१५ असारको सम्झना ..... मंगलवार, २०७२ असार १५ गते १४:४१

- हरिराम पौडेल 

हिजो जस्तै लाग्छ असार १५ मा गैह्रीखेतमा रोपाई गर्दा उनी संग दोहोरी गाउदै रोपाइ गरेको, तर आज एक दशक विति सकेछ, १५ असारको दिन, विहान देखि नै सिमसिम पानी परिरहेको थियो, आजैको दिन हाम्रो पनि रोपाई राखिएको थियो, खेतालालाई निम्ता गर्न पनि म आफै गएको थिए, १० १५ जना खेतला निम्त्याइएका थिए, उनको घरमा पनि निम्ता भन्न म नै गएको थिए, हाम्रो रोपाइमा तिमी नै खेताला आउ न है भन्ने मेरो आग्रहलाई लज्ज्ालु पाराले उनले स्विकारेकी थिइन् ।

उनी रोपाइमा आउने आश्वासनले मलाई १५ असारको व्यग्रताको साथ प्रतीक्षा थियो, कतै उनी आउदिनन् कि भन्ने मनमा आएका तरंगलाई उनले बचन दिइ सके पछि त पक्का आउलिन् भन्ने विश्वासले जित्दथ्यो, १५ असारको रातभर उनलाई सम्झे, उनी रोपाइमा आउलिन् अनि मज्जाले उनी संग दोहोरी गाएर हिलो खेलौला, मनका कुराहरु बाडौला भनेर मन भरि कुरा खेलाइ रहे, कुखुरा बासेको आवाजले विहानी हुनै लागेको अभास मिल्यो, अव त केहि बेर निदाउन पर्छ भन्ने लाग्यो, तर उनको यादले निन्द्रा आखाबाट कता हरायो कता, विहानी भयो, उज्यालो किरण विस्तारै कोठामा पस्यो, रातभरी नसुतेको आखा लिएर उठ्न बाध्य भए, उनको याद मन भरि अझै छदै थियो, अव भने म १० बजेको प्रतीक्षामा बस्न थाले, खाना खाने बेला पनि भयो, मलाई खाना खाएर खेतमा जान हतार भइ सकेको थियो, ९ बजे नै खाना खाएर उनको घरको बाटो खेतमा झर्दै थिए उनी आगनमा केहि काम गर्दै रहिछिन्, मैले इसारा गरे, उनले पनि इसारामा नै पछि आउने संकेत दिइन् ।

उनको इसाराले म ढुक्क भए, गोरु, हली, बाउसे, ब्याडे र रोपहार भन्दा पहिले नै म खेतमा पुगे, खेत पुरै पानीले भिजिसकेको थियो, सिमसिम पानी परिरहेको थियो, म खेतका गराहरुमा यताउती गर्दै थिए मान्छेहरु आउने क्रम सुरु भयो, म भने उनकै बाटो हेरिरहेको थिए, माथी चौतारोबाट अरु मान्छे संगै उनी पनि ओरालो लाग्दै गरेको देखे पछि मेरो मन एक पटक फेरी खुशीले रमायो ।

सबै जना आए पछि कामको बााडफााड भयो, म विउ ओसार्नेमा परे भने उनी रोपहारमा । हली दाईले गोरु नार्नु भयो, बाउसेहरु कोदालो लिएर खेत मिलाउन लागे, ब्याडे बीउ काड्न लागे, अनि रोपहारहरु खेत रोप्ने पोजिसन मिलाएर बसे, म बिउका मुठाहरु लिन तिर लागे, मैले बिउ लगेर दिए पछि रोपहारहरु रोप्न तिर लागे, म जति पटक बीउ लिएर जादा पनि उनी संग आखा जुध्थ्यो, म बीउको मुठालाई माथीबाट छयाप्ल्याङ्ग हुने गरी उनी नजिकै फल्थे, मैले फालेको बीउको मुठाले छ्ायपिएको हिलो उनको पिडौला भरि परथ्र्यौ, उनी म तिर फर्केर मसक्क मस्किन्थिन्, अनि अर्को मुठा बीउ पनि उनी तिर हुत्याउाथे, हिलो उनको अनुहार भरि पथ्र्यो, हिलो लपेतिएको उनको अनुहार हेरिरहन मन लाग्थ्यो मलाई, उनी हिलो हातले अनुहारको हिलो पुछेर अझ लत्पत्थाउथिन् अनुहारमा, हिलोले उनको सुन्दरतालाई अझ आकर्षक बनाउथ्यो, हिलोको विचबाट चम्केको उनको नाकको फुलीले मेरो मन त्यसै त्यसै कुतकुत्याथ्यो ।

उनी संगका अब्यक्त यस्ता क्रियाकलाप संगै खाजा खाने बेला भएको पत्तै भएन, घरबाट खाजा पनि आइपुग्यो, सबै जना खाजा खाने तरखरमा लागे, म पनि खाजा खान हात धोएर आए, उनी संगै बसेर खाजा खाने धोको हुदाहुदै पनि पुरा हुन सकेन ।



रहर त थियो उनी तिर जानलाई, तर पनि ग्रामिण समाजको आाखामा मेरो क्रियाकलापलाई अन्याथा लिन सक्ने सम्भावनाले मलाई रोक्यो, बेलाबेलामा चोर आाखा उनी तिर लगाएको चाही कसैले पत्तो पाएन, खाजा खाए पछि हिलो खेल्ने कार्यक्रम बन्यो, सबैले हिलो छ्यापाछ्प गर्दा कसैले कसैलाई चिन्ने नसक्ने भइयो, मैले उनलाई छ्यापेको हिलो उनलाई पर्न नभ्याउदै उनले पनि मलाई हिलो छ्यापिन्, त्यस पछि हाम्रो हिलो छ्याप्ने प्रतिष्पर्धा नै भयो, मेरो मुखभरी उनले हिलो छ्यापिन्, मैले पनि उनको जीउभरी हिलो छ्यापे, होलीको रंङ्ग झै उनको मुहारमा हिलो पोतिदिए, उनले रमाइलो मानिन्, कुनै प्रतिकार गरिनन्, प्रतिकार स्वस्प उनले पनि मलाई हिलोले मुहार पोतिदिइन्, हिलो पोत्ने क्रममै मैले उनको कानमा भने 'आइ लभ यु ' उनले लजाएर मुहार निहुराइन् मात्र, मैले बुझे उनले मेरो प्रस्तावलाई स्विकारिन् । 


उनले मेरो प्रस्ताव स्विकारेकीमा मेरो मन हर्षले गदगद् थियो । तन र मनमा छाएको मेरो खुशीको रौनक उनले सहजै बुझेकी थिइन् । 


त्यस दिन झमक्क साँझ परिन्जेल हाम्रो रोपाँई चलिरह्यो । रोपाई सकेर घर र्फकदा अध्यारो भईसकेको थियो, आकाशमा टम्म बादल लागेकोले जूनको उज्यालो धर्ती सम्म आउन सकेको थिएन, उनी र मेरो लागी यो स्वणिर्म अवसर बन्यो, गोरु हिंड्दा खुर बजेको र हली दाईले लट्ठी बजारेको आवाज संगै हामी एकअर्काको हात समातेर उधँेरी रातमा उकालो लाग्यौ ।

सधैं हिडेको बाटो भएकोले निष्पस्ट अध्यारोमा पनि सहजै पाइला अघि बढेका थिए, एकअर्काको साथले उकालो बाटोमा अझ सहज भएको थियो । बेलाबेलामा चम्कने जुनकिरीले अरुलाई प्रकाशको काम गरे पनि हामीलाई भने अप्ठ्यारोमा पारेका थिए, हामीले एकअर्काको सासमा सास मिलाएर हात समाएर हिडेको कसैले देख्यो भने त भोलीबाटै गाउँ छोड्न पर्ने परिस्थिति श्रृजना हुने निश्चित थियो ।

अव त उनको घर पनि आइपुग्नै लागेको थियो । एकअर्का बाट छुटि्टनु त छदैथियो, त्यसैले होला उनले अझ कसिलो गरेर मेरो हात समाइन्, छुटि्टन नपरे हुन्थ्यो भने उनको पनि मनमा रहेको भाव मैले सहजै बुझे, तै पनि छुटि्टनु त छदैथियो, उनको तगारो तिर पुग्नै लाग्दा सबैको आँखा छलेर उनको हात विस्तारै माथी उठाए, अलिकति नुहेर उनको हात चुमेर उनीबाट आफ्नो हात अलग्याए, उनले लजाएर मुन्टो निहुराइन्, उनको मुटुको धड्कन एक्कासी बढेको बाहिरबाटै प्रष्ट सुनिन्थ्यो । 

 

खेतमा धान संगै एकअर्काको मनमा रोपिएको हाम्रो माया पनि गाढा हुदै गयो, खेतमा पानी लगाउने बहानाले हाम्रो भेट नियमित हुन्थ्यो, खेतमा लाएको पानीले हाम्रो माया पनि सिञ्चित हुन्थ्यो ।

खेतमा धान बढेको हरियाली संगै हाम्रो माया पनि मौलाउदै गयो, धान गोड्ने बेलामा पनि हामी संगै भयौ, धान संगै हाम्रो माया पनि गोड्यौ, यदाकदा उमि्रएका झारपातहरु उखेलेर फाल्यौ, अव हाम्रो लागी एक अर्का विनाको जिन्दगी कल्पना भन्दा पनि बाहिरको कुरा भयो । 


दशैं र तिहारमा संगै रोटेपिङ्ग खेलेको सम्झना पनि मन भरी ताजै छ, एउटै पिर्कामा बसेर संगै मच्चिने रहर त थियो नि,
तर समाजको मर्यादा नाघ्न सक्दैन थियौ हामी, उनी र म समानान्तर पिर्कामा बस्यौ, मच्चिएको रोटेपिङ्गमा म झन मच्चिदिदाँ उनी बसेको पिर्का पनि मच्चिन्थ्यो, त्यसरी मच्चिदा उनी निक्कै डराउथिन्, उनी डराएको मलाई खुवै मन पथ्र्यो, म अझ मच्चिएर उनलाई डराइदिन्थे । 

 

तिहार सकिएर मंशिर लाग्नै लागेको थियो, उनले रोपेको धान खेतमा लहलह लहराइ रहेको थियो, केहि दिनमा धान काट्ने बेला हुदै थियो, हाम्रो धान काट्न पनि उनी नै मेला आउने चाँजोपाँजो मिलिसकेको थियो, मंशिरको दोश्रो साता धान काट्ने निधो भयो, धान काट्ने धेरै खेतलाहरु संग उनी पनि आइन् । एउटा ठुलो गरो हामी दुई जनाले रोज्यौ, उनी कुना तिरबाट म छेउतिरबाट धान काट्न कस्सियौ, बेलाबेलामा अनायासै हाम्रो आँखा जुध्थ्यो, त्यतिखेर उनी त्यसै त्यसै लजाउँथिन् । मध्यान्हमा चर्केको घामले उनको निधारबाट तपतप पसिना चुहिएको थियो, उनले लगाएको सेतो कुर्था पसिनाले लचप्प

भिजेको थियो, भिजेको कुर्था संगै उनको यौवन गुलाफ जस्तै फक्रेको थियो, उनी निकै राम्री देखिएकी थिइन् । धान काट्ने क्रममै हामीमा कसले धेरै काट्ने भनेर प्रतिष्पर्धा नै चल्यो, एकाएक उनले ऐया भनेको सुनेर म झस्के, म धान काट्दा काट्दैको करौती फालेर उनी नजिक पुगे, उनको वाँया हातको साइली औलाबाट भलभल रगत बगिरहेको देखे, मैले हत्तपत्त खल्तीबाट रुमाल झिकेर उनको औलामा बाँधिदिए, उनको रगत अनायासै खेर गएको र उनलाई दुखेको देखेर मेरो मन पनि नमीठो संग अमिलियो, मलाई आफ्नै हात काटेको आभाष भयो, उनलाई दुःख पुगेको म कहिल्यै देख्न सक्दिनथे, उनको दुखाई सापट लिन पाए पनि हुन्थ्यो जस्तो लागिरह्यो, अव हाम्रो प्रतिष्पर्धा रहेन, उनलाई विस्तारै धान काट्न आग्रह गरि उनको भाग समेत मैले काटिदिए । 

 

यहि मंशिरमा उनको घरमा विहेको चर्चा चलेको कुरा उनले मलाई निन्याउरो अनुहारले सुनाइन्, मैले हामी एकअर्कालाई मन पराएको कुरा नडराइकन घरमा राख्न आग्रह गरे, उनले डराइ डराई आफ्नो कुरा राखिछन्, मेरो र उनको परिवार विच हाम्रो विहेको चर्चा चल्यो !

म पनि गाउँघरमा असल आचरण भएको कहलिएकोले सहजै हाम्रो विहेको टुङ्गो लाग्यो, हाम्रो माया उत्सर्गमा पुगि सफल हुन लागेकोमा हामी दुवै दंग थियौ, त्यहि मंशिरमा हाम्रो विहे पनि भयो, अहिले उनी एउटी छोरीको आमा बनिसकेकी छिन् । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: ब्लग
1.   ब्रत बस्दा ध्यानपर्ने कुराहरु
2.   आज सोलुखुम्बेको सदरमुकम आसपास देखिएका तस्विरहरु
3.   डा काले राईको जिवन संघर्षको कथा
4.   १५ असारको सम्झना .....
5.   कुटनीतिक मर्यादा बिर्सदै नेपाली दूतावास मलेसिया
6.   अब टुईटरबाट ग्रुप च्याटिङ् र भिडियो शेयर गर्न मिल्ने
7.   गुरुजीको गन्गन
8.   फरक आन्दोलनका एक जोडी सिपाही
9.   बुढेसकालमा काम खोज्दै ७२ वर्षीया आमै
10.   पहिचन र सङ्घीयताको अवश्यकता छ कि छैन ?
11.   बन्दको प्रवाह नगरी भोट हाल्न गाउ फर्कदै सर्बसाधारण
12.   कमाउने बाटो दोस्रो संविधानसभाको निर्वाचन
13.   को जिम्मेवार ?
14.   अधिकारी दाम्पती फेरी आमरण अनशनमा,दम्पतीको अवस्था नाजुक
15.   युवा विदेशिंदा आवादी जग्गा बाँझै
16.   बाबुआमाले फेसबुक चलाऊन नदिदा एक किशोरीले गरे आत्महत्या
17.   मुग्लिङमा बस खस्यो, ३ जनाको मृत्यु
18.   खुम्जुङकी कान्छीका हिमाली पाइला
19.   आठ वर्षदेखि हिंसाको चपेटामा
20.   बुढेसकालमा पनि छाडेन ढाकर र तोक्माले
21.   गोर्खाली सैनिकलाई बेलायती सरह हक दिलाए
22.   सवारी दुर्घटना र महेन्द्र गौतमहरूको पीडा
23.   अधिकारी दम्पतीको अनशन
24.   बीचमै पढाई छाड्छन् कोशीपारीका थुप्रै बिद्यार्थी
25.   सिपको सदुपयो गर्ने नया तरिका
Results 76: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics