हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन विहिवार, २०७० पुस ०४ गते १३:४३

पौष ४ सोलुअनलाईन– भर्खरै हङकङमा सम्पन्न भएको “द नर्थ फेस १००” अल्ट्रा रेस प्रतियोगितामा महिला तर्फ सोलुखुम्बु टाक्सिन्दुका–१, छी का मनिकला राई च्याम्पियन भएका छन । १५ घण्टा ३७ मिनेट ०८ सेकेण्डमा निर्दारित दुरी पुरा गर्दै उनि महिला तर्फ च्याम्पियन भएका हुन् ।  डिसेम्बर १४ मा भएको उक्त प्रतियोगितामा च्याम्पियन भएका राई ले पुरस्कार स्वरुप १०,००० हङकङ डलर पनि प्राप्त गरेका छन । ७६८ जना ले भाग लिएको उक्त प्रतियोगितामा पुरुष तर्फ भने नेपाली सेनाका पूर्ण तामाङले पहिलो स्थान हात पारे । 
 
“ह्ङकङ नेप्लिज ट्रेल रनर्स एशोसियसन” को सहयोगमा हङकङ पुगेका उनि आफ्नो मेहनत र हङकङमा रहेका नेपलीहरुको सहयोगले यो सफलता प्राप्त गरेको बताउछिन । यस अघि उनि सोलुखुम्बु ट्रेल रेसमा पनि महिलातर्फ प्रथम भएकि थिईन भने समग्रमा तेस्रो स्थान हासील गर्न सफल भएकी  थिईन् ।
 
सन २००९ मा तेन्जिङ हिल्लरी म्याराथुनबाट यस क्षेत्रमा पाइला टेकेका उनले उक्त प्रतियोगितामा पाँचौ स्थान हात पारेकी थिईन । त्यसपछि उनले सानाठूला धेरै प्रतियोगितामा भाग लिँदै आएका थिए । गत अक्टोबरमा पनि फ्रान्स र स्विटजरल्याण्डमा विभिन्न सातवटा प्रतियोगितामा भग लिएका थिए । उक्त प्रतियोगितामा पनि तिन वटामा प्रथम र एउटामा तेस्रो भएका थिए । “पहिलो प्रतियोगितामा २६ औ स्थानमा आएकी थिएँ, पछि त्यहाँको हावापानी सँग घुलमिल हुदै गएपछि सफता प्राप्त गर्दै गएँ” उनि भन्छिन । आफ्नै प्रयास र साथिहरुको सहयोगमा उनि यूरोपको म्याराथुनमा भाग लिन पुगेका थिए ।



Share |
प्रतिक्रियाहरु
amrit magar, Tamaknahi-6 solu
Congratulation Mani kala ji,, keep it up.
amrit magar, Tamaknahi-6 solu
Congratulation Mani kala ji,, keep it up.

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेशमा सोलुखुम्बु
1.   किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई
2.   सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न,
3.   टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन
4.   हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन
5.   हिमाल चढाउने केटी
6.   अमेरिकामा सोलुखुम्बुका ५ वर्षे बालकले जिते दुई स्वर्ण ।
7.   प्रेरणाकी आमा सुकु राई
8.   न्युयोर्कमा सोलुखुम्बु
9.   सोलुका विद्यार्थीलाई अमेरिकामा अवार्ड
10.   नेपालीद्वारा अस्ट्रेलियामा सगरमाथा र वुद्धको प्रचार
11.   क्यालिफोर्नियामा ल्होसार कार्यक्रम
12.   मलेसियामा सोलुको डाक बहादुर बेपत्ता

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics