किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई मंगलवार, २०७२ असार ०७ गते १०:३६

असार ८  / न्युयोर्क— शेर्पा किदुगद्धारा आयोजना गरेको सातौ गल्फ प्रतियोगिता '' किदुग गल्फ एनावल च्याम्पियनसीप '' को उपाधी छिरिङ छोम्पेल शेर्पाले जितेका छन । विभिन्न मुलुकका ३९ जना गल्फ खेलाडीहरु वीच भएको प्रतियोगितामा उनले यस वर्षको उपाधी जित्न सफल भएको हो । १९ देखि तलको लो ह्याण्डीक्याप र  २० देखि २८ सम्मको हाई ह्याण्डीक्याप गरि दुई समुहको वीच प्रतियोगिता भएको थियो । छोम्पेलले दुबैमा जितेका हुन । त्यस्तै हाईह्याण्डी क्याम्प समुहमा ल्हाक्पा लामा प्रथम भएका थिए भने दितिय जिग्मे दाढुल र तृतिय मिङमा टासी भएका थिए । उक्त समुहमा क्लोजेष्ट पिन मिङमा टासीले जितेका थिए भने लङगेष्ठ ड्राइभमा ल्हाक्पारिन्जी शेर्पाले जितेका थिए । 

 


त्यसैगरि लो ह्याण्डीक्यापमा छिरिङ छोपेल प्रथम भएका थिए भने पेमा दोर्जी भुटान दितिय र देचेन वाङदी भुटान तृतिय भएका थिए । यस अन्र्तगत क्लोजेष्ट पिनमा आङछिरि शेर्पाले जितेका थिए भने लङगेष्ट पिनमा पेमदोजी भुटानले जितेका थिए । त्यसैगरि विना ह्याण्डीक्याम्प राम्रो अंक प्राप्त गर्नेमा सोनाम डब्लु केसाङ थिए । यस अघि जिमिनद्धारा आयोजित गल्फ प्रतियोगितामा हाईहृयाण्डीक्पाप तर्फ ल्हाक्पा रिन्जी शेर्पा र लो हृयाण्डीक्याप तर्फ पासाङ लामाले जितेका थिए ।गल्फ प्रतियोगितामा विजेता खेलाडीहरुलाई किदुृगद्धारा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेका थिए । किदुगको आफनो गुम्बामा आयोजित कार्यक्रममा पुर्व राजपरिषद स्थायी समितिका सदस्य लामा पासाङ शेर्पाले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

 

 

प्रतियोगितामा सहाभागी भुटान, तिब्बत र नेपाली खेलाडीहरुलाई किदुगका अध्यक्ष दावा जाङबु शेर्पाले खादा लगाई धन्यवाद दिदै आगामी दिनमा पनि सहाभागीको लागी अनुरोध गरेका थिए । किदुगले सन २००७ देखि हरेक वर्ष शेर्पा किदुग गल्फ प्रतियोगिता आयोजना गदै आएको महासचिव आङ जाङबु शेर्पाले बताए । यसका साथै आगामी सेप्टेम्बरको पहिलो हप्ता दुई दिन न्युर्योकको नेपाली समुदायका विभिन्न सस्थाहरु वीच फुटबल र भलिबल प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएका थिए ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेशमा सोलुखुम्बु
1.   किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई
2.   सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न,
3.   टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन
4.   हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन
5.   हिमाल चढाउने केटी
6.   अमेरिकामा सोलुखुम्बुका ५ वर्षे बालकले जिते दुई स्वर्ण ।
7.   प्रेरणाकी आमा सुकु राई
8.   न्युयोर्कमा सोलुखुम्बु
9.   सोलुका विद्यार्थीलाई अमेरिकामा अवार्ड
10.   नेपालीद्वारा अस्ट्रेलियामा सगरमाथा र वुद्धको प्रचार
11.   क्यालिफोर्नियामा ल्होसार कार्यक्रम
12.   मलेसियामा सोलुको डाक बहादुर बेपत्ता

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics