जहाँ समय दिन सकिन्न त्यहाँ प्रेम फ़स्टाउँदैन (डोल्मा शेर्पा) आइतवार, २०७२ जेष्ठ ३१ गते २२:४५

सोलुखुम्बु को दुधकुण्ड नगरपालिका सल्लेरीमा जन्म भएकी अहिलेकि चर्चित उद्घोषिका डोल्मा शेर्पाले काठमाण्डौंलाइ कर्मथलो बनाएकी छन् । पारिवारिक बसाइ सराइसंगै उनि काठमाडौँ को बौद्ध मा बस्न थालेकी हुन् । युवा पुस्ताको रोजाइ मा परेकी एमसी डोल्मा शेर्पा आफैंमा एक एक सम्भावना बोकेकी उद्घोषिका हुन् उनमा उद्घोषक बाहेक पनि अन्य धेरै खुबी रहेको छ यसै सिलसिला मा रहेर उहासंग सुर्य चन्दले गरेको कुराकानी :
 
तपाईको जन्म थलो कुन ठाउँमा हो, अनि हालको बसाई कता छ ?  
मेरो जन्म थलो सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हो, र मेरो जीवनको पन्ध्रौ बसन्त सम्मको समय मैले सोलुखुम्बुमा नै व्यतित गरेँ तर पछि परिवारले नै बसाइ सराइ गर्ने निर्णय गरेको हुनाले त्यस पश्चात काठ्माण्डौ आए र बौद्धमा बस्न थालें । अहिलेको बसाइ पनि बौद्ध नै हो । जन्मथलो सोलुखुम्बु भएपनि काठ्माण्डौलाइ कर्मथलो बनाएको छु ।
 
अनि परिवारमा को को हुनुहुन्छ,  परिवारबाट  कस्तो सपोर्ट पाउनु भएको छ ?
 मेरो परिवारमा मेरा बुबा आमा अनि दुइ जना दाइहरु हुनुहुन्छ । दार्इहरु पढार्इको शिलशिलामा विदेसिनुभएको छ, यहाँ चाहिँ म र बुबाआमा मात्रै छौं । र रह्यो परिवारको सपोर्टको कुरा, सपोर्ट त १००५ पाएको छु आज सम्म । पारिवारिक साथ र सपोर्ट  नभैदिएको भए म सायद गुमनाम हुन्थे होला, यो क्षेत्रमा नै हुने थिइन होला ।
 
गायक गायिका कलाकार, समाजसेवीहरुको धेरै संगत गर्नु हुन्छ कस्तो महसुस गर्नु भएको छ नि ?
आजकल बरु मेरो साथीभाई कता छन् भन्ने मलाइ पत्तो हुँदैन कामको व्यस्तताले तर कामको क्रममा दिनहुँजसो नै गायक गायिका,कलाकार, समाजसेवी, राजनीतिज्ञ इत्यादिसंग चाहि भेट हुन्छ र मलाई आफु एकदमै भाग्यमानि रहेछु भन्ने महसुस हुन्छ किनकि बाल्यकालमा जुन कलाकारहरुका चलचित्र हेरिन्थ्यो, जसका गीत सुनिन्थ्यो, आज उहाँहरुसंग नै एउटै क्षेत्रमा काम गर्ने मौका पाएकोछु । 
 
मिडिया क्षेत्र मा कहिले देखि प्रवेश गर्नु भयो ?
मिडियामा क्षेत्रमा प्रवेश गरेको दुइ वर्ष मात्र भयो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नु भयो?
प्रेरणाका स्रोतहरु त धेरै नै छन् तर , विशेष प्रेरणा चाहि मेरो आमाबाट मिल्यो।  बाल्यकालमा स्कुलमा हुने कार्यक्रमहरुमा भाग लिन्थे अनि स्टेजमा दुइ चार शब्द बोल्थे पनि, कहिले नाची पनि दिन्थे अनि यी यस्ता स्कुलमा हुने प्रतियोगितात्मक कार्यक्रमहरुमा आमा दर्शक बनेर कार्यक्रम हेर्न आउनु हुन्थ्यो अनि आमालाई खुशी बनाउन र धेरै माया पाउन डर लागे पनि जवरजस्ती स्टेजमा गएर बोल्ने प्रयास गरि नै रहे, बिस्तारै बोल्न एकदम सहज लाग्न थाल्यो । आमाको त्यहिं हौसला र मायाले आज स्टेज आफ्नो बेड भन्दा बढि कम्फ़र्टेबल लाग्छ, वहाँकै अपरम्पार मायाले उद्घोषक बनायो मलाई ।

अहिले सम्म कति ठाउँ मा कार्यक्रम संचालन गरीसक्नु भयो ?
अहिले सम्म मैले धेरै जिल्लाहरुमा  कार्यक्रम संचालन गरीसकें, त्यसको यकिन तथ्याङ्क नै भुली सकें तर मलार्इ लाग्छ मैले ३५/४०वटा भन्दा बढि जिल्लामा कार्यक्रम संचालन गरीसकें ।
 
आजकल केमा व्यस्त हुनुहुन्छ ?
अब आजकल चाहिँ म भूकम्प पीडितहरुको सहयोगका निम्ति आयोजित विभिन्न च्यारिटि शोहरु र बाल मैत्री सांगीतिक यात्राहरुमा व्यस्त छु अनि त्यस्तै गरेर मेरो ब्याचलर तेस्रो वर्षको परीक्षाको तयारीमा पनि व्यस्त छु ।
 
रंगिन क्षेत्रमा नयाँ आउन चाहने कलाकारहरुलार्इ के भन्न चाहनुहुन्छ ?
नयाँ आउने कलाकारहरुलाई कला क्षेत्रमा धेरै रुचि छ र कलाकारिता प्रस्तुत गर्न सक्ने दक्षता छ भने मात्र प्रवेश गर्नु होला, अरुले कुनै काममा सफलता प्राप्त गरेको देख्दैमा लोभीएर त्यहि क्षेत्रमा जवर्जस्ती प्रवेश नगर्नु होला भन्न चाहान्छु । किनकि आफू भित्रको क्षमता प्रयोग नगरी अरुले के गरे, अरु के गर्दा सफल भए भन्ने कुरालाई मात्र मध्यनजर गरी  त्यहि काममा हाम फाल्नु धेरै गलत हो। जन्मजातै ट्यालेण्ट कोहि हुँदैन, आफूलाई आफैंले निखार्नुपर्छ र मलाइ के लाग्छ भने हरेक व्यक्तिलाई भगवानले एउटा कुनै बिशेष गुण दिएकै हुन्छ र हामीले त्यसको पहिचान गरी सदुपयोग गर्न जान्नुपर्छ ।

मिडिया, उद्घोषण क्षेत्रमा प्रवेश गर्न कतिको  संघर्ष गर्नुभयो ?
 संघर्ष गरियो। मलाइ सानै देखि स्टेजमा गइ बोल्न धेरै मन पर्थ्यो त्यसैले मैले आफ्नो खुसीको लागि पनि कार्यक्रम संचालिका बन्नैपर्ने थियो तर सुरुवातमा त न म कसैलाई चिन्थे, न कसैले मलाइ चिन्थ्यो। आफ्नो परिवार, नातेदार कोहि थिएन यो क्षेत्रमा तर जसोतसो बाटो पहिलाएरै छाडें। एक दुर्इ जनाले बोल्ने अवसर दिए अनि मैले त्यो अवसरको सार्है होसियारी पुर्वक प्रयोग गरें, एकदम मिहेनत गरेर भोलि के बोल्ने भन्ने बारे रात भर सोच्थें अनि बिषय बस्तु सम्बन्धि अध्ययन गरेर कार्यक्रम संचालन गरें , सबैले खुबै प्रशंसा गर्न थाले। त्यस पश्चात् २ महिना पनि नबित्दै मलाइ आयोजकहरुले आफै बोलाउन थाले, मलाइ काम गरे बापत पारिश्रमिक दिन थालेअनि मैले यसैलाई आफ्नो पेसा बनाएँ ।
 
प्रेम प्रस्ताव कतिको आउँछ नि  ?
हाहा, प्रेम प्रस्ताव आजकल खाशै आउँदैन। बरु पहिले पहिले स्कुल पढ्दा, कलेज पढ्दा आउँथ्यो, अहिले मेरो संगत नै समाजसेवी, राजनीतिज्ञ, कलाकर्मी, ब्यापारीहरु संग मात्र हुन्छ किनकि म प्राय काम कै लागि मात्र हिड्छु अनि काममा प्राय कोहि पनि मेरा उमेरका हुँदैनन् ।युवाहरुसंग नै संगत भैदिएको भए आउँथ्यो होला प्रस्ताब, तर कामकै पछि दौडिरहेपछि प्रेम प्रस्तावको पनि वास्तै नहुने रहेछ। फेसबुकमा आइ लब यु भनेर मेसेज लेख्ने र कमेन्ट गर्ने टन्न छन्, अनि मैले गएर मेला महोत्सव चलाएको ठाउँमा पनि भन्छन धेरै दर्शकहरुले तर त्यसलाई म प्रेम प्रस्ताब भनेर बुझ्दिन, त्यो त सिर्फ वहाँहरुको कलाकार प्रतिको माया हो। हामी जस्तो व्यस्त भै रहने मान्छेले प्रेम गरेपछि समय निकाल्न गाह्रो हुन्छ र जहाँ समय दिन सकिन्न त्यहाँ प्रेम फ़स्टाउँदैन। म मेरै लाखौं सुन्दर सपनाहरुसंग गहिरो प्रेममा छु। मेरा सपनाहरु पूरा भएपश्चात् मात्र सपनाको राजकुमार खोजौंला अनि उ सित प्रेम पनि गर्नेछु र प्रेम मात्र होइन विवाह पनि गर्नेछु ।

तपाइले सपनाको राजकुमारमालाई कसरी चुन्नुहुन्छ त ?
सर्वप्रथम त स्वस्थ हुनु पर्यो,  स्मार्ट हुनुपर्छ , आकर्षक देखिनुपर्छ अनि लक्षवान हुनुपर्छ । सकारात्मक सोच राख्ने र परिवार प्रतिको जिम्मेवारी बहन गर्ने , अनि मायालु र दयालु, मिलनसार हुनुपर्छ र सफल हुनु चाँहि सबभन्दा धेरै जरुरी छ ।
 
माया प्रेमको बारेमा तपाईको बुझाइ र विचार ?
मायाको परिभाषा म शब्दमा दिनै सक्दिन, माया अति आवश्यक कुरा हो। संसारका सबै जीवित प्राणीहरु मायाका भोगी हुन्छन र मायाले जीवन सार्थक तुल्याउछ। हामी मानव जातिहरु जीवनको प्रत्यक घडिमा मायाकै सहारा लिन्छौ र मायाकै कारणले हाम्रो जीवनले पूर्णता पाउँछ। प्रेमबिना जीवन अधुरो र अपुरो रहन्छ ।  
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता
1.   ‘बीस वर्षको उमेरमा बीस हजारबाट व्यवसाय सुरु गरेँ’
2.   चित्रकार तथा समाजसेवी बि.बि.खालिङ
3.   एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको........
4.   जहाँ समय दिन सकिन्न त्यहाँ प्रेम फ़स्टाउँदैन (डोल्मा शेर्पा)
5.   ५ कक्षा देखि नै गीत गाउन थालेकी थिए : शेर्पा गायिका पेम्बा छोटी शेर्पा
6.   एकल एल्वम लिएर आएको छु, स्रोताहरुले मायागरिदिनुस भन्न चाहन्छु
7.   कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो !
8.   बाकी रहेको समय समाजसेवामा बिताउछु् : आङ कामी शेर्पा
9.   नेपाली संगीतलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ - गायिका एन्जेला सिं श्रेष्ठ
10.   सोलुबासीको सेवा गर्न स्वतन्त्र उम्मेद्वारमा उठेको छु, : सोनाम छिरीङ शेर्पा
11.   त्यतिबेला म प्रधानसेनापति भएको भए राजतन्त्र जाँदैनथ्यो: रुक्मांगद कटवाल
12.   नेपालको भविष्य पर्यटन पेसामा छ: निमा नुरु शेर्पा
13.   शेर्पा जाति प्रति गर्व लाग्छ: युनाइटेड शेर्पा किदुकका अध्यक्ष आङ ग्याल्जेन शेर्पा ।
14.   व्यवसाय होइन संगीत, एउटा सिर्जना हो; टुपेन मगर
15.   हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ः फुपु छेम्पे शेर्पा
16.   दुःखबाट नै सुखलाई अंगाल्न सकिन्छ : गायक गोम्बु शेर्पा
17.   आरोहीहरुको गाउँ थामे, आप्पा शेर्पा
18.   सकारात्मक सोच लिएर हिडे अवश्य सफलताको शिखरमा पुग्न सकिन्छ, चर्चित गायक मिङमा शेर्पा
19.   यसकारण पद त्याग गरें : बाबुराम भट्टराई
20.   संबिधान सभाको चुनाव एउटा नाटक मात्र हो, चुनाव सम्भब छैन: पासङ् शेर्पा
21.   मेहेनत र परिश्रम गरे अवश्य फल प्राप्त गर्न सकिन्छ । सिए पासाङ दोर्जी शेर्पा
22.   बिदेशी कम्पनिलाई नेपालमा ट्रेकिङ चलाउनु दिनुहुदैन:जिम्बा जाङ्बु शेर्पा
23.   पहिलो शेर्पा गायक भएकोमा मलाइ गर्व लाग्छ ।
24.   सोलुखुम्बुमा २१ करोड रकम जान बाँकी छ: महेन्द्र, टान अध्यक्ष
25.   सोलुखुम्बुको एसएलसी मर्यादित हुन्छ: जिशिअ
Results 59: You are at page 1 of 3

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics