टाक्गोन सेत्डुप थर्लिङ टाक्सिन्दु गुम्बा एक परिचय र प्रमुख लामाहरु, विगत देखि वर्तमान सम्म ।।। आइतवार, २०७० पुस ०७ गते १७:५७

टाक्गोन सेत्डुप थर्लिङ  टाक्सीन्दु गुम्बा सोलुखुम्बु जिल्लाको टाक्सीन्दु गा.वि.स. मा पर्दछ । सं. १९९८ सालमा टाकसीन्दुका शेर्पा समुदायले सोलुखुम्बु जिल्लामै अवस्थित तेङबोचे गुम्बाबाट ग्याकेन तोक्देन छुल्ठिम् रिन्पोछेलाई आमन्त्रण गरेको थियो र उहाँलाई टाक्सिन्दुका शेर्पा समुदायले आफूहरुलाई बौद्ध शिक्षा र त्यस ठाँउमा गुम्बा निर्माण गरिदन आग्रह गरेको  थियो र उहाको गुरु रिग्जिन पेद्मा छेवङले पनि गुम्बा स्थापना गर्न आज्ञा दिनु भएकोले सोही अनुरुप ग्यगेन तोक्देन छुल्ठिम, खेन्पो च्यङ्छुप छुल्ठिम, औ  टावा ल्यग्से, स्थानिय शेर्पा समुदाय र उहाँका शिष्याहरु मिली सं. २००२ सालमा गुम्बा निर्माण कार्य सम्पन्न गर्नुभएको  थियो । 
 
उहाँले तिब्बतियन व्याकरण र बौद्ध धर्मको बारेमा उक्त गुम्बामा २० बर्षसम्म अध्यापन गराउनुभएको थियो त्यस बिचमा उहाँले केहि बर्ष रामेछाप जिल्लाको थोतुङ गुम्बामा पनि त्यहाँका शेर्पा समुदायलाई बौद्ध शिक्षा अध्यापन गराउनुभएको थियो । सं. २०१८ सालमा उहाँको  स्वर्गरोहन हुनुभयो ।उहाको शिष्य  र स्थानिय बासी हरुले स्वर्गरोहन पश्चात गुरुको शबलाई  श्रद्धा पूर्वक दहसन्स्कर सम्पन्न गर्नुभयो । शब को आलम्बन को लागि गुम्बा को बाहिरा पट्टी लक्ष्यन र प्रमाण युक्त बोधी चैत्य स्थापना गरेको छ ।  उहाँले लामो समयसम्म उक्त गुम्बामा बौद्ध धर्म सम्बन्धि अध्यापन गराउनु भई बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान पुर्‍याउनु  भएको थियो । यस् गुम्बाको संरचना निक्कै राम्रो एवं विशेष महोत्व झल्कने भएकोले जपानमा रहेको लिटल वाल्र्ड संग्रहलायमा  प्रतिलिपी पनि निर्माण गरिएको छ । 
 
 
खेन्पो च्याङ्क्ष्यूप छुल्ठिम् ।
 खेन्पो च्याङ्क्ष्यूप छुल्ठिम्को जन्म सं. १९८० सालमा टाक्सिन्दु गा.वि.स. को वडा नं. ७ छुलेमु गाउँमा भएको थियो । उहाँले साधारण शिक्षा ग्याकेन तोक्देन छुल्ठिम सँग लिनुभएको थियो र उच्च शिक्षा हासिल गर्न पूर्वी तिब्बतको खाम्, स्येछेन, जोक्छेन, कथोक, जोङ्सर, ङिमाच्यङ्ग्र, पाल्पुङ  लगायतका ठाउँमा धर्मगुरु दिल्को खेन्चे रिन्पोछे, प्योत्प टुल्कु र स्येछेन रव्ज्याम (छैटौं अवतारी),खेन्पो लोटो रब्सल, ङ्य रिन्पोछे(पेद्मा छेवङ), खेन्पो थुप्तेन, खेन्पो थुगल, गोन्पो रिन्पोछे, खेन्पो आर्से, खेन्पो थूग्ङ्येन्  र अन्य धेरै धर्मगुरुहरुबाट उहाँले अभिषेक, आगम र उपदेश तथा महासन्धिको अभ्यास वृस्तित रुपमा हासिल  गर्नुभइ सं. २०२४ सालमा आफ्नो अध्ययन पुरा गर्नुभयो । अध्ययन पुरा गर्नुभई उहाँ टाक्सिन्दु फर्कनु भयो र सं. २०५६ सालसम्म टाक्सिन्दु गुम्बाको प्रमुख हुनुभयो । उहाँलाइ शेर्पा समुदायमा टाक्सिन्दु ग्येशे भनेर पनि चिनिन्छ । धर्म गुरु दिल्को खेन्चे रिन्पोछेको अनुरोधमा  उहाले काठमाण्डौको स्येछेन गुम्बामा तीन बर्ष अध्यापन गर्नुभएको थियो । सं. २०५६ सालमा उहाँले खेन्पो ङवाङ राव्गा लाई गुम्बाको प्रमुख लामामा नियुक्त गर्नुभयो । 
 
खेन्पो ङवाङ राब्गा 
सं. २०५६ सालमा खेन्पो ङवाङ राब्गा टाक्सिन्दु गुम्बाको प्रमुख लामा भए पश्चात उहाँले पनि सं. २०६६ सालसम्म बौद्धशिक्षा अध्यापन गराउनुभयो । उहाँ गुम्बा व्यावस्थापनमा दक्ष मानिन्छ । उहाँले छोटो समयमा उक्त गुम्बाको उन्नतिको लागि गरेको कार्य स्मरणिय रहेको छ ।
 
ङवाङ ताम्छो । 
ङवाङ ताम्छो सं. २०६३ सालदेखि २०६६ सालसम्म टाक्सिन्दु गुम्बाको निमित्त प्रमुख हुनुभयो । सं. २०६६ सालदेखि २०६८ सालसम्म उहाँ टाक्सिन्दु गुम्बा तथा विद्यालयको प्रमुखमा नियुक्त हुनुभयो ।
 
खेन्पो ङवाङ मोन्लम(वाङगेल शेर्पा)
खेन्पो ङवाङ मोन्लमको जन्म टाक्सिन्दु गा.वि.स. वडा नं. ६ हेवा (योग्दिङ) गाउँमा सं. २०२४ सालमा भएको हो । आफ्नो मातापिताले उहाँ लाई ७ वर्षकै कलिलो उमेरमा बौद्धशिक्षा हासिल गर्न टाक्सिन्दु गुम्बामा  पुर्‍यएका थिए । त्यसबखत उहाँलाई खेन्पो च्याङ्क्ष्यूप छुल्ठिम्बाट साधरण शिक्षा  दिनुभएको थियो । सं. २०४७ सालमा उच्च शिक्षा हासिल गर्न उहाँ भारत बनरसको केन्द्रिय उच्च तिब्बत्ती अध्ययन विश्वविद्यालयमा भर्ना भई त्याहाँबाट २०५७ सालमा आचार्य उपाधि प्राप्तगर्नुभएको थियो । त्यसपछि उहाँ भारतको कर्नटाका राज्यको महेश्वर भन्ने स्थानमा  पेनोर रिन्पोछेको गुम्बामा लोसुम  द सुम  (छाम) (तिन बर्ष तिन महिना) बस्नु भएको थियो । त्यासपछि भारतको नैनिताल स्थित पेनोर रिन्पोछेको गुम्बामा प्रमुख लामाको रुपमा नियुक्त हुनुभयो । उक्त गुम्बामा प्रमुख लामा भई उहाँले तिन बर्षसम्म गुम्बाका लामा तथा स्थानियबासी हरुलाई बौद्धशिक्षा अध्यापन गराउनुभएको थियो । २०६८ सालमा धर्मगुरु कर्मा खोछेनबाट लोपेनको उपाधि प्राप्त गर्नुभएको थियो । 
 
सं. २०६९ सालमा उहाँ टाक्सिन्दु गुम्बाको प्रमुख लामामा नियुक्त हुनुभई हाल उक्त गुम्बामा बौद्धशिक्षा अध्यापन गराईरहनुभएको छ  र उहाँ टाक्सिन्दु गुम्बामा प्रमुख लामामा नियुक्त भएपश्चात गुम्बाको व्यावस्थापन तथा शिक्षाणमा उल्लेखेनिय प्रगति भएको छ  । हाल उक्त गुम्बामा ४० जना विद्यार्थीहरु अध्यानरत छन भने नयाँ विद्यार्थीका लागि २०७० फाल्गुन महिनाबाट विद्यार्थी भर्ना खुल्दै छ । 
 
शेर्पा भाषा तथा संस्कृतिको संरक्षाण तथा विकास र बौद्ध धर्मको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको यो  गुम्बा तथा विद्यालय सञ्चालनका लागि स्थानियबासी, काठमाण्डौ, अमेरिका तथा विभिन्न देशमा छरिएर रहनुभएका  टाक्सिन्दुबासी तथा अन्य शेर्पा समुदायको सहयोगमा सञ्चालन भईरहेको टाक्सिन्दु गुम्बा, अर्थ संकलन समितिका अध्यक्ष गेल्जेन शेर्पाले बताउनुभयो । 



Share |
प्रतिक्रियाहरु
Kami R. Sherpa, Kharikhola-1, (Chabahil,KTM)
Dear all,Tashidelek...,I read above your history of Thaksindo Monastery. It was so nice. You guys did good job. We Sherpa people have to rise our own stratagic plan for the long term. Our community most have to forward high education as well as Buddhism and regular international educations. Nepal sherpa community most have to be together as a national wise. The most important think is that We have to plan 40% children to send Monastery and 60% children are send to School. First of all no any even one healthy child do not have to stay home in coming days. If we flow this we will may rise our community on top of the nation soon. It will take another 20 years.Regards,Kami R. SherpaManaging DirectorShangrila Reisen (P) Ltd.Trekking Agencies Association of Nepal (TAAN)1st Vice President (2013-15)Rotary Club of Patan SouthPresident Elect (2014-15)Adviser:*Nepal Sherpa Association*Himalayan Sherpa Culture Center Lend A Hand (NGO)(Founder President) 9851022002

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: स्थान परिचय
1.   सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा
2.   टाक्गोन सेत्डुप थर्लिङ टाक्सिन्दु गुम्बा एक परिचय र प्रमुख लामाहरु, विगत देखि वर्तमान सम्म ।।।
3.   मनमोहक रातनाङ्गे डाँडा - Photo Feature
4.   राज्यको नजर नपुगेको थोकोपैस झरना
5.   सोलुखुम्बूको एक पर्यटकिय स्थल जुन्बेशी
6.   पर्यटन मजदुर कपडा बैङ्क लुक्लाले मजदुरलाई चिसोमा लगाउने कपडा दिने
7.   पर्यटकको पर्खाईमा केन्पा-गौभित्ता­­ (फोटो फिचरसहित)
8.   स्वर्गिय आनन्द पाइने ठाउँ दुधकुण्ड
9.   सगरमाथाको प्रवेश द्वार लुक्ला
10.   पुग्नैपर्ने ठाउँ रातनाङ्गे डाडाँ (फोटो फिचरसहित)
11.   साल्पा पाखेरीको महत्व
12.   धार्मिक पर्यटनको सम्भावना ज्वालामाई
13.   सल्पा (साल्पा) पोखरी
14.   सोलुखुम्बुको कोठे एक रहस्यमय धार्मिक स्थान

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics