मनमोहक रातनाङ्गे डाँडा - Photo Feature शनिवार, २०७० श्रावण १२ गते १६:२१

विश्वको सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने मन कसलाई नहोला ? तर यो रहर सबैले पूरा गर्न पाएका हुदैनन् । रहर भएकाहरु पनि सगरमाथा आफ्नै नजरले हेर्ने काम असम्भव ठान्छन् । तर मनमा इच्छा शक्तिमात्र भएमा त्यस्ता प्रकृतिप्रेमीहरुले सगरमाथा हेर्नका लागि न धेरै खर्च गर्नुपर्छ न त सगरमाथा सम्मै पुग्नुपर्छ । सल्लेरी  काँकु गाउँ विकास समितिको सीमानामा रहेको रातनाङ्गे पुगेपछि सगरमाथालाई आफ्नै सामुन्नेमा  पाउनेछ  । यसका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट करीब अढाई घण्टाको पैदल यात्रा वा करीब १ घण्टाको जीपको यात्रा गरे पुग्छ ।  
हिमालकै काखमा पुगेर दृश्य अवलोकन गर्न नसक्नेहरुका लागि टाढैबाट हेरेर हिमालमा पुगेको आभाष दिलाउन यो स्थानमा भ्युटावरको समेत निर्माण गरिएको छ । जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुको ६ लाख र तत्कालीन सांसद याङ्कीला शेर्पाको संसद विकास कोषबाट रु ५ लाख गरी ११ लाखको लागतमा उक्त भ्यू टावर निर्माण भ्यु टावर शसस्त्र द्धन्द्धका क्रममा तत्कालीन नेकपा माओबादीले भ्यूटावर क्षतिग्रस्त बनाएपछि पुनः साँढे ६ लाख रुपैयाँको लगानीमा पुनः निर्माण गरिएको छ ।  
 भ्यू टावरले जिल्लाको माथिल्लो क्षेत्रमा मात्र केन्द्रीकृत पर्यटकलाई जिल्लाको तल्लो भेगमा पनि विस्तार गर्न मद्दत पु¥याउने आशा गरिएको छ । प्रचारप्रसारको अभावमा सोचे अनुरुप पर्यटकहरुको आगमन हुन नसके पनि भावी दिनमा पर्यटकहरु भ्यू टावर सम्म पुगेर दृश्यावलोकन गर्ने स्थानीयले अपेक्षा गरेका छन् । तराईका बासिन्दालाई गर्मी भएको बेला शीतलता प्रदान गर्ने स्थान रातनाङ्गे भ्यु टावर हुनसक्ने उनीहरु बताउँछन् । दृश्यावलोकन गर्ने स्थानमा व्यवस्थित होटल तथा लजको व्यवस्था नभएका कारण खाजा तथा अन्य खानेकुराका लागि भने आफैले व्यवस्था गर्नुपर्ने हुन्छ । नजिकै रहेको चौरीगोठमा चौरीको दुध, दही, छुर्पी र सेरकेम् खान पाईन्छ । खासगरी कार्तिकदेखि बैशाख सम्मको अवधिलाई रातनाङ्गे जाने उत्तम समय मानिन्छ ।




 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: स्थान परिचय
1.   सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा
2.   टाक्गोन सेत्डुप थर्लिङ टाक्सिन्दु गुम्बा एक परिचय र प्रमुख लामाहरु, विगत देखि वर्तमान सम्म ।।।
3.   मनमोहक रातनाङ्गे डाँडा - Photo Feature
4.   राज्यको नजर नपुगेको थोकोपैस झरना
5.   सोलुखुम्बूको एक पर्यटकिय स्थल जुन्बेशी
6.   पर्यटन मजदुर कपडा बैङ्क लुक्लाले मजदुरलाई चिसोमा लगाउने कपडा दिने
7.   पर्यटकको पर्खाईमा केन्पा-गौभित्ता­­ (फोटो फिचरसहित)
8.   स्वर्गिय आनन्द पाइने ठाउँ दुधकुण्ड
9.   सगरमाथाको प्रवेश द्वार लुक्ला
10.   पुग्नैपर्ने ठाउँ रातनाङ्गे डाडाँ (फोटो फिचरसहित)
11.   साल्पा पाखेरीको महत्व
12.   धार्मिक पर्यटनको सम्भावना ज्वालामाई
13.   सल्पा (साल्पा) पोखरी
14.   सोलुखुम्बुको कोठे एक रहस्यमय धार्मिक स्थान

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics