डा काले राईको जिवन संघर्षको कथा शुक्रवार, २०७२ भाद्र ०४ गते २२:५७

पाँचथर-जिल्लाका गनिएका मान्छेको नामको अग्रपन्तिमा एउटा नाम थियो। राई परिवार जन्मिएर पुर्वीय दर्शनका ज्ञाता बनेका स्वामी प्रपन्नाचार्यलाई जिल्लाको गहनाको रुपमा लिइएको थियो।
 
उनको शुक्रवार विहान निधन भएपछि जिल्लामा एउटा अग्लो नक्षत्र गुमेको अनुभुति गरिंदै छ। विहानै उनका तस्विर र भावपूर्ण श्रद्धान्जली लेखिएका पोष्टहरु फेसवुकमा पोष्ट हुन थाले।
 
पाँचथरको लालिखर्कमा १९८०सालको विजयादशमीमा जन्मिएका प्रपान्नचार्य पूर्वीय दर्शन ज्ञाता मानिन्थे। लालिखर्कको बरडाँडामा धम्वे राई र दिलमाया राईको सन्तानको रुपमा उनि जन्मिएका थिए।
 
जीवनभर पूर्वीय दर्शमा जीवन दिएका उनको निधन ८२ वर्षको उमेरमा भएको छ। पूर्वी पहाडको गरिव परिवारमा जन्मिएका काले राई विद्त्व प्राप्त गरी संसार भरी ख्याती कमाउनु चानेचुने कुरा थिएन। सानै देखि खेती किसानीमा लागेका काले राई अन्नत स्वामि प्रपान्नाचार्य बने। अध्यात्म दर्शनका विद्वान भई नाम सुवास फैलीएसँगै जिल्लामा उनको नाम उच्च स्थानमा राखिन्थ्यो।
 
लामो समय सम्म पिसाप र श्वासप्रश्वासको रोगले उनि पीडित थिए। तत्कालीन लालीखर्क हालको फिदिम नपाको मेचीरार्ज नजिकै उनले बाल्यकाल गोठालो गर्दै वितेको थियो। ध्यानी,तपिस्वी, योगि तथा विद्ववा प्रपान्नचार्यको निधनको खवर पाएसँगै जिल्लामा उनको योगदानको चर्चा हुन थालेको छ। पूर्वको ग्रामिण जनजिवनवाट हुर्किएर स्थापित गहनाको अन्त्यले जिल्लावासिलाई मर्माहत तुल्याएको बताउँछन पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले।
 
विसवर्षसम्म अक्षरसँग साईनो नगासिएका उनले तत्कालीन विभेदलाई चिर्दै सफलता हासिल गर्न सफल भएका थिए। भारतको वनारस,हरिद्वार र ऋषिकेश हुँदै विभिन्न आश्रममा गएर सस्कृत शिक्षाहासिल गर्नु कालेराईलाई त्यति सजिलो थिएन। उ वेलाको जटिलता चिर्दै यो स्थानमा आउनु चानेचुने कुरा थिएन उनीसँगलामो संगत गरेर पुस्तक प्रकासन गर्न लागेका सेवानिवृत्त शिक्षक विष्णु श्रेष्ठको भनाई छ। चरम जटिलता छिचोलेर संसारमा आध्यात्मिक परिचय स्थापना गर्न ठूलो जटिलता थियो तर त्यो सभ्वन गर्ने एउटा अलौकिक मान्छेको रुपमा उनलाई लिनु पर्ने श्रेष्ठको भनाई छ। वाहुनले मात्र सस्कृत भाषा पढ्नु पर्छ भन्ने अन्धविश्सा चिर्दै सफल भएका उनी एक उच्च पात्र थिए। जिल्लामा जन्मिएका चम्किलो नक्षत्रको निधनले जिल्लावासिलाई दुस्ख मा पारेको भनाई छ साहित्यकार प्रेम ओझाको।
 
गरिव परिवारवाट निस्किएर तीस वर्ष पछि अक्षर चिनेका दाईको निधनले ठूलो क्षती पुगेको उनका कान्छा भाई दुतवहादुर राई बताउँछन।
 
उनको सानोमा फरक फरक नाम राखिएको स्थानीय बुढापाका बताउँछन। उनको न्वारानमा किराँत पुरोहितले गुज्जे नाम राखिएको स्थानीय बुढापाका बताउँछन। उनलाई हजुरवा,हजुरआमा र आमाले काले भनेर वोलाँउने र मावली हजुरआमाले जगविरे भनेर बोलाउने गरेको लालिखर्कका बासिन्दा बताउँछन।
 
जिज्ञासु स्वभावका उनी गाई, वस्तु चराउन जाने उनी सानै देखि भगवानको चित्र, मुर्ती बनाएर खेल्ने गरेको स्थानीय सुनाउँछन। पुराण सुनाएको देख्दा पढ्ने इच्छा गर्दा राईले शास्त्र पढ्न नहुने भन्दै गाली खाए पछि उनलाई त्यस प्रति रुची बढेको थियो।
 
प्रपन्नाचार्यको जीवनमा आधारीत पुस्तकको तयारी गरेका श्रेष्ठका अनुसार पाँचथर दक्षिणी रवि बजारमा नामुद किराँती पद्यमलालकोमा करिव ६ महिनाको वसाईपछि ताप्लेजुङ घर भएका दामोदर खतिवडा पण्डीतसंग उनी वनारस पढ्न गएका थिए। विभिन्न ठाँउमा गएर काम गरेका उनले २००७ मा झापामा गोठालो भएको पाइन्छ। २००८ मा सुनसरी गएका उनी रवि ९पाँचथर० फर्किएर मुढेगाउँका पद्मलाल र्राईका छोरा कृष्ण र्राईकहाँ बसोबास गर्थे।
 
ुविस २०१० साल असोज महिनामा एक रुपैँया भारु बोकेर वनारसका लागि वाटो लागेका काले गोरखपुरवाट पण्डित खतिवडासँग छुटे अनिमथुरा,विन्द्रावन,अयोध्याको यात्रा गर्दै वनारस पुगे पाइन्छु श्रेष्ठले पुस्तकमा उल्लेख छ। हरिद्वार,ऋषिकेष,यमोत्तरी,वद्रीनाथ, जस्ता स्थानको भ्रमण सकेर इस्वी सम्वत १९५९ मा स्वामी सच्चिदानन्द आदर्स सस्कृत महाविद्यालयवाट सस्कृत विधाको औपचारिक अध्ययन शुरु गरका थिए। १९६६ वराणसीवाट प्रमाणपत्र तह,विश्वनाथ गुरुकुल संस्कृत कलेजवाट शास्त्री र उदाशिन सस्कृत कलेज मृघाट वराणशीवाट एमए ९आचार्य० सम्मको औपचारिक अध्ययन पुरा गरेका थिए। सन् १९८० भारतवाट बेदमा के छरुभन्ने विषयको सोधमा डाक्टर उपाधि दिईएको थियो। नेपाल फर्किएर उनी ज्ञान बाढ्नमा लागिपरे। उनका विभिन्न कृति प्रकाशित छन। पूर्वी पहाडको गरिव, अशिक्षा, अन्धविश्वास छिचोल्दै घरवाट निस्किएर विद्वान भएका उनको संघर्षको कथा रोकच छ। उनी विद्वान भएपछि गृह जिल्ला कम आए। रविको स्वर्गद्वारी मन्दिर उद्घाटनमा उनी आएका थिए। विस २०४९ मा अस्थायी र २०५५ सालमा स्थायी राजपरिषद सदस्य भएका थिए। उनी दुई पल्ट स्थाई राजपरिषद सदस्य भएका थिए।
 
वेदमा के छरु प्राचीन हिन्दु विज्ञान, प्राचीन किराँत इतिहास, किरातहरु मंगोलियाबाट आएका शरणार्थी होईनन, मानवअधिकार भनेको के होरु केही सत्य केही असत्य, के ईश्वर छरु, मन्मतिलहरी, महागुरु फाल्गुनन्दको जीवनी, करफोक स्वामीको जीवनी, योगी नरहरिनाथ अभिनन्दनग्रन्थ, काले र्राईका क्वाटी कविता, श्री दयाल र्राईको जीवनी, अञ्जनादेवीको जीवनी, मेरो जीवनयात्रा र कटु अनुभव, र्स्वर्गपुरी रविदेखि युरोपसम्म, लण्डनमा विश्वहिन्दु महासंघको बैठक, एकसय छत्तिस सम्प्रदाय, मिल्केका झिल्का, शास्त्रीय संगीत, के महिलाहरुले वेद पढ्नुहुन्छरु, किरातेश्वर सन्देश, रवि सन्देश, जोसमनि स्मारिका लगायतका कृति प्रकाशन भएका छन्। अंग्रेजीमा माईसेल्फ इज गुड, ह्वार्ट ईज रिलिजन, रिलिजन अफ कम्पेरेटिभ स्टडी प्रकाशित भएका छन।
नागरिक दैनिक
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: ब्लग
1.   ब्रत बस्दा ध्यानपर्ने कुराहरु
2.   आज सोलुखुम्बेको सदरमुकम आसपास देखिएका तस्विरहरु
3.   डा काले राईको जिवन संघर्षको कथा
4.   १५ असारको सम्झना .....
5.   कुटनीतिक मर्यादा बिर्सदै नेपाली दूतावास मलेसिया
6.   अब टुईटरबाट ग्रुप च्याटिङ् र भिडियो शेयर गर्न मिल्ने
7.   गुरुजीको गन्गन
8.   फरक आन्दोलनका एक जोडी सिपाही
9.   बुढेसकालमा काम खोज्दै ७२ वर्षीया आमै
10.   पहिचन र सङ्घीयताको अवश्यकता छ कि छैन ?
11.   बन्दको प्रवाह नगरी भोट हाल्न गाउ फर्कदै सर्बसाधारण
12.   कमाउने बाटो दोस्रो संविधानसभाको निर्वाचन
13.   को जिम्मेवार ?
14.   अधिकारी दाम्पती फेरी आमरण अनशनमा,दम्पतीको अवस्था नाजुक
15.   युवा विदेशिंदा आवादी जग्गा बाँझै
16.   बाबुआमाले फेसबुक चलाऊन नदिदा एक किशोरीले गरे आत्महत्या
17.   मुग्लिङमा बस खस्यो, ३ जनाको मृत्यु
18.   खुम्जुङकी कान्छीका हिमाली पाइला
19.   आठ वर्षदेखि हिंसाको चपेटामा
20.   बुढेसकालमा पनि छाडेन ढाकर र तोक्माले
21.   गोर्खाली सैनिकलाई बेलायती सरह हक दिलाए
22.   सवारी दुर्घटना र महेन्द्र गौतमहरूको पीडा
23.   अधिकारी दम्पतीको अनशन
24.   बीचमै पढाई छाड्छन् कोशीपारीका थुप्रै बिद्यार्थी
25.   सिपको सदुपयो गर्ने नया तरिका
Results 76: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics