टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन शनिवार, २०७० चैत्र २२ गते १७:१७

मार्च ३० –  टक्गोन स्येत्डुब थर्लिङ टाक्सिन्दु बौद्ध विद्यालयको अर्थ संकलन समिति अमेरिकाको वार्षिक साधारण सभा  (United Sherpa Kyidug)  को भवनमा सम्पन्न भएको छ । समितिका संयोजक आङ नुरी शेर्पाको सभापतित्वमा बसेको सभाले विद्यालयको वार्षिक आय–ब्याय, विद्यालय तथा गुम्बा व्यस्थापन समिति टाक्सिन्दुले गरेको प्रगति विवरण पेश गर्नको साथै विद्यालयलाई आर्थिक सहयोग दिने महानुभावहरुलाई विद्यालय तथा गुम्बा व्यवस्थापन समिति टाक्सिन्दुले पठाएको प्रशंसा–पत्र वितरण गर्नको साथै अर्को वर्षको लागी ५ सदस्य समिति गठन गरेको छ । समितिको सदस्य पसाङ गेल्जेन शेर्पाले संचालन गरेको कार्यक्रममा अर्का सदस्य काजी पसाङ शेर्पाले उपस्थित महानुभावहरुलाई स्वागत भाषण गर्नुको साथै आ.व.६९/७०को आय–ब्याय प्रस्तुत गर्नुभएको थियो ।
बौद्ध विद्यालय स्थापना भए देखि हाल सम्मको प्रगति विवरण कार्यक्रम संचालनको क्रममा पसाङ गेल्जेन शेर्पाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बौद्ध विद्वान डा. युल्ला लामा र विशेष अतिथि शेर्पा किदुग न्युयोर्क अमेरिकाका अध्यक्ष आङ गेल्जेन शेर्पाले विद्यालयलाई सहयोग गर्दै आएका महानुभावहरुलाई प्रशंसा–पत्र वितरण गर्नुभएको थियो । अन्य अतिथिहरुमा जनजाती महासंघ अमेरिकाका संस्थापक भू.पु.अध्यक्ष कर्म गेल्जेन शेर्पा, शेर्पा किदुग अमेरिकाका संरक्षक समितिका अध्यक्ष छोङ्वा लामा, काठमाडौ अर्थ संकलन समितिका भू.पु.कोषाध्यक्ष फुरी शेर्पा, बौद्ध विद्यालयका भू.पु. अध्यक्ष पसाङ शेर्पा थिए ।
मन्तव्यको क्रममा अतिथि कार्म गेल्जेन शेर्पाले त्यस विद्यालयबाट अध्यन पुरा गरी भारतमा उच्च शिक्षालिई रहेका विद्यार्थी र विद्यालयमा अध्यनरत्त विद्यार्थीहरु जिल्लाको प्राय सबै गा.बि.सको हुनले भविष्यमा टाक्सिन्दुमानै बौद्ध विश्वविद्यालय संचालनको लागी सम्पूर्ण जिल्ला वाशीले प्रयत्न गर्नुपर्ने बताउनु भयो । अर्का अतिथि छोङवा लामाले टाक्सिन्दु बौद्ध विद्यालयको आय–व्यय र प्रगति विवरण सुन्दा विद्यालयले प्रशस्तै प्रगति गरेकोमा खुशी ब्यक्त गर्दै आफ्नो पूर्ण सहयोग रहने बताउनु भयो ।
अतिथि फुरी शेर्पा (गल्दीबाबु)ले पहिला आफुले सहयोग गरेको विद्यालयले बौद्ध धर्म गुरुहरु उत्पादन गर्न सकेकोमा गर्व लागेको र सबैले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । विशेष अतिथि आङ गेल्जेन शेर्पाले टाक्सिन्दु गा.वि.स आफ्नो पुर्खौली सम्बन्ध रहेकोले त्यहाँको विकास र प्रगतिमा मेरो पनि सरोकार रहेकोले टाक्सिन्दु बौद्ध विद्यालयले धेरै जना बौद्ध विद्यवान खेन्पो उद्पादन गरि सकेको त्यहाँ अध्यनरत विद्यार्थीको लागी थप विषयहरु सरकारी विद्यालय सरह समाबेश गर्दै लगे बढी उपयोगी हुने र विभिन्न ठाउँहरुमा ठूला ठूला पाठ पूजामा हुने खर्चहरु घटाएर उत्पादन तथा सेवा मुलक कार्यमा लगानी गरे दिर्घकालिन फाइदा हुने सल्लाह दिदै शेर्पाले संस्थागत तथा व्यत्तिगत सहयोग सधै रहिरहने बताउनु भयो ।
प्रमुख अतिथि डा. युल्ला लामाले बौद्ध धर्म संसारकै उत्कृष्ट धर्म भएकोले यस धर्मको लोकप्रियता र औचित संसारमा बढी रहेको एवं बौद्ध विद्यालयमा अध्यनरत विद्यार्थी ५/१० प्रतिशतले मात्रै अध्यन पुरा गरे समाजलाई ठूला फाइदा पुग्नुको साथै भगवान गौतम बुद्ध जन्मेको देशमा बौद्ध धर्म फैलिए अन्तर्राष्ट्रिय जगतमा राष्ट्रकै इज्जत बढ्ने कुरा बताउनु भयो । अन्त्यमा सभाको सभापति आङनुरी शेर्पाले निरन्तर सहयोग पाएमा सबैले आशा गरे अनुसार विद्यालय बन्न सक्ने हजरौ रोपनी गुम्बाको जग्गा र बिजुली पानीको सुबिधा शान्त बातावरण हुनको साथै चाडैनै सडकले जोड्ने भएकोले विद्यालय सफल हुनेमा आशा रहेको बताउनु भयो । निरन्तर सहयोगको लागी सबैलाई अनुरोध गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो । 
 
 



















र्भ
२०१४/१५को लागी अर्थ समिति अमेरिका निम्न व्यक्तिहरुलाई चयन गरिएको छ ।
१. आङनुरी शेर्पा (अध्यक्ष)
२. डा.युल्ला लामा (उपा–ध्यक्ष)
३. पासाङ गेल्जेन शेर्पा (सचिव)
४. काजी पसाङ शेर्पा (कोषाध्यक्ष)
५. दावा शेर्पा (सदस्य)



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेशमा सोलुखुम्बु
1.   किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई
2.   सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न,
3.   टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन
4.   हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन
5.   हिमाल चढाउने केटी
6.   अमेरिकामा सोलुखुम्बुका ५ वर्षे बालकले जिते दुई स्वर्ण ।
7.   प्रेरणाकी आमा सुकु राई
8.   न्युयोर्कमा सोलुखुम्बु
9.   सोलुका विद्यार्थीलाई अमेरिकामा अवार्ड
10.   नेपालीद्वारा अस्ट्रेलियामा सगरमाथा र वुद्धको प्रचार
11.   क्यालिफोर्नियामा ल्होसार कार्यक्रम
12.   मलेसियामा सोलुको डाक बहादुर बेपत्ता

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics