सोलुखुम्बूको एक पर्यटकिय स्थल जुन्बेशी शनिवार, २०७० जेष्ठ २५ गते १२:४५

विश्व पर्यटनको एक प्रमुख गन्तब्यस्थल सोलुखुम्बू जिल्ला अनि त्यस जिल्लामा अवस्थित बेनी गाविसभित्र रहेको जुन्बेशी गाउ“ एक अवलोकनिय शुन्दर र मौलिक जनजीवनमा आद्यारित शेर्पा बस्तीको रुपमा चिनिन्छ । त्यहा“ गुम्न आउ“ने पर्यटकहरुले वास्तवमा जुन्बेशीमा भ्रमण गर्दा रमाईलो लाग्दछ, शान्त छ, अनि त्यहा“को रहनसहन, सस्कृति, मनोरम दृश्यले हामीलाई फेरी पनि घुम्न आउने प्रेरित गरेको छ र हामी फेरि पनि त्यहा“ घुम्न आउने छु । यो अधिकांश त्यसक्षेत्रमा भ्रमण गर्नु भएका पर्यटकहरुको भनाई हो । हुन पनि प्रकृतिले बास गरेको छ भन्दा पनि हुन्छ । सानो उपत्यका, वरीपरी जंगल, गाउ“ र जंगलको वीचमा कलकल वग्ने खोला अनि वीचमा रमनिय शेर्पा वस्ती र त्यस वस्तीमा पुस्तौ पुस्ताको प्रतिनिधित्व गर्दै सिगो शेर्पाहरुको ईतिहास बोकेको गौरवशाली ऐतिहासिक टाशी थोङमेन महाविहार गुम्बाले जुन्बेशी सा“च्चिकै सुन्दर बनेको छ । गोम्वाजुंङ शब्दले त्यस गाउ“को मौलिक पहिचान बोकेको पाईन्छ । अनि शेर्पाहरुको मौलिक पहिचानका परिचयात्मक भाषा जुङ आजको जुन्बेशीमा विलिन भएको छ । समय र परिस्थिती अनुसार गाउ“को नामहरु पनि परिवर्तन हुदै आएको छ । त्यहा“का वासिन्दहरुले पनि यि परिवर्तन स“ग सम्झौता गर्दै आईरहेका छन ।
 
जन्बेशीको नामकरण यसरी भई आएता पनि धार्मिक र सांस्कृतिक पक्षको कथनमा जुन्बेशीबाट छिमेकी गाउ मपुंङ गाउमा जादा मपुंङ खोलाको काठे पुल संगै एउटा गोलो आकारको ढुङ्गामा जूनको आकृति स्पष्टसग रहेको देख्न सकिन्छ । ढुङ्गामा जूनको आकृतिको वास बसेको धार्मिक विश्वासले त्यस गाउको नाम जुन्बेशी रहन गएको भन्ने भनाई रहेको पाईन्छ । त्यस स्थानमा पुग्दाखेरी स्थानियवासीहरुले फूल चढाई ढोग गर्ने गरेको पाईन्छ । त्यस्तैगरी सानो उपत्यकामा गुम्बा सहितको बासिन्दा रहेको हुनले पनि त्यस गाउलाई गोम्पाजुंङ भन्ने गरेको हो भन्ने कथन रहेको पाईन्छ । 
 
काठमाण्डौबाट जिरी हुदैं सगरमाथा तर्फ पैदल यात्रा गर्ने क्रममा पर्यटकहरु जुन्बेशी गा“उमा बस्ने गर्दछन । खिन्जा र सेटे देखि लामजुरासम्मको उकालो चढाईको थकानले पर्यटकहरु त्यस दिन आराम गर्ने गर्दछ र भोलीपल्ट थकन मेटाउन र जुन्बेशीको आसपासमा रहेका स्थलहरुको अवलोकन गर्न एक दिन थप समय ब्यतित गर्न रुचाउ“छन । फाप्लु विमानस्थलबाट पनि तीन घण्टाको पैदन यात्रा गर्दै त्यस क्षेत्रमा भ्रमण गर्नको लागि पर्यटकहरु जाने गर्दछ । २६७५ मिटरको उचाईमा अवस्थित जुन्बेशी गाउ“को मुख्य जिविकोपार्जन खेतीपाती र पशुपालन नै प्रमुख रहेको छ भने पर्यटन पनि उत्तिकै महत्वपूर्ण ब्यवसायको रुपमा रहेको छ । मुलुकमा राजनीतिक द्धन्द अघि त्यस क्षेत्रमा पर्यटकहरुको आगमान अत्यधिक रहेको थियो । राजनितिक द्धन्दले पर्यटकहरुको आगमन देशभर खस्कन्दै गएको स्थितीमा जुन्बेशीक्षेत्र पनि अछुतो रहन सकेनन । पछि देशको राजनीतिकस्थितीको सुधारसंगै पर्यटकहरुको आगमान फेरि बढदै आयो । सिजनमा जुन्बेशीको सबै लज, होटलहरु भरिपूर्ण हुन थालेका छन । पर्यटकहरुका लागि सुविधा सम्पन्न होटल लजहरु प्रर्याप्त रहेका छन । हिजोआज वहय पर्यटकहरु मात्र नभई अन्तरिक पर्यटकहरुको आगमानमा पनि बृद्धि हुदै गएको पाईन्छ । सोलुखुम्बूकै विभिन्न विद्यालयका विधार्थी, शिक्षक, कर्मचारीहरु, र अन्य स्थानका बासिन्दाहरुले पनि त्यसक्षेत्रको भ्रमण गर्ने गरेको पाईन्छ । जुन्बेशी क्षेत्रमा अवलोकन गर्दा जुन्बेशी गुम्बा, र्सेलो गुम्बा, फुङमोचे गुम्बा, थुप्तेन छोलिङ गुम्बा, सेङगीफुक, फुरतेङ, पोरासे आदि स्थानहरु प्रमुख आर्कषक र महत्वपूर्ण ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध रहेको छ । त्यहा“बाट थुप्तेन छोलिङ, साङगीफुक हुदै दुधकुण्डा भ्रमण गर्न पर्यटकहरु जाने गर्दछन । यो त्यस क्षेत्रको आर्कर्षक भ्रमण स्थलको रुपमा परिचित रहेको छ । जुन्बेशी गुम्बामा गरिने डुम्जी पर्व वर्षकै एक धार्मिक तथा संस्कृतिक चाडपर्वको रुपमा प्रख्यात छन । उक्त अवसरमा विदेशी पर्यटकहरु जुन्बेशीमा डुम्जी पर्व र्हेर्न आउने गर्दछ । त्यसैगरी शेर्पाहरुको संस्कृति, रहनसहनको मौलिक्ताले भरिएको जुन्बेशी र त्यस क्षेत्रका आसपासका स्थलहरुले पर्यटकहरुलाई आर्कषित गरीरहेका छन ।  
 
पर्यटन क्षेत्रको प्रचुर संभावनाले घेरिएको जुन्बेशी क्षेत्रका कारण जुन्बेशी माध्यमिक विद्यालयलाई उच्च मा. वि तर्फ विस्तार गर्ने योजना अघि बढीरहेको सन्दर्भमा उच्च मा.विमा पर्यटन विषयमा अध्ययन गर्ने गराउने विषय करीव निधो भई सकेको छ । सोलुखुम्बू र नजिकको छिमेकी जिल्लाबासी विद्यार्थीहरुको लागि महत्वपूर्ण अवसरको ढोका खुल्दै छ । पयर्टन विषयको अध्ययन, ब्यवाहारिक र गुणस्तरिय शिक्षा, प्राकृतिक स्रोत साधानको उचित ब्यवस्थापन, उत्पादित बस्तुहरुलाई बजारिकरण गरी पर्यटन विकास संगै जोड्न सकेमा युवाहरु विदेशिनु पर्ने अवस्था हुदैन । भविष्य राम्रो छ । जुन्बेशीले यहा“हरुलाई सदैब स्वागत गरीरहेको छ । 
 



Share |
प्रतिक्रियाहरु
phurba sherpa , solukhumbu gudel 9 dhimbul
hello namaste and tasi dele !

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: स्थान परिचय
1.   सुन्दर दृष्यावलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा
2.   टाक्गोन सेत्डुप थर्लिङ टाक्सिन्दु गुम्बा एक परिचय र प्रमुख लामाहरु, विगत देखि वर्तमान सम्म ।।।
3.   मनमोहक रातनाङ्गे डाँडा - Photo Feature
4.   राज्यको नजर नपुगेको थोकोपैस झरना
5.   सोलुखुम्बूको एक पर्यटकिय स्थल जुन्बेशी
6.   पर्यटन मजदुर कपडा बैङ्क लुक्लाले मजदुरलाई चिसोमा लगाउने कपडा दिने
7.   पर्यटकको पर्खाईमा केन्पा-गौभित्ता­­ (फोटो फिचरसहित)
8.   स्वर्गिय आनन्द पाइने ठाउँ दुधकुण्ड
9.   सगरमाथाको प्रवेश द्वार लुक्ला
10.   पुग्नैपर्ने ठाउँ रातनाङ्गे डाडाँ (फोटो फिचरसहित)
11.   साल्पा पाखेरीको महत्व
12.   धार्मिक पर्यटनको सम्भावना ज्वालामाई
13.   सल्पा (साल्पा) पोखरी
14.   सोलुखुम्बुको कोठे एक रहस्यमय धार्मिक स्थान

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics