चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा विहिवार, २०७२ असार १० गते १६:५५

सुरज राई – भनिन्छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । तर, यस्ता मानिस पनि हुँदोरहेछ, जो धन र मन दुवै भएका । उनी हुन्, सोलुखुम्बु, चौरीखर्क स्यामाका पेम्बाछिरी शेर्पा । त्रिचालिस वर्षीय पेम्बा हाल अमेरिका कोलोराडोमा बस्दैआएका छन् । हालै गएको महाभूकम्पले गरेको विनासबारे सुन्दा अमेरिकामा निदाउनै सकेनन् उनी । उनलाई आप्mनो देश र गाउँको यादले सताईरह्यो । 
 
“पारी डाँडाको अउ(काका) लाई के भयो होला ? बिचराको घर पुरानो थियो । मैले पढेको स्कूल भूकम्पले भत्कियो कि ? सँगै हुर्केका दाल्जा (साथी) र घरपरिवार स–कुशल होलान् कि नहोलान् ?” यस्तै कुराहरुले मन पोलेपछि पेम्बाले अमेरिकामा रहेका साथी–भाइहरुलाई हारगुहार गरे । आप्mनो ठाँउका लागि आर्थिक सहयोग मागे । गरेपछि नहुने के छ र ? छोटो समयमै लगभग एक करोड बैसट्ठी लाख रुपैयाँ जम्मा भईहाल्यो । त्यै रकमको लिएर नेपाल फर्के ।
 

लगभग दुई दशक लामो समय अमेरिकाजस्तो यान्त्रिक शहरमा बसेर पनि पेम्बाले आफ्नो पहिचान बिर्सेका रहेनछन् । र त, ढिंडो (सेन), उसिनेको आलु र टिमुर (एरमाङ) खान अझै उत्तिकै रुचाउँछन् । हरेक ठाउँमा टसी देलेक्, थाङ्बु आदि सहज तरिकाले भनिरहेका हुन्छन् । कुराकानी गर्दा पनि शेर्पा भाषामै गर्छन् । चिनेका र आफन्तहरुलाई भेट्यो कि सन्चो–बिसन्चो सोधिहाल्ने उनको बानी छ । सानो–ठूलो, धनी–गरीब, कामी, राई, शेर्पा सबै चिनेकासँग रामै्र व्यवहार गर्ने उनलाई हेर्दा सरल देखिने उनी भलाद्मी स्वभावका छन् ।
 

तेईस वर्षको उमेरमा नेपाल छोडेका पेम्बा चौरीखर्क मा.वि.मा चार कक्षासम्म मात्र अध्ययन गरेका छन् । तर, अहिलो उनी अमेरिकामा पाईलट छन् । उनको आप्mनै निजी विमान छ । उनलाई पढाउने चौरीखर्क माविका प्रअ बिरुमान राई भन्छन्, “पढाईमा खासै ध्यान नदिने विद्यार्थी थिए पेम्बा । बरु निकै चकचके थिए” । साथीभाइहरु पनि पेम्बा चकचके नै भएको बताउँछन् । तर, ऊ बेलाको चकचके पेम्बा अहिले ‘कोलोराडो पेम्बा’ को नामले चर्चित छन् । 
 


सानोमा आफ्नो गाउँ स्यामाबाट विद्यालय चौरीखर्क आउँदा–जाँदा करीब तीन घण्टा हिड्नुपथ्र्यो । त्यसबेला निकै दुःख पाएकोले उनले एउटा पुल निर्माण गरेका छन् । अहिले भने त्यहाँका विद्यार्थीहरुलाई करीब आधा घण्टा मात्रै लाग्ने भएको छ । अहिले उनी आफैले बनाएको पुल हेरेर मक्ख पर्छन् । सोच्छन्, “आपूmले दुःख पाएपनि अरुले दुःख नपाउने भए । आफ्नो ठाउँको लागि राम्रै गरेछु ।” 
उसँगै आएका ट्वीटरका निर्देशक ग्रेग पुल हेर्दै तारिफ गर्छन्, “ग्रेट् !” 
 
वास्तवमै उनको यो महत्वपूर्ण योगदान हो । पेम्बाजस्तो हजारौ मनिस छन् प्रवासमा । तर, ‘आप्mनो गाउँ–ठाउँका लागि सम्झेर केही गरौ’ भन्ने साेंच सायदै कमैमा होलान् । र त, गाँउलेहरु पेम्बालाई भेट्नासाथ खादा ओडाएर सम्मान गर्छन् । जता पनि उनलाई ‘सोल्जे से’ भन्छन् । पेम्बा दङ पर्छन्, “साच्चै नै गाँउका लागि मैले केही गरेको रहेछु ।’ अझै धेरै काम गर्ने सोंच रहेको बताउँछन् । गाउँमा मात्रै नभएर अमेरिकामा समेत उनले धेरै नेपालीहरुलाई आप्mनो रेष्टुरेन्टमा रोजगारी दिएका छन् । भविष्यमा नेपालको चियापत्ती अमेरिकामा लगेर उद्योग खोल्ने उनको योजना छ ।
 

बहत्तर साल, बैशाख बाह्र गते गएको महाभूकम्प र उनन्तीस गते गएको पराकम्पनले चौरीखर्क गाविसमा भएकोे क्षतिको विवरण बुझेर उनले करीब एक करोड नगद र बैसट्ठी लाख बराबरको राहत सामाग्री लिएर आएका थिए । बहत्तर साल, असार चार गते शुक्रबार चौरिखर्क मा.वि.को प्राङ्गणमा दुई सय उनन्साठी घर धुरीलाई नगद बीस–बीस हजार वितरण गरे । जसमा चौरीखर्क गाविसका सबै दलितहरुलाई एवं पूर्ण क्षति भएकाहरुलाई प्रदान गरे । नेपाल सरकारको एकद्वार प्रणालीका कारण राहत समग्रीहरु तुरुन्त वितरण गर्न भने नसकेकोमा  उनले दुःख व्यक्त गरे । तर पनि बाँकी राहत समाग्री छिट्टै निकालेर चौरीखर्कमा वितरण गर्ने बताएका छन् । नेपाल सरकारले भने तीनसय पचास जनालाई पूर्ण क्षति भएका घरलाई  पन्ध्रहजार रुपैयाँ र दश केजी चामल बाँडेका छन् । त्यसैगरी आँशिक क्षति भएका दुई सय पचास घरलाई राहतस्वरुप नगद छिट्टै बाँड्ने योजना भएको उनले बताए । राहतको लागि जोरसल्लेमा एक भरियाको ढुङ्गा झरेर मृत्यू भएको गाविस सचिव हरिलाल विकले पेम्बालाई जानकारी दिए । पेम्बाले दुईसय उनन्साठी जनालाई मात्र राहत वितरण गरे । घर पुननिर्माण गर्न सक्षम भएकाहरुलाई र अमेरिकामा आफन्त भएकालाई भने प्रदान गरेनन् । यो सम्पूर्ण विवरण निकाल्न फराक किदुगका सदस्यहरु लामा सार्की शेर्पा र छोङ्बा शेर्पाले सहयोग गरेका थिए ।





 
पेम्बा छिरिङ शेर्पाले गरेका यस्ता कार्यहरु चौरीखर्क गाविसको पुनः निमार्णमा सहयोग पुग्ने त्यहाँका स्थानीयवासीले लिएका छन् । यस्ता उदाहरणीय कार्यले भविष्यमा हुने विपत्तिमा पनि सहयोग पाउने र सहयोग गर्ने सिलसिलाको विकास हुनेमा विश्वास लिन सकिन्छ । यस्ता व्यक्ति नेपालमा थपिदै जाने हो भने देश विकास हुनमा धेरै समय नलाग्ने रहेछ । धन भएर मन हुने व्यक्तिसँग मैले केही समय बिताउन पाउँदा निकै खुुसी लागेको छ ।

Photo : Prabhakar Pokhrel & Suraj Rai

 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics