एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको........ बुधवार, २०७२ असार १६ गते २३:२६

असार १६ / काठमाडौ - मंगलबार असार १५ मा काठमाडौंको मूलपानीमा आयोजित रोपाईं कार्यक्रममा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भनेर कृषि मन्त्री हरिप्रसाद पराजुलीको आलोचना भइरहेको छ । उनकै पार्टी एमालेका नेताहरुले उनको व्यवहारको आलोचना गर्दै कारबाहीको माग गरिरहेका छन् । तर, मन्त्री पराजुली भने आफूले कुनै गलत नियतले त्यस्तो काम नगरेको दाबी गर्छन् । बुधबार साँझ मन्त्री पराजुलीसँग गरेको कुराकानी :
 
आज त निकै व्यस्त हुनुभयो होला है ?
 
व्यस्तै भएँ । बिहान चिया सहकारी संघको गोष्ठीमा प्रमुख अतिथि भएर भाषणभूसणमा लागियो । त्यसपछि त तपाईं मिडियाका साथीहरुको फोन उठाउँदै यताउता (नेताका निवास) जाँदै ठीक्क भयो ।
 
हिजो मूलपानीमा भएको चाँहि के हो मन्त्रीज्यू ?
 
राष्ट्रिय धान दिवसमा हिलो खेल्न भनेर उहाँहरुले बोलाउनुभयो । सुरुमा उद्घाटन भाषण गरें । पाँच मिनेट भाषण गरेपछि मैले ‘तपाईंहरु हिलो खेल्न भनेर उपस्थित हुनुभएको छ, मैले लामो भाषण गरें भने पट्यार लाग्छ, त्यसैले अब रोपाइँ गर्न जाऊँ’ भनेर भाषण टुंग्याएँ । सुरुमा मेसिन चलाइयो । बिऊ रोपियो । हिँड्न लागेको थिएँ । उहाँहरुले नै ‘अब कहाँ जान पाइन्छ ? गावो हाल्नुपर्छ’ भन्नुभयो । त्यसपछि गावो हाल्न गइयो । थोरै बिऊ लिएर जानुपर्छ भनेर हिँड्न लागेको थिएँ । फेरि ‘फोटो खिच्नुपर्छ, कहाँ भाग्न पाइन्छ ?’ भन्नुभयो । ‘अघि चाहिँ कुराउने अहिले जान पाइन्छ’ भन्नुभयो । त्यहाँ भएका महिला दिदीबहिनी, पुरुष महिलाले को को हुनुहुन्थ्यो मलाई नै उहाँहरुले सुरुमा लुथ्रुक्कै पार्नुभयो । भाग्न खोज्दा एकजना पुरुष लडे, म पनि लडें । लडेपछि महिला दिदीबहिनीले डिलमा बसेर फुत्त फुत्त माटोले हान्न थाल्नुभयो ।
 
त्यसपछि मैले उहाँहरुलाई हिलो खेल्ने भए ल सबै जाउँ भनें । हिलो खेल्ने भए सबैले खेलौं भनें । कतिले मान्नुभएन । उसो भए माटाको टिको लाऊँ भनें त्यो पनि मेरै गालामा दलिदिनुभयो । एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको थियो । मैले ल जाऊँ न जाऊँ भनें । त्यसैलाई स्क्यान्डल बनाएर ‘लौ मन्त्रीले अभद्र व्यवहार गर्‍यो भने’ । अभद्र व्यवहार गरेको भए त्यहाँ भएका तीन हजार /साढे तीन हजार हाँसिरहनुभएको थियो । मन्त्रीले यस्तो अभद्र व्यवहार गर्‍यो भनेर हप्काउनुहुन्थ्यो होला । केही भन्नु भएन त । अहिले त दुइटै कृषक समूहले विज्ञप्ती नै निकालेर गलत प्रचार भयो, रमाइलो गरिन्थ्यो, गरिएको थियो भन्नुभएको छ ।
 
म मन्त्री नहुँदा पनि अखिल नेपाल किसान महासंघले हिलो खेल्ने र धान रोप्ने काम गथ्र्यो । म किसान महासंघको प्रतिनिधि भएकाले आफ्नै ठानेर उहाँहरुलाई त्यस्तो व्यवहार गरेको हो । कुनै गलत नियत र गलत इच्छाको लागि गरेको होइन । अनि मिडियाले यसरी उचालिदियो कि, फोटोका क्लिप यसरी–यसरी–यसरी–यसरी ढल्काएर देखाइदियो । राम्रा फोटा पनि थिए नि । ग्रुप फोटा थिए । सबै जम्मा भएका मानिसहरुले मलाई बीचमा राखेर खिचेका फोटा राखेनन् । अनि जाऊँ रोपाइँमा भनेका कुरालाई मिडियाले राखिदिए । कसैलाई आघात पुगेको छ भने क्षमाप्रार्थी छु, तर त्यस्तो नियत राखेको थिएन ।
 
तर, तपाईं फर्की फर्की महिलामाथि हात हालेको भिडियो देखिएको छ नि ?
 
मैले एकजना दिदीलाई ल गइदिऊँ न । तपाईं हिँडेपछि मात्रै अरु आउँछन् भनेर विनम्रतापूर्वक अनुरोध गरेको हो, त्यो चाँहि आएन । कम्मरमा हात लगाएर उ गरेको चाहिँ आयो । उहाँ अग्लो, म होचो । कृपया गइदिउँन भन्ने कुरालाई चाहिँ फोकस गरियो ।
 
तपाईंकै पार्टीका नेताहरुले मन्त्रीले पदीय मर्यादा ख्याल नगरेको भन्नुभएको छ नि ?
 
मैले कुनै पनि मनभावनामा गलत गरेको छु, तलतलका टिनएजर भएको भए हुन्थ्यो, बुढापाका दिदीबहिनीहरुलाई नै रिक्वेस्ट गरेको छु । त्यस्तो बुझाइ बिल्कुलै बेठीक बुझाइ हो ।
 
अधिकारवादीहरुले मन्त्रीले सार्वजनिक स्थलमा महिलामाथि दुर्व्यवहार गरे भनेका छन् नि ?
 
तीन तीन हजार भएका ठाउँमा मैले जोरजुलुम गर्ने, उहाँहरुले प्रतिकार गर्ने भएको भए महिला हिंसा हुन सुहाउने कुरा थियो । सबैजना रमाइलो मुडमा हुनुहुन्थ्यो ।
 
यस विषयमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमले तपाईंसँग प्रष्टिकरण लिनुभएको छ ? के कुरा भयो ?
 
मैले तपाईंलाई जे अहिले जे भनें यथार्थ भनेको छु । म एक्लै थिइनँ । मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुखहरु हुनुहुन्थ्यो । मैले उहाँहरु (ओली र गौतम)लाई यहि भनें । होलीमा रंग खेलिन्छ, असारमा हिलो खेलिन्छ । त्यहि आधारमा गरिएको हो । पहिले किसान महासंघको सचिव भएकाले किसान दाजुभाइ दिदीबहिनीहरु घर परिवारका जस्तै लाग्छ । उहाँहरुले पहिले पनि बोलाउनुहुन्थ्यो । फरक के भयो भने यसपालि मन्त्री भएकाले बढी फोकस गर्‍यो मिडियाले पनि । खै त्यस्त्रो हिलो खेलियो एउटै फोटो आएन मिडियामा ।
 
पहिले यस्तो गतिविधि भएको थिएन होला नि मन्त्रीज्यू ?
 
त्यतिबेला किसान महासंघको रोपाइँमा तानेरै ल्याइन्थ्यो । निवेदन गरें । निवेदन गर्दा पनि मान्नुभएन खेतको आलीमा ल्याएर धकेल्देको त छैन नि कसैलाई ?
 
यस प्रकरणमा क्षमा माग्नुपर्ने कुरा धेरैतिरबाट आएको छ । तपाईं के भन्नुहुन्छ ?
 
धान रोपाइँलाई शुद्ध मनसायनका साथ उत्सवका रुपमा मनाउने हो । म कसैलाई आघात त पुर्‍याउनै चाहन्न । रमाइलो भन्दैमा कसैलाई दु:खी बनाउने त होइन नि । तर, कसैलाई आघात पुगेको छ भने क्षमाप्रार्थी छु । ईकान्तिपुर
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता
1.   ‘बीस वर्षको उमेरमा बीस हजारबाट व्यवसाय सुरु गरेँ’
2.   चित्रकार तथा समाजसेवी बि.बि.खालिङ
3.   एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको........
4.   जहाँ समय दिन सकिन्न त्यहाँ प्रेम फ़स्टाउँदैन (डोल्मा शेर्पा)
5.   ५ कक्षा देखि नै गीत गाउन थालेकी थिए : शेर्पा गायिका पेम्बा छोटी शेर्पा
6.   एकल एल्वम लिएर आएको छु, स्रोताहरुले मायागरिदिनुस भन्न चाहन्छु
7.   कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो !
8.   बाकी रहेको समय समाजसेवामा बिताउछु् : आङ कामी शेर्पा
9.   नेपाली संगीतलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ - गायिका एन्जेला सिं श्रेष्ठ
10.   सोलुबासीको सेवा गर्न स्वतन्त्र उम्मेद्वारमा उठेको छु, : सोनाम छिरीङ शेर्पा
11.   त्यतिबेला म प्रधानसेनापति भएको भए राजतन्त्र जाँदैनथ्यो: रुक्मांगद कटवाल
12.   नेपालको भविष्य पर्यटन पेसामा छ: निमा नुरु शेर्पा
13.   शेर्पा जाति प्रति गर्व लाग्छ: युनाइटेड शेर्पा किदुकका अध्यक्ष आङ ग्याल्जेन शेर्पा ।
14.   व्यवसाय होइन संगीत, एउटा सिर्जना हो; टुपेन मगर
15.   हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ः फुपु छेम्पे शेर्पा
16.   दुःखबाट नै सुखलाई अंगाल्न सकिन्छ : गायक गोम्बु शेर्पा
17.   आरोहीहरुको गाउँ थामे, आप्पा शेर्पा
18.   सकारात्मक सोच लिएर हिडे अवश्य सफलताको शिखरमा पुग्न सकिन्छ, चर्चित गायक मिङमा शेर्पा
19.   यसकारण पद त्याग गरें : बाबुराम भट्टराई
20.   संबिधान सभाको चुनाव एउटा नाटक मात्र हो, चुनाव सम्भब छैन: पासङ् शेर्पा
21.   मेहेनत र परिश्रम गरे अवश्य फल प्राप्त गर्न सकिन्छ । सिए पासाङ दोर्जी शेर्पा
22.   बिदेशी कम्पनिलाई नेपालमा ट्रेकिङ चलाउनु दिनुहुदैन:जिम्बा जाङ्बु शेर्पा
23.   पहिलो शेर्पा गायक भएकोमा मलाइ गर्व लाग्छ ।
24.   सोलुखुम्बुमा २१ करोड रकम जान बाँकी छ: महेन्द्र, टान अध्यक्ष
25.   सोलुखुम्बुको एसएलसी मर्यादित हुन्छ: जिशिअ
Results 59: You are at page 1 of 3

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics