असंख्य गुम्बा, मठ, मन्दिर, स्थानीय भाषा, जातजाति, धर्म, संस्कृति, परम्परा, स्वच्छ र शीतल हावापानी, प्राकृतिक छटा र मुख्यतः नेपाली नागरिकमा रहेको पाहुनालाई प्रदान गरिने विशिष्ट शैलीको आतिथ्यता आदिलाई व्यवस्थित गर्न सके सिङ्गो नेपाललाई पर्यटकीय आकर्षण केन्द्र बनाइ राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ।
 
नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन क्षेत्र नै हो। यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाहरुलाई ज्ञानको भण्डारका रूपमा विकास गरी नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित नेपाल सरकारले ुपर्यटन नीति, २०६५ु ल्याएको देखिन्छ। यद्यपि सो नीतिले अवलम्बन गरेको दृष्टिकोणलाई व्यवहारमा उतार्न धेरै चुनौती सामना गर्नुपर्ने देखिन्छ। ती चुनौती सामना गर्दै अवसरका रूपमा ग्रहण गरी पर्यटन क्षेत्रको प्राथमिकीकरण, विविधीकरण र विस्तार गरी नागरिकका लागि स्वरोजगारी सिर्जना गर्ने, पर्यटकहरुलाई थप सुरक्षा एवं सुविधा दिई आकर्षित तुल्याई उनीहरुको नेपाल बसाइ लम्ब्याउने, पर्यटन विकासलाई प्राथमिकतामा राखी पर्यटकलाई आकर्षित गर्न सुरक्षा, यातायात सरसफाइ, असल व्यवहार, सहयोगी वातावरणको निर्माण र यी सबै कार्य गर्न पर्यटन व्यवसायी तथा यससँग सम्बद्ध निजी क्षेत्रलाई लाग्ने करको दायरामा खुकुलोपन ल्याउने नीति अवलम्बन गर्नेतर्फ सबै पक्ष उन्मुख हुन जरुरी देखिन्छ।
 
नेपाली जनताको अथक प्रयासबाट वि।सं। २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको भाग ४ धारा ५१ मा रहेको राज्यका नीतिहरुअन्तर्गत खण्ड ९ठ० मा पर्यटनसम्बन्धी नीतिमा यस क्षेत्रको महत्वलाई आत्मसात गर्दै ुनेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिनेु भनी राज्यको दायित्व उल्लेख गरेको छ। यस नीतिको सफल कार्यान्वयन गरी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकास गरी त्यसबाट प्राप्त हुने लाभ सबै नागरिकलाई समानरूपमा वितरण गर्न राज्यले यस क्षेत्रमा पर्याप्त स्रोतसाधन लगानी गर्नुका अतिरिक्त पूर्वाधार निर्माण र सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनु जरुरी देखिन्छ।
 
नेपाल भित्रने अधिकांश पर्यटकको गन्तव्यस्थल बनेको काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका क्षेत्रका असंख्य ऐतिहासिक सम्पदामध्ये ९० प्रतिशत २०७२ साल वैशाख १२ गते गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछि गएका दुई ठूला पराकम्पनले क्षतिग्रस्त तुल्याएको छ। देशका असंख्य मन्दिर, मठ, गुम्बालगायतका ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण ७४१ वटा बहुमूल्य सम्पदा क्षतिग्रस्त भएका छन्। विदेशी पर्यटक आकर्षित गराउने ती सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार गर्न २०।५ अर्ब लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ। आम्दानीको मुख्य स्रोतका रूपमा रहेको पर्यटन क्षेत्रको विकास गर्न विश्व सम्पदा सूचीमा परेका कैयन् मन्दिर, मठ, गुम्बा, पुराना दरवारलगायत अन्य सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गर्ने कार्यमा संयुक्त राष्ट्र संघीय निकायहरुलाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा समेत सोचिनु आवश्यक छ। साथै पर्यटन विकासलाई गरिबी निवारणसँग पनि जोडेर हेर्नु उत्तिकै आवश्यक छ।-
नागरिकन्यूज



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार
1.   वैदेशिक रोजगारीबाट घट्दो आत्मनिर्भरता
2.   सोलुखुम्बुमा चार गा.वि.सको महाकुलुङ गाँउपालिका उचित
3.   नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र
4.   'मतान' आदिवासी जननाति सर्वोकृष्ट राष्टिय चलचित्र नै हो ।
5.   मस्यौदा संविधानमा नसच्याई नहुने दोषहरू
6.   थप आदिवासी जनजातिहरु सुचिकरण नहुने कारणहरु
7.   बुद्धचित्त माला अब डकुमेन्ट्रीमा समेटिंदै
8.   नेपालमा बौद्ध धर्मको इतिहास गौतम बुद्धभन्दा धेरै अगाडिदेखि प्रचलनमा
9.   महाभूकम्प आएको दिन सगरमाथा बेस क्याम्पमा.......
10.   बुद्धको विचार र लुम्बिनीको विकास
11.   सूचनाको हक कार्यान्वयनमा सरकारी ईच्छाशक्तिको खाँचो
12.   लापरबाहीमा त्रिवि र विद्यार्थी उत्तिकै जिम्मेवार
13.   अभाव र अप्ठेरो परिस्थितिका बीच संघर्ष गर्दै अगाडि बढ्यौं
14.   प्रचण्डका परिवारको दवावले ल्ह्यारक्याल सभासद्
15.   बन्दूक साटेर क्रान्तिकारी बिहे
16.   जनता प्रति नेता कति जिम्मेवार
17.   त्रिभुवन विश्वविद्यालयका अधिकांश आंगिक क्याम्पस सुनसान
18.   चिनियाँका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य
19.   सेभेन समिट्स वुमेन्स टिम
20.   'हुस्' ! विमला : समय सन्दर्भ
21.   शोकाकुल सगरमाथा
22.   सगरमाथा आरोहणको क्रममा ज्यान घुमेका शेर्पाहरुको परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनु पर्दछ
23.   चालिश हजार रकम भरसक नलिनु होला सम्बन्धित शोकाकुलपरिवारहरुले,
24.   भौतिक संरचनामा लगानी र स्थानीय अवरोधको लहर
25.   मूलबासी आदिबासी जनजाति होईन, को हुन आदिबासी जनजाति ?
Results 86: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics