हिमाल चढाउने केटी मंगलवार, २०७० आश्विन ०७ गते ०९:५४

ऋषिराम कट्टेल - सगरमाथाको प्रवेशद्वार लुक्लाकी आकिता १८ वर्षकै उमेरमा ट्रेकिङ क्षेत्रमा आइन् । खासमा उनी माउन्टेन गाइड बन्न भन्दा पनि सगरमाथा चढ्न यो क्षेत्रमा आएकी थिइन् । तर, यो क्षेत्रमा महिलाहरु नदेखेपछि यसलाई पेशा बनाएको आकिता बताउँछिन् । “नेपाल पर्वतारोहण संघबाट तालिम लिन जादा ३० प्रशिक्षकमध्ये महिला कोही थिएनन्”, उनी भन्छिन्, “दुई वर्षे कोर्ष सकेपछि आफैं प्रशिक्षक बनें ।”

फ्रान्समा पनि पर्वतारोहण तालिम लिएर उनी २००६ मा नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक बनिन् । त्यही वर्ष जापानी पर्वतारोही समुहलाई खुम्बुको नाइपाई हिमालमा चढाएर माउन्टेन गाईडको पेशा पनि शुरु गरिन् । अहिलेसम्ममा उनी पर्वतारोही लिएर सगरमाथा, यल पिक, मेरा पिक, आइसल्याण्ड पिक, पुत्ता हिमाल र आमादब्लमको शिखर पुगेको आकिताले बताईन् ।

शेर्पा एडभेन्चर गियरको ब्राण्ड एम्बेस्डर समेत रहेकी उनी २००८ मा अमेरिका गएकी थिइन् । अमेरिकाको वासिंटन र सियाटलमा बस्ने उनी त्यहाँको माउण्ट रेइनर, माउण्ट एडम, माउण्ट सक्सन, माउण्ट बेकर लगायतका हिमालहरु आरोहण गराउछिन् । विदेशमा क्याइम्बिङ गाइड बनेकी अकिता नै पहिलो नेपाली महिला हुन् । उनी नेपाली हिमाल आरोहणमा इच्छुक विदेशीहरु यतै ल्याएर आरोहण गराउछिन् ।

उनका अनु्सार, आरोहणमा म महिला हो केटा जस्तो सक्दिन भन्ने हुदैन । त्यहाँ मान्छेको जीवनको कुरा हुन्छ । टोलीलाई सफल बनाउन शारीरिक र मानशिक दुवै रुपमा सक्षम हुनपर्छ । अहीले नेपालमा हिमाल चढ्ने महिला धेरै भएपनि माउन्टेन गाइड अकिता र दोलखाकी दावा याङ्जुम शेर्पामात्रै छन् ।



Share |
प्रतिक्रियाहरु
sherpa l, solu
derai ram ro nepali dede baine le asto garekoma garba lagcha hamlai
dendi sherpa , kapan 1 ktm Nepal
very good job Humanitarian trip to Nepal is an agency of Franco-Anglo-Nepalese travel based in Kathmandu, Nepal. This trekking agency created by a team of Nepalese guide who speaks good English, French and other languages ​​too. Thirties with our years of experience in hima Layas,
Bimbu Rai, Solu khumbu gudel, 5
Badhai chha hai Sukudidi ,tapaiko kam prati madherai aabhari ma chhu taratyo tapaile hard work gareracollect gareko paisa properthauma jaoos hai nepalko manchhe thaichh sabai thagi garnematrachh, kinawrong hand ma paryo bhaneta tapai ko hard work wastehunchha ,well all thechildren's ko tarfa bata tapailai dherai dherai thanks .Bimbu Rai

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेशमा सोलुखुम्बु
1.   किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई
2.   सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न,
3.   टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन
4.   हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन
5.   हिमाल चढाउने केटी
6.   अमेरिकामा सोलुखुम्बुका ५ वर्षे बालकले जिते दुई स्वर्ण ।
7.   प्रेरणाकी आमा सुकु राई
8.   न्युयोर्कमा सोलुखुम्बु
9.   सोलुका विद्यार्थीलाई अमेरिकामा अवार्ड
10.   नेपालीद्वारा अस्ट्रेलियामा सगरमाथा र वुद्धको प्रचार
11.   क्यालिफोर्नियामा ल्होसार कार्यक्रम
12.   मलेसियामा सोलुको डाक बहादुर बेपत्ता

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics